"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

Table of Content

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

काठमाण्डौ – फिफा विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हराएको छ । 

आज सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा जोर्डन ३–१ गोलले पराजित भयो । अस्ट्रियाले खेलको २१औँ मिनेटमा रोमानो स्मिडको गोलबाट अग्रता बनाएको थियो । 

खेलको ५०औँ मिनेटमा अली ओलवानले जोर्डनका लागि बराबरी गोल फर्काए । जोर्डनले विश्वकपमा पहिलो गोलसमेत गरेको हो । तर खेलको ७६औँ मिनेटमा याजन अल अरबको उपहार गोलमा अस्ट्रिया २–१ ले अगाडि रह्यो । अनि खेलको इन्जुरी समयमा अस्ट्रियाका मार्को अर्नाटुभिकले पेनाल्टीमा गोल गरे । 

जोर्डनलाई ३–१ ले हराएसँगै समूह ‘जे’ को अस्ट्रियाले महत्त्वपूर्ण ३ अंक जोडेको छ । विश्वकप फुटबलमा आज राति पौने ११ बजे पोर्चुगल र कङगोले खेल्दैछन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो काठमाण्डौ – आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा एक हजार २०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोला सुनको २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ सामान्य...

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो काठमाण्डौ – फिफा विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हराएको छ ।  आज सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा जोर्डन ३–१ गोलले पराजित भयो । अस्ट्रियाले खेलको २१औँ मिनेटमा रोमानो स्मिडको गोलबाट अग्रता बनाएको थियो ।  खेलको ५०औँ मिनेटमा अली ओलवानले जोर्डनका लागि बराबरी गोल फर्काए । जोर्डनले विश्वकपमा पहिलो गोलसमेत...

अमेरिका र इरान शान्ति सम्झौतापछि पनि लेबनानमा तनाव

अमेरिका र इरान शान्ति सम्झौतापछि पनि लेबनानमा तनाव काठमाण्डौ – अमेरिका र इरानबीच युद्ध अन्त्यसम्बन्धी प्रारम्भिक सम्झौता सार्वजनिक भइरहेका बेला मध्यपूर्वमा तनाव फेरि बढेको छ ।  दक्षिण लेबनानमा इजरायली आक्रमणमा चार जनाको ज्यान गएपछि युद्धविराम उल्लङ्घनको आरोप–प्रत्यारोप तीव्र बनेको हो । इरानले इजरायलले लेबनानमा भएको सहमति (समझदारी–पत्र) को ८४ पटक उल्लङ्घन गरेको दाबी गर्दै “कडा...

स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो काठमाण्डौ – स्वास्थ्य बीमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई बिमा भुक्तानीका लागि थप ९१ करोड १८ लाख ९४ हजार भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको छ ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राख्दै रकम...

विश्वकपमा मेस्सीको ह्याट्रिक

विश्वकपमा मेस्सीको ह्याट्रिक, क्लोजको कीर्तिमानसँग बराबरी काठमाण्डौ – साबिक विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप–२०२६ अन्तर्गत टोलीको पहिलो खेलमै ह्याट्रिक पूरा गरेका छन् ।  अमेरिकाको कान्सास सिटी रङ्गशालामा जारी खेलमा अल्जेरियाविरुद्ध मेस्सीले ह्याट्रिक गरेका हुन् । उनले खेलको १६औँ, ५८औँ र ७६औँ मिनेटमा गोल गरे ।  सन् २००६ देखि विश्वकप खेल्दै आएका मेस्सीको यो...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०