"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

इरानसँगको युद्ध अन्त्य गर्ने सहमति अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी

Table of Content

इरानसँगको युद्ध अन्त्य गर्ने सहमति अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी

काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने सहमति अन्तिम चरणमा पुगेको दाबी गर्नुभएको छ । 

उहाँले इरानमाथि गर्ने भनिएको थप सैन्य आक्रमण पनि रोकिएको बताउनुभएको छ  । ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ट्रम्पले सहमतिका लागि इरानले आणविक हतियार निर्माण नगर्ने सुनिश्चितता गर्नुपर्ने समेत दोहोर्‍याउनु भएको बीबीसीले जनाएको छ । सहमति सम्बन्धी दस्ताबेजहरू लगभग अन्तिम चरणमा रहेका र छिट्टै औपचारिक हस्ताक्षर हुन सक्ने सम्भावना रहेको ट्रम्पको भनाइ छ । 

यो सहमति भएपछि विश्वकै महत्त्वपूर्ण पेट्रोलियम ढुवानी मार्ग मानिने हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने समेत उहाँले बताउनुभयो । तर इरानले भने ट्रम्पको दाबीलाई तत्काल स्वीकार गरेको छैन । इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बघाइले अहिलेसम्म कुनै अन्तिम सहमति नभएको बताउनुभएको छ । उहाँले अमेरिकाले वार्ताका क्रममा थप नयाँ तथा अत्यधिक मागहरू अघि सारेको आरोप समेत लगाउनु भएको छ । 

ट्रम्पको सम्भावित सहमतिसम्बन्धी घोषणापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य झण्डै ४.४ प्रतिशतले घटेर प्रतिव्यारेल ८९ अमेरिकी डलरमा झरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसले ऊर्जा आपूर्ति सहज हुने सङ्केत गरेको छ । यसैबीच राष्ट्रसंघले मध्यपूर्वमा बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै सबै पक्षलाई युद्धविरामको पूर्ण पालना गर्न तथा थप तनाव नबढाउन आग्रह गरेका छन् । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Screenshot 2026-08-05 161645

रौतहटमा पशु मार्दै आतंक मच्चाइरहेको सिकारी कुकुर वन कार्यालयको धरापमा

रौतहट । रौतहटका विभिन्न गाउँमा पसेर बाख्रा तथा अन्य घरपालुवा जनावर मार्दै आतंक मच्चाइरहेको सिकारी...
Yatra-News-Image_copy_4tOVihGb7i

वीरगञ्जमा सडक विस्तार अभियान अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका क्षेत्रको मुख्य सडक विस्तारअन्तर्गत सडक सीमाभित्र परेका संरचना हटाउने अभियान अन्तिम...
1-696x522 (1)

पर्सामा २०७ केजी लागूऔषध गाँजासहित पिकअप र चालक पक्राउ

वीरगञ्ज, २० साउन। जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद...
makawanpur_truck-1785904970-696x407 (1)

तरकारी लिएर वीरगञ्ज आउँदै गरेको ट्रक दुर्घटना : एक जनाको मृत्यु

बारा, २० साउन । मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा...
Yatra-News-Image_copy_DT20XmaoH6 (1)

वीरगञ्जमा अनैतिक गतिविधिको आशंकामा दुई होटलमा प्रहरी छापा, होटल सञ्चालकसहित १२ जना पक्राउ

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ इनर्वास्थित भन्सार क्षेत्रका दुई होटलमा प्रहरीले छापा मार्दै अनैतिक क्रियाकलापमा संलग्न...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०