"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सुकुम्वासी बस्तीबाट हटाइएकामध्ये ६ प्रतिशत मात्रै होल्डिङ सेन्टरमा

Table of Content

सुकुम्वासी बस्तीबाट हटाइएकामध्ये ६ प्रतिशत मात्रै होल्डिङ सेन्टरमा

काठमाण्डौ – सरकारले काठमाण्डौ उपत्यकाबाट हटाएकामध्ये झन्डै ६ प्रतिशत सुकुम्वासी मात्रै होल्डिङ सेन्टरमा रहेका एउटा प्रतिवेदनले देखाएको छ । नेपाल बसोवास बस्ती समाज, नेपाल महिला एकता समाज र जेन–जी एलायन्सले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै स्मिता आचार्यले काठमाण्डौ उपत्यकाका २७ वटा सुकुम्वासी बस्तीमा डोजर लगाइँदा २ हजार ८ सय ६९ घरधुरी भत्किएको र ५ हजार ७ सय ६ परिवारका १६ हजार ८ सय ४३ जना विस्थापित भएको तर सरकारसँग यो तथ्याङ्क नभएको बताउनुभयो ।

उहाँका अनुसार सरकारको सूचीमा मनोहरा जस्ता ठूला बस्ती समेत समेटिएका छैनन् । विस्थापितमध्ये २ हजार ६ सय ६ परिवार मात्रै सुकुम्वासीका रूपमा दर्ता भएका छन् भने ३ हजार १ सय परिवार दर्ता प्रक्रियाबाटै बाहिर छन् । उहाँका अनुसार सरकारले समयअगावै दर्ता बन्द गरेकाले धेरै परिवार दर्ता हुनबाट छुटेका हुन् ।

दर्ता भएका १० हजार ४ सय २४ जनामध्ये जम्मा ७ सय १८ जना अर्थात् ६ प्रतिशत मात्रै होल्डिङ सेन्टरमा रहेको र बाँकी कहाँ छन् भन्ने सरकारलाई जानकारी नभएको आचार्यको आरोप छ । जेन–जी एलायन्सकी अन्सुदा पौडेलले विस्थापनका कारण विस्थापितहरूमा गम्भीर स्वास्थ्य र मनोसामाजिक सङ्कट देखिएको बताउनुभयो । नेपाल महिला एकता समाजकी भगवती अधिकारीका अनुसार जीविकोपार्जनमा पनि गम्भीर असर परेको छ ।  

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1photo-8-1280x720

चितवन आइपुग्दा बाढी मथ्थर : त्रिशूली र नारायणी नदीमा भेटियो ५३ शव

भरतपुर । हिमपहिरो फुटेर तिब्बतबाट आएको बाढी रसुवाको भोटेकोसीमा छिरेको बाढीले वितण्डा मच्चायो । रसुवाको...
light_bulb_1D4C8urqw7

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्तिको  व्यवस्था मिलाइयो

काठमाडौं ।  भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल...
1787742462-h01Hq-1787744129

बाढीका कारण १६२ जनाको ज्यान गएको पुष्टी, बेपत्ताको खोजी चल्दै

बाढीबाट रसुवा, नुवाकोट र धादिङमा धेरै क्षति काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासी...
dahal-1024x500

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिएकाे आरोपमा एक युवक पक्राउ

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक...
gyanendra-shaha_Xbpk9e6zM0

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०