"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

फिफा विश्वकप २०२६ मा पहिलो पटक देखिँदैछन् यी विशेषता

Table of Content

फिफा विश्वकप इतिहासमै एकैपटक धेरै परिवर्तन भएको विश्वकप बन्दैछ २३औं संस्करण । यसपटकको विश्वकपमा यस्ता धेरै कुराहरू हुँदैछन्, जुन फिफा विश्वकपको इतिहासमा यसअघि कहिल्यै भएका थिएनन् ।

२४ जेठ, काठमाडौं । उत्तर अमेरिकाको तीन राष्ट्रमा हुने फिफा २०२६ अब निकै नजिक आइसकेको छ । अहिलेसम्मकै ठूलो र नयाँ नयाँ प्रयोग हुन लागेको फुटबलको महाकुम्भका लागि विश्वभरका फुटबल समर्थकहरू प्रतिक्षा गरिरहेका छन् ।

यस पटक विश्वकप कसले जित्ला भन्ने मुख्य जिज्ञासा सहित तीन राष्ट्रमा ४८ राष्ट्रले खेल्ने विश्वकप कस्तो होला? कुन टिमको प्रदर्शन कस्तो होला ? उत्तर अमेरिकामा फर्किएको विश्वकपमा आयोजक टोलीहरुको प्रदर्शन कस्तो होला भन्ने स्वभाविक प्रश्न त छँदैछ ।

तर विश्वकप इतिहासमै यस पटक केही नयाँ कुराहरु हुँदैछन् । जसको लागि २०२६ को फिफा विश्वकप सुरु भएपछि नै हुनेछ । यसले विश्व फुटबलमा नयाँ इतिहास बनाउने पक्का छ ।

फिफा विश्वकप इतिहासमै एकै पटक यति धेरै परिवर्तन भएको विश्वकप बन्दैछ २३औं संस्करण । यसपटकको विश्वकपमा यस्ता धेरै कुराहरू हुँदैछन्, जुन फिफा विश्वकपको इतिहासमा यसअघि कहिल्यै भएका थिएनन् ।

फिफा विश्वकप २०२६ मा पहिलोपटक प्रयोग हुने र सर्मथकले देख्न पाउने मुख्य १० विशेषताहरू यस प्रकार छन् ।

तीन आयोजक राष्ट्रको कीर्तिमान

फिफा विश्वकप इतिहासमै पहिलोपटक तीन राष्ट्रले विश्वकप आयोजना गर्दैछन् । फुटबलको महाकुम्भ यस पटक उत्तर अमेरिकाको तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुँदैछ ।

यसअघि एक पटक मात्र दुई राष्ट्रले विश्वकप आयोजना गरेको थियो । सन् २००२ मा एसियाली राष्ट्र जापान र दक्षिण कोरिया मिलेर विश्वकप आयोजना गरेका थिए ।

त्यसपछि एक भन्दा बढी राष्ट्र आयोजक भएको यो दोस्रो र तीन राष्ट्र आयोजक भएको पहिलो पटक हो ।

तीन राष्ट्र आयोजक हुँदा समूह चरण पार गर्दै नकआउट चरणमा खेल्ने टिमहरूका लागि केही यात्रा बढ्न सक्छ ।

क्यानडा पहिलोपटक आयोजक

फिफा विश्वकप २०२६ को तीन आयोजक राष्ट्रमध्ये सहआयोजक क्यानडाले पहिलो पटक विश्वकपको खेल आयोजना गर्दैछ ।

अन्य दुई राष्ट्र मेक्सिको र अमेरिकाले यसअघि पनि विश्वकप आयोजना गरिसकेका छन् । मेक्सिकोले सन् १९७० र १९८६ तथा अमेरिकाले १९९४ को विश्वकप आयोजना गरेका थिए ।

क्यानडाले छिमेकी दुई राष्ट्रसँगै सहआयोजक भएर पहिलो पटक पुरुष विश्वकप आयोजना गर्न लागेको हो । क्यानडाले जुन १२ मा घरेलु मैदानमा खेल्दै विश्वकपको यात्रा सुरु गरेपछि क्यानडा पनि विश्वकप आयोजक राष्ट्रको रूपमा थपिनेछ ।

४८ टिम र १०४ खेलको विशाल ढाँचा

फिफा विश्वकपको झण्डै सय वर्षको इतिहासमा पहिलो पटक टिम संख्या र खेल संख्याले पनि यस पटक कीर्तिमान बनाउँदैछ । विश्वकपमा पहिलो पटक ४८ राष्ट्र सहभागी हुँदैछन् भने कुल १०४ खेल हुनेछ ।

सन् १९३० मा उरुग्वेमा पहिलो पटक विश्वकप आयोजना हुँदा आमन्त्रण गरिएका १३ राष्ट्रले खेलेका थिए । ९६ वर्षपछि उत्तर अमेरिकामा विश्वकप आयोजना हुँदा टिम संखया बढेर ४८ पुगेको हो ।

सन् १९९८ मा फ्रान्समा भएको विश्वकपदेखि ३२ राष्ट्रले प्रतिस्पर्धा गर्न थालेका थिए । त्यसको २८ वर्षपछि विश्वकप इतिहासमै पहिलो पटक ४८ टिमले विश्वकप खेल्दैछन् ।

टोली बढेसँगै कुल खेलको संख्या बढेको छ । सन् २०२२ मा कतार विश्वकप ६४ खेल भएकोमा यस पटक ४० खेल थपिएको छ र ६४ बाट बढेर १०४ पुगेको छ । जसमा समूह चरणमा ७२ खेल हुनेछ भने नकआउट चरणमा ३२ खेल हुनेछ ।

विश्वकपको खेलपनि अहिलेसम्मकै लामो समय चल्नेछ । ३९ दिन चल्ने फिफा विश्वकप २०२६ मा १ हजार २४८ खेलाडी सहभागी हुनेछन् ।

मेक्सिको र एज्टेका स्टेडियमको कीर्तिमान

मेक्सिको र मेक्सिको सिटीमा रहेको ऐतिहासिक ‘एस्टाडियो एज्टेका’ (मेक्सिको सिटी स्टेडियम) ले पनि यस पटक नयाँ कीर्तिमान बनाउँदै छ ।

फिफा विश्वकप इतिहासमै तीन विश्वकप आयोजना गर्ने मेक्सिको पहिलो राष्ट्र बन्नेछ भने एस्टाडिओ एज्टेका तीन विश्वकपको खेल आयोजना गर्ने विश्वकै पहिलो स्टेडियम बन्नेछ ।

जुन ११ मा मेक्सिको र दक्षिण अफ्रिकाबीचको खेल सुरु भएपछि एज्टेका स्टेडियमले उक्त कीर्तिमान बनाउनेछ ।

यसअघि एज्टेका सन् १९७० र १९८६ को विश्वकपको खेलहरु आयोजना भएको थियो । दुवै पटक ऐतिहासिक फाइनल आयोजना गरेको उक्त स्टेडियममा यस पटक उद्घाटन खेल नै हुँदैछ ।

तीनवटै देशमा उद्घाटन समारोह

फिफा विश्वकप २०२६ मा खेल र आयोजक मात्र होइन उद्घाटन समारोहले पनि कीर्तिमान बनाउँछ । विश्वकपको पहिलो खेलअघि भव्य उद्घाटन समारोह पनि आयोजना गर्ने चलन छ ।

यस पटक तीन राष्ट्र आयोजक हुँदा फिफाले एक राष्ट्रमा मात्र नभएर आयोजक तीनवटै राष्ट्रमा उद्घाटन समारोह आयोजना गर्ने निर्णय गरेको हो । जुन ११ मा मेक्सिकोले घरेलु मैदान अज्टेका स्टेडियममा दक्षिण अफ्रिकासँग उद्घाटन खेल खेल्दैछ । त्यसअघि मेक्सिकोमा उद्घाटन समारोह हुनेछ । जहाँ साकिरा र बुर्ना ब्वायले प्रस्तुती दिनेछन् ।

यस्तै जुन १२ मा अमेरिका र क्यानडामा पनि आयोजकले राष्ट्रले आफ्नो पहिलो खेल खेल्नुअघि उद्घाटन समारोह आयोजना गरिन्छ । हरेक उद्घाटन समारोह ९० मिनेटको हुने फिफाले जनाएको छ ।

१२ समूह र ‘राउण्ड अफ ३२’ को सुरुवात

टिम र खेल बढेपछि यस पटक विश्वकपमा समूह पनि बढेको छ र नकआउट चरणमा नयाँ राउण्ड पनि थपिएको छ ।

यसअघि ३२ टोली सहभागी हुँदा टोलीलाई ४-४ टोलीको ८ समूहमा विभाजन गरेर खेलाइन्थ्यो र समूह चरणपछि प्रि-क्वाटरफाइनल अर्थात राउण्ड अफ १६ को खेल हुन्थ्यो ।

यस पटक भने ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा विगत जस्तै ४-४ टोली रहनेछन् । हरेक समूहको शीर्ष दुई टोली सिधै राउण्ड अफ ३२ मा प्रवेश गर्नेछन् भने तेस्रो हुनेमध्ये उत्कृष्ट ८ टोलीले पनि नकआउट चरणको यात्रा तय गर्नेछन् ।

समूह चरणको खेलपछि नयाँ थपिएको नकआउट चरण राउण्ड अफ ३२ को खेल हुनेछ । त्यसपछि यसअघि जस्तै प्रिक्वाटरफाइनल, क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेल हुनेछ ।

फाइनल पुग्ने टिमले खेल्नेछ ८ खेल

टिम संख्यामा वृद्धि र नकआउट चरण पनि भएपछि यस पटक फाइनलसम्म पुग्ने टिमको खेल संख्या पनि बढ्नेछ । यसपटक फाइनल पुग्ने टिमले ८ खेल खेल्नेछन् ।

यसअघि फाइनल पुग्ने टिमले ७ खेल खेलेका थिए । फिफा विश्वकप २०२६ को ट्रफी उचाल्ने यात्रामा रहने अन्तिम दुई टोलीले ८ खेल खेल्नुपर्नेछ ।

साथै सेमिफाइनलमा पराजित हुने दुई टोलीले पनि तेस्रो स्थानको लागि खेल्दा ८ खेल नै खेल्नुपर्नेछ ।

चार नयाँ टोलीको डेब्यु

यस पटक विश्वकप टोली संख्या बढ्दा डेब्यू गर्ने टोलीको संख्या पनि धेरै छ । फिफा विश्वकपमा यस पटक ४ नयाँ टोलीले एकसाथै डेब्यु गर्दैछन् ।

फुटबलको महाकुम्भवमा यस पटक डेब्यू गर्ने राष्ट्रमा अफ्रिकाको केप भर्डे, क्यारेबियन क्षेत्रको कुराकाओ र एसियाको जोर्डन र उज्वेकिस्तान छन् ।

चारै टोलीले छनोट चरण पार गर्दै पहिलो पटक विश्वकपमा स्थान बनाएका हुन् । अब उनीहरूको पहिचान पनि विश्वकप फुटबल खेल्ने राष्ट्रको रुपमा बन्नेछ ।

पहिलोपटक फाइनलमा ‘हाफ टाइम शो’

फिफा विश्वकपको इतिहासमा यस पटक फाइनलको हाफ टाइममा हाफ टाइम शो हुनेछ ।

अमेरिकी फुटबल (एनएफएल) को ‘सुपर बोल’ जस्तै फिफा विश्वकप २०२६ को फाइनलमा पनि हाफ टाइम शो हुने भएको छ । फुटबलको फाइनल खेलको बिचमा भव्य सांगितक कन्सर्ट जस्तै हुनेछ ।

फिफाले पहिलो पटक फाइनलमा यस्तो कार्यक्रम गर्न लागेको हो ।

अमेरिकाको न्यूयोर्क न्यूजर्सी स्टेडियममा हुने फाइनल खेलको उक्त हाफ टाइम शो मा विश्व प्रसिद्ध कलाकारहरु म्याडोना, साकिरा र दक्षिण कोरियन ब्यान्ड बीटीएसले प्रस्तुति दिने छन् ।

प्रि-म्याचमा नयाँ फर्म्याट

यसपटक फिफा विश्वकपमा खेल सुरु हुनुअघि राष्ट्रिय धुन बज्ने बेला पनि नयाँ ढाचा लागु हुने भएको छ ।

फिफाले विश्वकपको खेल सुरु हुनुअघि मैदानमा दुवै टिमको राष्ट्रिय धून बज्ने समयको नियम परिवर्तन गरेको हो । यसअघि राष्ट्रिय धुन बज्दा मैदानमा पहिलो रोजाइमा ११ खेलाडी मात्र उपस्थित हुँदै आएकोमा अब म्याच डेमा सहभागि टोलीको सबै २६ खेलाडीहरु, रेफ्रीहरु सबै मैदानको बीच भागमा एक साथ उभिएर राष्ट्रिय गानमा सरिक हुनेछन् । विश्वकपमा यो पहिलो पटक लागु हुन लागेको हो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

ईभीका लागि देशभरि १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव   

२४ जेठ, काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभरि विद्युतीय सवारीसाधन (ईभी) को थप प्रवर्द्धनका लागि मुलुकभरि कम्तीमा १० हजार चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने देखिएको छ । मन्त्रालयले गरेको ‘नेपालमा ईभी प्रवर्द्धनका लागि अवसर, चुनौती र सम्भावना’ सम्बन्धी अध्ययन प्रतिवेदनले मुलुकभरि १० हजार चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने जनाएको हो । सन् २०३० सम्म...

फिफा विश्वकप २०२६ मा पहिलो पटक देखिँदैछन् यी विशेषता

फिफा विश्वकप इतिहासमै एकैपटक धेरै परिवर्तन भएको विश्वकप बन्दैछ २३औं संस्करण । यसपटकको विश्वकपमा यस्ता धेरै कुराहरू हुँदैछन्, जुन फिफा विश्वकपको इतिहासमा यसअघि कहिल्यै भएका थिएनन् । २४ जेठ, काठमाडौं । उत्तर अमेरिकाको तीन राष्ट्रमा हुने फिफा २०२६ अब निकै नजिक आइसकेको छ । अहिलेसम्मकै ठूलो र नयाँ नयाँ प्रयोग हुन लागेको फुटबलको महाकुम्भका लागि...

जीवनको २५ प्रतिशतभन्दा बढी समय खराब स्वास्थ्य अवस्थामै बिताउन बाध्य छन् महिला

काठमाडौँ । महिलाहरू पुरुषहरूको तुलनामा लामो समयसम्म बाँच्ने भए पनि उनीहरूको स्वास्थ्य भने त्यति राम्रो नहुने एक रिपोर्टले देखाएको छ ।   वर्ल्ड हेल्थ फोरमको ‘महिला स्वास्थ्य अन्तर’ घटाउने रिपोर्टले विश्वका विभिन्न क्षेत्र र आयस्तरहरूमा महिलाहरूले आफ्नो जीवनको करिब २५ प्रतिशत बढी समय खराब स्वास्थ्य अवस्थामै बिताउने गरेको देखाएको हो ।  महिला स्वास्थ्यको केन्द्रमा रहेको आजको...

‘बजेटमा स्पष्टता छैन’- पूर्वअर्थमन्त्री पुन

काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमा स्पष्टता नरहेको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै पुनले यस्तो बताएका हुन् ।  उनले बजेटमा विभिन्न विषयहरू समेट्ने प्रयास गरिएको भए पनि समग्र संरचना हेर्दा यसलाई केही हदसम्म ‘पपुलिस्ट’ प्रकृतिको देख्न सकिने बताउँदै बजेट स्पष्ट रुपमा कुनै क्षेत्रमा ‘फोकस’ हुन नसकेको बताएका...

इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु

दक्षिण लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणमा लेबनानी सेनाका उच्च पदस्थ अधिकारीहरूसहित कम्तीमा १२ जनाको मृत्यु भएको छ। अमेरिकाको मध्यस्थतामा दुई देशबीच ससर्त युद्धविरामको सहमति भएको केही दिनमै यो घातक हमला भएको हो। लेबनानी सेनाका अनुसार खर्दाली-नबातिएह सडकमा गुडिरहेको एउटा सैन्य सवारी साधनलाई निशाना बनाएर गरिएको आक्रमणमा एक ब्रिगेडियर जनरल, एक क्याप्टेन र एक सैनिकको ज्यान...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०