"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

उज्यालो बाटोमा हिँड्दै राप्ती नगरपालिका : तीन वर्षदेखि रोकिएको भुक्तानी टुंगिएपछि उपभोक्ता समितिमा राहत

Table of Content

चितवन । राप्ती नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० देखि रोकिएका उपभोक्ता समितिका भुक्तानी प्रक्रिया टुंग्याउन थालेपछि स्थानीयमा राहत र उत्साह छाएको छ। विविध प्रशासनिक तथा प्रक्रियागत कारणले तीन आर्थिक वर्षदेखि रोकिएका विकास योजनाका भुक्तानीहरू अहिले क्रमशः सम्पन्न भइरहेका छन्। साथै, आर्थिक वर्ष २०८१/०८२ का चालु योजनाको भुक्तानीसमेत सुरु भइसकेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार करिब ९० प्रतिशत योजनाको भुक्तानी सम्पन्न भइसकेको छ भने बाँकी केही योजनामा आवश्यक कागजात अपुग, बैंक खातासम्बन्धी समस्या तथा अन्य प्राविधिक कारणले मात्र भुक्तानी रोकिएको हो। ती समस्या समाधान भएपछि बाँकी रकम पनि उपलब्ध गराइने जनाइएको छ।

राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले नियमित प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण लामो समयदेखि भुक्तानी प्रक्रिया प्रभावित भएको बताए। उनका अनुसार अहिले प्रशासनिक समस्या समाधान भएसँगै रोकिएका भुक्तानीलाई प्राथमिकताका साथ टुंग्याइएको हो।

उनले भने, “तीन वर्षदेखि रोकिएका योजनाको भुक्तानी अहिले सम्पन्न हुँदै गएको छ। ९० भन्दा बढी उपभोक्ता समितिले आफ्नो रकम प्राप्त गरिसकेका छन्। अब आगामी आर्थिक वर्षदेखि यस्तो समस्या दोहोरिन नदिने प्रतिबद्धता लिएका छौं। कुनै समस्या आए पनि त्यसलाई समयमै समाधान गरेर मात्र अगाडि बढ्नेछौं।”

नगर उपप्रमुख देवेन्द्र लामाले ढिलाइले जनताले दुःख पाएको स्वीकार गर्दै त्यो अवस्था प्रक्रियागत र प्रशासनिक कारणले सिर्जना भएको बताए। उनका अनुसार जनप्रतिनिधिको नियतभन्दा पनि परिस्थितिका कारण भुक्तानी रोकिएको थियो।

उनले भने, “ढिलो भए पनि अहिले भुक्तानी भएपछि उपभोक्ताले राहत महसुस गरेका छन्। जनतालाई परेको समस्या समाधान गर्नु नै हाम्रो प्राथमिकता हो।”

प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले पुराना विवाद समाधान गर्दै जनप्रतिनिधि र प्रशासनबीच समन्वय बढेकाले भुक्तानी प्रक्रिया सहज बनेको बताए।

उनका अनुसार, “जेठ महिनामा बसेको कार्यपालिका बैठकले पुराना भुक्तानी सम्बन्धी विषय टुंगो लगाएपछि भुक्तानी सुरु गरिएको हो। यसले जनप्रतिनिधि र प्रशासनबीचको सम्बन्ध मात्रै सुधारिएको छैन, विकास निर्माणमा लगानी गरेका नागरिकले पनि आफ्नो रकम प्राप्त गर्न सकेका छन्।”

स्थानीय उपभोक्ता समितिका प्रतिनिधिहरूले विगतमा प्रशासन र जनप्रतिनिधिबीच आवश्यक समन्वय हुन नसक्दा समस्या लम्बिएको धारणा राखेका छन्। उनीहरूका अनुसार हालका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले विषयलाई व्यवहारिक ढंगले लिएर स्पष्ट निर्णय गर्ने वातावरण बनाएका कारण लामो समयदेखि रोकिएको समस्या समाधान भएको हो।

स्थानीयहरू भन्छन्, “दिन मिल्ने भुक्तानी तत्काल दिने र नदिने भए स्पष्ट निर्णय गर्ने अडानका कारण कार्यपालिकामा छलफल भयो र रोकिएका भुक्तानी टुंगिए।”

राप्ती नगरपालिकाले यस आर्थिक वर्षमा सम्झौता भएका अधिकांश योजनाको भुक्तानी सम्पन्न गरिसकेको जनाएको छ। बाँकी रहेका केही योजनामा आवश्यक प्रक्रिया पूरा हुनासाथ भुक्तानी गरिने नगरपालिकाको भनाइ छ।

तीन वर्षदेखि रोकिएको भुक्तानी सम्पन्न हुन थालेपछि उपभोक्ता समिति, निर्माण व्यवसायी तथा स्थानीय नागरिकमा नयाँ विश्वास जागेको छ। विकास निर्माणमा लगानी गरेका नागरिकले आफ्नो रकम प्राप्त गर्न थालेसँगै राप्ती नगरपालिका सेवा प्रवाहलाई थप प्रभावकारी र उत्तरदायी बनाउने दिशामा अघि बढेको सन्देश दिएको छ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

balen-shah-1786784298 (1)

सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीबीच २ घण्टा छलफल : ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रतिबद्धता

काठमाण्डाै – प्रधानमन्त्री वालेन्द्र शाह र देशका शीर्ष उद्योगी–व्यवसायीहरूबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र...
First-aid-service-1789179650

आज विश्व प्राथमिक उपचार दिवस, नेपालमा पनि मनाइँदै

काठमाण्डौ – आज विश्व प्राथमिक उपचार दिवस । ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने मूल नाराका...
Gunlla-parba--3--1789182172

नेवार समुदायले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ आज विधिपूर्वक समापन हुँदै

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित नेवार समुदायले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ आज विधिपूर्वक पूजाआराधना र...
Brics-meeting-1789183673

१८ औं ब्रिक्स शिखर सम्मेलन आजदेखि नयाँदिल्लीमा शुरु हुँदै

युक्रेन र मध्यपूर्वमा चलिरहेको युद्ध तथा अमेरिका–चीन तनावका बीच १८ औं ब्रिक्स शिखर सम्मेलन आजदेखि...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०