"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

राष्ट्रसंघको हस्तक्षेपपछि १८ वर्ष जेल जीवन बिताएका दुई भुटानी राजनीतिक बन्दी रिहा

Table of Content

राष्ट्रसंघको हस्तक्षेपपछि १८ वर्ष जेल जीवन बिताएका दुई भुटानी राजनीतिक बन्दी रिहा

संयुक्त राष्ट्रसंघको हस्तक्षेपपछि १८ वर्ष जेल जीवन बिताएका दुई भुटानी राजनीतिक बन्दी रिहा भएका छन् । भुटानको राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत आजीवन कारावासको सजाय भोगिरहेका चतुरमान तामाङ र हस्तबहादुर राई रिहा हुनुभएको हो ।

राष्ट्रसंघले उनीहरूको हिरासतलाई मनोमानी तथा अन्तरराष्ट्रिय मानवअधिकार मापदण्डविपरीत भएको ठहर गरेपछि १८ वर्षभन्दा लामो समय जेल जीवन बिताएका  तामाङ र  राईलाई  भुटान सरकारले रिहा गरेको थियो । राष्ट्रसंघका अनुसार तामाङ र राईलाई सन् २००८ फेब्रुअरीमा नेपालस्थित भुटानी शरणार्थी शिविरबाट भुटान फर्किएपछि पक्राउ गरिएको थियो ।

भुटानमा राजनीतिक बन्दीहरूको रिहाइका लागि अभियान चलाइ रहेको मानव अधिकारवादी संस्था ‘ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान’ (जीसीआरपीपीबी) ले भुटानका विभिन्न जेलमा रहेका २८ जना राजबन्दीलाई अविलम्व रिहा गर्न भुटान सरकारसँग माग गरेको छ ।

दुई पूर्वबन्दीको रिहाइ खुशीको विषय भएको र बाँकी २८ राजनीतिक बन्दी रिहा नभएसम्म र उनीहरूको अधिकार पूर्ण रूपमा पुनःस्थापित नभएसम्म न्यायको यात्रा पूरा भएको मान्न नसकिने जीसीआरपीपीबीका विश्व संयोजक राम कार्कीले बताउनुभएको छ ।

राष्ट्रसंघको कार्यसमूहले पनि यस्तै प्रकृतिका अन्य मुद्दाहरू पुनरावलोकन गर्न, राष्ट्रिय कानुन तथा अभ्यासलाई अन्तरराष्ट्रिय मानवअधिकार मापदण्डअनुरूप बनाउन तथा तामाङ र राईलाई क्षतिपूर्ति उपलब्ध गराउन भुटान सरकारलाई आग्रह गरेको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

gas-5-1770802086

‘आवश्यकताभन्दा बढी ग्यास जगेडा नगर्नुहोस्’

चितवन : नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न आग्रह गरेको छ। सङ्घका...
Naagdhunga-Tunnel-_-58-1-scaled (1)

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौँ, साउन ११ – नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप पाएको छ ।...
Screenshot 2026-07-27 111704

भारतमा डेंगु खोप स्वीकृत, नेपालमा कहिले ?

पछिल्लो केही वर्गयता नेपालमा अधिकांश डेंगु संक्रमितले आफ्नो स्वास्थको खासै ख्याल गरेको पाइँदैन । नेपालमा...
Bhajan_yuba

सामाजिक सञ्जालदेखि मन्दिरसम्म : एमआरआरले जोड्यो हजारौँ युवा

भरतपुर । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका बुबाआमाको समूह, मन्दिरको शान्त वातावरण...
Untitled-design-1

उद्योग वाणिज्य संघ (नवलपरासी बर्दघाट सुस्ता पूर्व) को नयाँ नेतृत्व सर्वसम्मत चयन, अध्यक्षमा छविलाल कँडेल

गैंडाकोट । जिल्ला उद्योग वाणिज्य संघ (नवलपरासी बर्दघाट सुस्ता पूर्व) गैंडाकोटको चौथो अधिवेशनबाट नयाँ कार्यसमिति...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०