"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सप्तकोसीमा पानीको बहाव बढ्दो, सुरक्षा सतर्कता अपनाउन कोसी ब्यारेजमा बालियो रातो बत्ती

Table of Content

सप्तकोसीमा पानीको बहाव बढ्दो, सुरक्षा सतर्कता अपनाउन कोसी ब्यारेजमा बालियो रातो बत्ती

सुनसरी। पूर्वी पहाडी तथा तराई क्षेत्रमा जारी लगातारको वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव तीव्र रूपमा बढ्न थालेको छ। बुधबार अबेर कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएअनुसार नदीमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको छ।

सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार पूर्वी नेपालका विभिन्न भूभागमा वर्षा हुने क्रम नरोकिएकाले नदीमा पानीको सतह र बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ। नदीमा पानीको सतह बढेर जोखिमको सम्भावना देखिएपछि कोसी ब्यारेजका कुल ५६ वटा ढोकामध्ये हाल २१ वटा ढोका खुला गरिएको छ, जसमा ५२ वटा मूल ढोका र चार वटा नहरका ढोकाहरू सामेल छन्।

ब्यारेज नियन्त्रण कक्षका अनुसार सप्तकोसी नदीमा पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघ्ने बित्तिकै सम्भावित जोखिमको पूर्वसंकेतस्वरूप ब्यारेजमा रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने परम्परागत सुरक्षा प्रणाली अपनाइन्छ। सोहीअनुसार अहिले ब्यारेज क्षेत्रमा उच्च सतर्कता अपनाउन रातो बत्ती बालिसकिएको छ।

तमोर, अरुण, सुनकोसी, दूधकोसी, तामाकोसी, भोटेकोसी र इन्द्रावती गरी सातवटा ठूला नदीहरू मिसिएर बनेको सप्तकोसी हिउँद र सुक्खा मौसममा निकै शान्त र धेरै ठाउँमा बालुवाले भरिएको देखिने भए तापनि वर्षायाम सुरु हुनासाथ यसले उग्र रूप लिने गर्दछ।

मुख्य गरी असार, साउन र भदौ महिनामा हुने भारी वर्षाका कारण सप्तकोसीमा बाढी आउने र यसले आसपासका तटीय क्षेत्रहरूमा तीव्र कटान तथा डुबानको जोखिम निम्त्याउने गर्दछ।

वर्षाको समयमा विनाशकारी रूप लिन सक्ने भएकाले यो नदीको जलस्तर र सुरक्षा अवस्थाप्रति नेपालका तटीय जिल्लाहरू मात्र नभई छिमेकी मुलुक भारतका विभिन्न क्षेत्र र अधिकारीहरूको समेत विशेष चासो र ध्यान जाने गरेको छ। नदी आसपासका बासिन्दाहरूलाई सुरक्षित रहन र जलसतहको उतारचढावप्रति सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०