"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधार शुरू : अर्थमन्त्री वाग्ले

Table of Content

कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधार शुरू : अर्थमन्त्री वाग्ले

काठमाण्डाै – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको अर्थतन्त्रलाई औपचारिकीकरण गर्न र युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न सरकारले कर प्रणाली तथा सार्वजनिक सेवा प्रवाहमा आमूल परिवर्तन शुरू गरेको बताउनुभएको छ ।

काठमाण्डाैमा आज आयोजित ‘युवा उद्यमशीलता सम्मेलन–२०८३’ लाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले दशकौँदेखि चर्चामा सीमित कर सुधारका एजेन्डालाई वर्तमान सरकारले कार्यान्वयनमा लगेको दाबी गर्नुभयो ।

करको बोझ र कानूनी झन्झटका कारण व्यवसाय बन्द गरेर बसेका वा लुकेर बस्न बाध्य भएका साना उद्यमीहरूका लागि सरकारले विशेष आममाफीको योजना ल्याएको वाग्लेले जानकारी दिनुभयो । उहाँका अनुसार विगतका बक्यौताका कारण ठूलो दायित्व बोकेका झन्डै २ देखि ३ लाख साना कम्पनी तथा व्यक्तिहरूले अब १  प्रतिशत प्रशोधन शुल्क तिरेर आफ्नो व्यवसाय पुनः वैधानिक रूपमा सञ्चालन गर्न सक्नेछन् ।

सार्वजनिक सेवा प्रवाहलाई झन्झटमुक्त बनाउन मालपोत, राहदानी र लाइसेन्सजस्ता कार्यालयहरूमा आमूल सुधार भइरहेको उहाँको भनाइ छ ।

नागरिक एपमार्फत थप १०० वटा सेवा उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिँदै उहाँले डिजिटल माध्यमबाट सेवा प्रवाह गरी बिचौलियाहरूको भूमिका अन्त्य गर्ने स्पष्ट पार्नुभयो ।

१०–१५ वर्षदेखि सीमित स्वार्थ समूहको कब्जामा रहेको राज्यका संयन्त्रहरूलाई मुक्त गर्ने अभियान शुरू भएको भन्दै अर्थमन्त्री वाग्लेले ठूला भ्रष्टाचार र वित्तीय घोटालाहरूमाथि कारबाही अघि बढाइएको उल्लेख गर्नुभयाे । युवाहरूमा रहेको ‘यो देशमा केही हुँदैन’ भन्ने नकारात्मक भाष्यलाई चिर्न सरकारले जग बसाल्ने काम गरिरहेको उहाँको जिकिर छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Screenshot 2026-07-27 111704

भारतमा डेंगु खोप स्वीकृत, नेपालमा कहिले ?

पछिल्लो केही वर्गयता नेपालमा अधिकांश डेंगु संक्रमितले आफ्नो स्वास्थको खासै ख्याल गरेको पाइँदैन । नेपालमा...
Bhajan_yuba

सामाजिक सञ्जालदेखि मन्दिरसम्म : एमआरआरले जोड्यो हजारौँ युवा

भरतपुर । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका बुबाआमाको समूह, मन्दिरको शान्त वातावरण...
Untitled-design-1

उद्योग वाणिज्य संघ (नवलपरासी बर्दघाट सुस्ता पूर्व) को नयाँ नेतृत्व सर्वसम्मत चयन, अध्यक्षमा छविलाल कँडेल

गैंडाकोट । जिल्ला उद्योग वाणिज्य संघ (नवलपरासी बर्दघाट सुस्ता पूर्व) गैंडाकोटको चौथो अधिवेशनबाट नयाँ कार्यसमिति...
sunsari-merze-pic-1785117526

सुनसरीको कप्तानगञ्जमा झडप हुँदा एकजनाको ज्यान गयो, कर्फ्यु र निषेधाज्ञा जारी

काठमाण्डाै — सुनसरीको कप्तानगञ्जमा दुई पक्षबीच भएको विवाद र झडपका क्रममा एकजनाको जनाको ज्यान गएको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०