मेषः अभिष्ट कार्य सिद्धि हुनेछ, नोकरीमा पदोन्नतिको सम्भावना देखिन्छ, रमाइलोमा समय व्यतीत हुनेछ ।
वृषः महत्वपूर्ण कार्यमा व्यवस्थापन आइपर्ला, आर्थिक पक्ष सदृढ हुंंदै जानेछ, साथीभाइबाट आवश्यक सहयोग प्राप्त हुनेछ ।
मिथुनः काममा केही चुनौती देखा पर्नसक्छ, दिनको उत्तारार्ध भने सुधारोन्मुख देखिन्छ, आलश्यले डेरा जमाउनेछ ।
कर्कटः धनसम्पत्तीको लाभ हुने दिन छ, जीवन साथीलाई केहि पीडा हुने देखिन्छ, अनावश्यक ठाउँमा खर्च हुन सक्ने ।
सिंहः द्वेष तथा इष्र्या गर्नेहरुले हार खानेछन्, भाग्यले विभिन्न अवसर जुराउनेछ, धनागमनको स्रोत पत्ता लाग्ने ।
कन्याः राजनैतिक कार्यमा सफलता मिल्नेछ, वैदेशिक कार्य अघि बढ्नेछ, सोचअनुसार काम बन्दै जाँदा मन प्रशन्न रहला ।
तुलाः अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, दिनको उत्तरार्ध भने सुखद देखिन्छ, परिवारबाट सहयोग जुट्नेछ ।
बृश्चिकः मध्यान्नबाट बन्न लागेको काम अकस्मात रोकिएला, बेलुकी पख खटपटको सम्भावना छ, संयममता अपनाउनुहोला ।
धनुः जोशजाँगर र हिम्मत बढ्नेछ, आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ, मान्यजनको सल्लाहअनुसार काम गर्नुहोला ।
मकरः आर्थिक लाभ हुनेछ, शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला, पैतृक सम्पत्ति हात लाग्ने योग रहेकोछ ।
कुम्भः परिस्थिति सबल नदेखिए पनि मिहिनेतले लक्ष्यमा पु¥याउनेछ, शैक्षिक क्षेत्रमा गरिएको लगानीले प्रतिफल प्राप्त हुनेछ ।
मीनः आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ, दिनको उत्तरार्ध बादविवादको सम्भावना छ, शुभचिन्तकबाट सहयोग प्राप्त हुनेछ ।
