"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

कैलालीमा वनका कर्मचारीले टेम्पो भीरबाट खसालिदिए : हटाउनु भन्दा अटेर गरेको कार्यालयको दाबी

Table of Content

कैलालीमा वनका कर्मचारीले टेम्पो भीरबाट खसालिदिए : हटाउनु भन्दा अटेर गरेको कार्यालयको दाबी

काठमाण्डौ – कैलालीमा अतिक्रमित वन क्षेत्र खाली गर्ने क्रममा वनका कर्मचारीले टेम्पो भीरबाट खसालिदिएका छन् ।

गोदावरी नगरपालिका–४ की धनादेवी धामीको टेम्पो कर्मचारीले धकेलेर भीरसम्म पुर्‍याउँदै खसालेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । धनादेवीले बासपानी क्षेत्रमा सडक छेउमा खुद्रा सामान बिक्री गर्न टेम्पो प्रयोग गर्दै आउनुभएको थियो । टेम्पोको सामान झारेपछि घर लैजान्छु भन्दा कर्मचारीले नमानेर सडकबाट धकेलिदिएको उहाँको गुनासो छ । तर डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरले पटक–पटक हटाउन ताकेता गर्दा नमानेको र कर्मचारीलाई गाली गरेपछि धकेलाधकेलको अवस्था आएको बताउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारे छानबिन भइरहेको जनाएको छ । डिभिजन वन कार्यालयले अतिक्रमित वन क्षेत्र खाली गर्ने अभियान सञ्चालन गरेको छ । अहिलेसम्म भिमदत्त राजमार्ग क्षेत्रमा अतिक्रमण गरी बनाइएका ४७ कच्ची तथा पक्की संरचना भत्काएको ठाकुरले बताउनुभएको छ ।

भ्यागुते पानी, बासपानी र गोदावरी क्षेत्र आसपासका वन क्षेत्रमा लामो समयदेखि अवैध रूपमा निर्माण गरिएका संरचना हटाइएको र वन क्षेत्रलाई अतिक्रमणमुक्त बनाइएको उहाँले बताउनुभयो । अतिक्रमण हटाउने अभियानमा डिभिजन वन कार्यालय कैलालीका १० वटै सब–डिभिजन वन कार्यालयका कर्मचारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोली गरी झण्डै २०० जना परिचालन गरिएको थियो ।

यसअघि पनि अत्तरिया आसपासका क्षेत्र तथा डिभिजन वन कार्यालय कैलालीअन्तर्गत पर्ने पूर्व–पश्चिम राजमार्ग छेउमा बनाइएका संरचना हटाइएको थियो । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०