"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सामाजिक सञ्जालमार्फत राप्रपा नेतृ ओलीलाई धम्की दिने एकजना पक्राउ, दर्जनौंविरुद्ध उजुरी

Table of Content

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले आफूविरुद्ध सामाजिक सञ्जालमा गालीगलौज, चरित्रहत्या र ज्यान मार्ने धम्की दिनेहरूविरुद्ध कानुनी कारबाही अघि बढाएकी छन् । संसद्मा जनचासोका विषय उठाउँदा निरन्तर प्रहार भएपछि उनले नेपाल प्रहरीको साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता गराएकी हुन् ।

ओलीको उजुरीका आधारमा प्रहरीले एकजना आरोपीलाई पक्राउ गरिसकेको छ । पक्राउ परेका व्यक्तिमाथि कानुनी प्रक्रिया सुरु भइसकेको उनले जानकारी दिइन् । केही सातादेखि सामाजिक सञ्जालमा आफूविरुद्ध संगठित आक्रमण भइरहेको र व्यक्तिगत मोबाइलदेखि मेसेन्जरसम्म बलात्कार तथा भौतिक आक्रमणका धम्कीहरू आएको उनले बताएकी छन् ।

“मेरो विचार, धारणा वा राजनीतिक भूमिकालाई लिएर आम-नागरिकहरुले कठोर भन्दा कठोर आलोचना गर्न सक्नुहुन्छ। लोकतन्त्रमा असहमति स्वाभाविक हो । तर धम्की, घृणायुक्त अभिव्यक्ति, गालीगलौज, चरित्रहत्या, हिंसाको उक्साहट र सामाजिक सञ्जालमार्फत गरिने दुर्व्यवहार कुनै पनि हालतमा म स्वीकार गर्न सक्दिनँ,” उनले भनेकी छन् ।

उनले टिकटक, युट्युब र फेसबुक जस्ता प्लेटफर्ममा आफ्नो बारेमा भ्रामक सामग्री अपलोड गर्ने, घृणा फैलाउने र दुर्व्यवहारपूर्ण कमेन्ट गर्नेहरूलाई त्यस्ता सामग्री तत्काल हटाउन चेतावनीसमेत दिएकी छन् । “अझै पनि त्यस्ता सामग्रीहरु हटाउने समय तपाईंहरुसँग छ,” उनले भनेकी छन्, “अन्यथा, आजदेखि नै कानुनी प्रक्रियाको सामना गर्न तयार रहनुहोस् । सामाजिक सञ्जालमा हुने दुर्व्यवहार, धम्की र घृणायुक्त अभिव्यक्ति प्रति मेरो शून्य सहनशीलता रहनेछ !”

सांसद ओलीले यस विषयमा गम्भीर चासो देखाएकोमा गृहमन्त्री सुधन गुरुङ र प्रहरीको साइबर ब्युरोलाई धन्यवाद दिएकी छन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

gas-5-1770802086

‘आवश्यकताभन्दा बढी ग्यास जगेडा नगर्नुहोस्’

चितवन : नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न आग्रह गरेको छ। सङ्घका...
Naagdhunga-Tunnel-_-58-1-scaled (1)

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौँ, साउन ११ – नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप पाएको छ ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०