"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ

Table of Content

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा विधि र पद्धति भत्किनुमा आफ्नो मात्र दोष नरहेको बताएका छन् । चुनावी समीक्षा र पुनर्गठन कार्यदलको बागमती प्रदेश भेला लगत्तै शनिबार प्रदेश र केही केन्द्रीय नेताहरूसँग आफ्नै निवास गुण्डुमा कुराकानी गर्दै अध्यक्ष ओलीले पार्टीमा आएको संकटको समाधान सामूहिक रूपमै गर्नुपर्ने भन्दै केही नेताहरूले आफूलाई मात्र दोष दिएर उम्कने प्रयास गरिरहेकोमा असन्तुष्टि जनाएका हुन् ।

बागमती भेलामा केही नेताहरूले ओलीको बिदाइको माग गरेका थिए । भेलामा त्यस्तो आवाज उठाउनेहरूलाई उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलको साथ रहेकोतर्फ सङ्केत गर्दै ओलीले पुनर्गठनका नाममा पार्टीलाई तलमाथि पार्न नहुने बताएका थिए ।

‘पुनर्गठनका नाममा पार्टीलाई तलमाथि पार्ने काम गर्नुहुँदैन’, अध्यक्ष ओलीले गुण्डुमा भनेको भनाइ उद्धृत गर्दै एक नेताले भने- ‘लोभी पापी देखिएका छन् ।’ प्रदेशका नेताहरूसँग करिब एक डेढ घण्टा कुराकानी गरेका ओलीले उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले पार्टी कसरी चल्छ र चलाउनुपर्छ भन्ने बुझिनसकेको समेत बताएका थिए ।

‘उहाँहरूले बुझ्नु भा छैन, बिस्तारै बुझ्नुहुन्छ’, ओलीको भनाइ उद्धृत गर्दै अर्का नेताले भने, ‘अर्को अध्यक्ष बनाए पनि कति दिन टिक्न दिन्छन् र टिक्छन् यो कुरा उहाँहरूले बुझ्नु नै भएको छैन ।’

ओलीले पार्टीको पुनर्संरचना भनेको कोही मन्छेलाई अदलबदल गर्दैमा नहुनेमा जोड दिएका थिए । ‘कोही मान्छे अदलबदल गरेर मात्र पार्टी पुनर्संरचना हुँदैन’, ओलीले भनेका छन्, ‘हामीले हाम्रो सिङ्गो कार्यशैली, विधि र पद्धतिलाई बिचमा लुज गरेका हौँला अब त्यसलाई ठिकठाक गर्नुपर्छ र एक ढिक्का भएर जानुपर्छ ।’

विधि पद्धतिलाई जोड दिएका ओलीले कमजोरी आफ्ना कारणले मात्र नभएको दोहोर्याउँदै कमजोरीको जिम्मेवारी कमिटीका सबै नेताहरूले लिनुपर्ने धारणा राखेका छन् ।

‘कमजोरीको जिम्मेवारी एक व्यक्ति भन्दा पनि सबै कमिटीका सबैले लिनुपर्छ’, ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो– ‘विधि, पद्धति भत्केको हो यसको जिम्मेवार विष्णु, शङ्कर, पीएस पनि हुन् ।’ ओलीले  ती नेताहरू यसअघि किन चुप लागेर बसेका हुन् भन्दै प्रश्न समेत गरेका थिए ।

‘एउटा वडाध्यक्षको टिकट दिन पनि केपी ओलीले गरेको कुरा ठिक हो भनेर हिजो देवत्वकरण गर्ने काम सबैले गरे’, ओलीको भनाइ थियो । उनले सामूहिक नेतृत्वको सवालमा नेताहरूले आफूले गरेका कुरामा पनि माथि नै देखाउने र ‘मैले ठिक गरेँ’ भन्न नसकेर माथि देखाउने प्रवृत्ति बढेको बताएका छन् ।

पार्टीभित्र आफूविरुद्ध मोर्चाबन्दी कसिँदै गएको गुण्डुमा पुगेका नेताहरूसँग पनि ओलीले प्रस्ट बताए । ‘मोर्चाबन्दी भएको छ । यो कुरा हामीलाई थाहा छ । तर मैले कुनै गल्ती गरेको छैन’, ओलीले भने, ‘तर मलाई हटाएर के हुन्छ । कुन प्रक्रियाबाट हटाइन्छ । त्यसको पनि त प्रक्रिया होला’ ओलीको भनाइ थियो । उनले आगामी केन्द्रीय कमिटी बैठकमा विस्तृत बताउने भन्दै ‘एमालेमा लोभी र पापी मात्र छैनन्, विवेकशील नेता कार्यकर्ता पनि छन् । उनीहरुले सही निर्णय गर्छन् ।’

बागमती भेलामा ओली पक्षकै भनेर चिनिएका नेताहरूले समेत एमाले यही अवस्थामा चल्न नसक्ने बताएका थिए । त्यस्तै पार्टी पुनर्गठन पक्षधरहरूले अलग्गै योजना वितरण गरेका थिए । बैठकमा नेताहरू आनन्द पोखरेल, गोकुल बास्कोटा, कृष्णभक्त पोखरेल, क्रान्ति बुर्लाकोटी, उर्मिला सुनुवार लगायतले ओलीबाट पार्टी चल्न नसक्ने भन्दै पुनर्संरचना र पुनर्गठन जरुरी रहेको धारणा राखेका थिए । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

हर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकाले इरानमाथि थप हवाई आक्रमण गर्‍यो

काठमाण्डौ – इरानले हर्मुज जलमार्ग अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेपछि अमेरिकाले इरानमाथि नयाँ चरणको सैन्य आक्रमण गरेको छ ।  अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले सामाजिक सञ्जालमार्फत ‘इरानले गलत निर्णय गरेको र अब त्यसको मूल्य चुकाउनुपर्ने भन्दै अमेरिकाले थप कारबाही गर्ने चेतावनी दिनुभएको छ । इरानले अर्को सूचना जारी नभएसम्म हर्मुज जलमार्ग बन्द गरिएको घोषणा...

साबिक विजेता अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा : इंग्ल्यान्डसँग खेल्ने

काठमाण्डौ – साबिक विजेता अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । आज भएको अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोलले हराउँदै अर्जेन्टिना अन्तिम–४ मा पुगेको हो ।  निर्धारित ९० मिनेटको खेल १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा अर्जेन्टिनाले दुई गोल गर्‍यो । उसका जुलियन अल्भारेजले खेलको ११२औँ र लाउटारो मार्टिनेजले...

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

म्यान्मा । देशको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक बर्षापछि बाढी आएको बताउँदै म्यान्माका उद्धारकर्मीहरूले शनिबार नदी र होचा समथर भूभागमा पानीको सतह बढ्दै गएको चेतावनी दिएका छन् । जातीय अल्पसंख्यक विद्रोही समूह अराकान आर्मीको मानवीय सेवाले बिहीबार जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार बाढीमा कम्तीमा तीन जनाको मृत्यु भएको छ। “विशेष गरी वृद्ध, बिरामी, गर्भवती र...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ।  यस्तै युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६५ पैसा कायम हुँदा युके पाउण्ड स्ट्रलिङ...

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको पनि ज्यान गयो

काठमाण्डौ – आज बिहान काठमाण्डौको बुद्धनगरमा आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको ज्यान गएको प्रहरीले जनाएको छ ।  आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो । आईसीयूमा राखेर उपचार गरिएकोमा आजै बेलुका निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  राउतको शरीर ५० प्रतिशतभन्दा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०