"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

Table of Content

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

काठमाण्डाै – सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद एक महिना थपेर असार मसान्तसम्म कायम गरेको छ । आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारीका अनुसार स्वदेश तथा विदेशमा रहेका पदाधिकारीले विवरण सङ्कलनमा समय अपुग भएको भन्दै बारम्बार आग्रह गरेपछि यो निर्णय लिइएको हो ।

नवयुवा आन्दोलनका क्रममा कतिपय कार्यालय आगजनीमा परेर विवरण सङ्कलनमा कठिनाइ भएको पनि उहाँले बताउनुभयो । अध्यक्ष भण्डारीले यो अन्तिम पटकका लागि मात्र म्याद थपिएको र अब पुनः म्याद नथपिने स्पष्ट पार्दै सम्बन्धित सबैले अनिवार्य रूपमा विवरण दाखिल गर्नुपर्ने बताउनुभयो ।

अहिलेसम्म ३ हजार ५०० जनाभन्दा धेरैले सम्पत्ति विवरण बुझाइसकेका छन् भने ६० वटा उजुरी पनि प्राप्त भएका छन् ।

आयोगले २०४८ सालपछि सार्वजनिक पदमा रहेका, सेवानिवृत्त भएका वा हटिसकेका राजपत्राङ्कित विशिष्ट एवम् प्रथम श्रेणीका सबै कर्मचारीले विवरण बुझाउनुपर्ने जनाएको छ । आयोगले पछिल्ला ३५ वर्षको अवधिलाई दुई चरणमा विभाजन गरी छानबिन अगाडि बढाउने तयारी गरेको छ ।

अध्यक्ष भण्डारीले ४० देखि ५० हजार जनाको सम्पत्ति विवरण प्राप्त हुने अपेक्षा राख्दै निर्धक्क भएर विवरण पेश गर्न सबैसँग आग्रह गर्नुभएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०