"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

१८ औं ब्रिक्स शिखर सम्मेलन आजदेखि नयाँदिल्लीमा शुरु हुँदै

Table of Content

युक्रेन र मध्यपूर्वमा चलिरहेको युद्ध तथा अमेरिका–चीन तनावका बीच १८ औं ब्रिक्स शिखर सम्मेलन आजदेखि भारतको संघीय राजधानी दिल्लीमा शुरु हुँदैछ ।

भारत, चीन, रुस, ब्राजील, दक्षिण अफ्रिका , ईरान, यूएई लगायत ११ वटा देश सहभागी सम्मेलनमा भाग लिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतका नेता दिल्ली आइसक्नुभएको छ । चीनका राष्ट्रपति सि जिनपिङ पनि दिल्ली पुग्नुहुनेछ ।

विश्वको ठूलो जनसंख्या र आर्थिक तथा ऊर्जा स्रोत समेटेको समूहले विश्व व्यवस्थामा प्रभाव बढाउन खोजे पनि सदस्य राष्ट्रका फरक राजनीतिक तथा विदेश नीतिका कारण साझा धारणा बनाउन चुनौती देखिएको छ । आयोजक भारतले चीन र रुससँगको सम्बन्धलाई अमेरिका तथा पश्चिमी शक्तिसँगको बढ्दो साझेदारीसँग सन्तुलनमा राख्नुपर्ने अवस्था छ ।

सम्मेलनमा छलफल हुने सबैजसो मुद्दमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरुको प्रभाव देखिन सक्ने बीबीसी हिन्दीले जनाएको छ । विश्वको झण्डै आधा जनसंख्या प्रतिनिधित्व गर्ने समूहमा भारत–चीन, इरान–साउदी अरेबिया तथा इजिप्ट–इथियोपियाजस्ता क्षेत्रीय प्रतिस्पर्धा भएका राष्ट्रसमेत छन् । त्यसैले युक्रेन र इरानका विषयमा एकीकृत धारणा बनाउन कठिन हुने विज्ञहरूको भनाइ छ ।

भारतका लागि सम्मेलन चीनसँगको सम्बन्ध सुधार गर्ने अवसरसमेत हो । सन् २०२० को सीमा तनावपछि चिसिएको सम्बन्धमा पछिल्लो समय सुधार देखिएको छ । ७ वर्षपछि राष्ट्रपति सीको नयाँदिल्ली भ्रमणले त्यसलाई थप बल दिन सक्ने अपेक्षा छ ।

यसैबीच अमेरिकी डलरमा निर्भरता घटाउने विषय पनि सम्मेलनको महत्त्वपूर्ण एजेन्डा बन्नेछ । सदस्य राष्ट्रले आफ्नै मुद्रामा व्यापार बढाउने तथा वैकल्पिक भुक्तानी प्रणाली विकास गर्नेबारे छलफल गर्दै आएका छन् । तर विश्व व्यापार र वित्तमा डलरको गहिरो प्रभाव तथा सदस्य राष्ट्रका फरक मुद्रा र वित्तीय प्रणालीका कारण त्यसलाई तत्काल विस्थापित गर्न कठिन छ ।    

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

balen-shah-1786784298 (1)

सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीबीच २ घण्टा छलफल : ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रतिबद्धता

काठमाण्डाै – प्रधानमन्त्री वालेन्द्र शाह र देशका शीर्ष उद्योगी–व्यवसायीहरूबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र...
First-aid-service-1789179650

आज विश्व प्राथमिक उपचार दिवस, नेपालमा पनि मनाइँदै

काठमाण्डौ – आज विश्व प्राथमिक उपचार दिवस । ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने मूल नाराका...
Gunlla-parba--3--1789182172

नेवार समुदायले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ आज विधिपूर्वक समापन हुँदै

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित नेवार समुदायले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ आज विधिपूर्वक पूजाआराधना र...
Brics-meeting-1789183673

१८ औं ब्रिक्स शिखर सम्मेलन आजदेखि नयाँदिल्लीमा शुरु हुँदै

युक्रेन र मध्यपूर्वमा चलिरहेको युद्ध तथा अमेरिका–चीन तनावका बीच १८ औं ब्रिक्स शिखर सम्मेलन आजदेखि...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०