"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

पूर्वन्यायाधीशहरूको निर्णय : सम्पत्ति छानबिन आयोगलाई विवरण नबुझाउने

Table of Content

पूर्वप्रधानन्यायाधीश तथा पूर्वन्यायाधीशहरूले सम्पत्ति छानबिन आयोगलाई आफ्नो सम्पत्ति विवरण नबुझाउने निर्णय गरेका छन्। उनीहरूले आयोगले माग गरेको सम्पत्ति विवरण तथा त्यससम्बन्धी जाँचबुझको प्रक्रिया संविधान र प्रचलित कानुनअनुकूल नरहेको निष्कर्ष निकालेका हुन्।

पूर्वन्यायाधीशहरूबीच आयोगको पत्रपछि उत्पन्न अन्योलबारे एकीकृत धारणा बनाउन विभिन्न चरणमा छलफल भएको थियो। गत जेठ १७ गते आयोजित छलफलमा पूर्वप्रधानन्यायाधीश, सर्वोच्च अदालतका पूर्वन्यायाधीश, उच्च अदालतका पूर्वन्यायाधीश तथा जिल्ला न्यायाधीशहरू सहभागी भएका थिए।

छलफलमा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र, रामकुमार प्रसाद शाह, गोपाल पराजुलीलगायत सर्वोच्च अदालतका पूर्वन्यायाधीश टोपबहादुर सिंह, कृष्णजङ्ग रायमाझी, वैद्यनाथ उपाध्याय तथा कानुनविद् प्राध्यापक पवन ओझासहित अन्य पूर्वन्यायाधीशहरूको सहभागिता रहेको थियो।

पूर्वन्यायाधीश फोरमका सचिवसमेत रहेका उच्च अदालतका पूर्वन्यायाधीश युवराज सुवेदीका अनुसार उक्त छलफलमा ७० भन्दा बढी पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीश सहभागी भएका थिए। छलफलबाट पूर्वन्यायाधीशहरूसँग सम्पत्ति विवरण माग्ने र त्यसको छानबिन गर्ने कार्य संविधान तथा कानुनविपरीत देखिएको निष्कर्ष निकालिएको उनले बताए।

सुवेदीका अनुसार अब आयोगलाई सम्पत्ति विवरण नबुझाउने निर्णय गरिएको छ।

आयोगले सम्पत्ति विवरण मागेपछि देखिएको अन्योल अन्त्य गर्न पूर्वन्यायाधीश फोरमको अगुवाइमा विभिन्न कानुनी राय तथा संवैधानिक व्यवस्थाहरूको अध्ययन गरिएको थियो। अध्ययनका क्रममा संविधानको धारा १०१, धारा १४२ को उपधारा (१)(ग), धारा १४९ को उपधारा (६)(ग), धारा २३९ को उपधारा (१) र (२) तथा धारा २८ लगायतका व्यवस्थाको आधारमा पूर्वन्यायाधीशहरू सम्पत्ति विवरण बुझाउन बाध्य नहुने निष्कर्षमा पुगेको सुवेदीले बताए।

संविधानको धारा १०१ मा प्रधानन्यायाधीश तथा न्यायाधीशविरुद्ध महाभियोगसम्बन्धी व्यवस्था छ भने धारा १४२ र १४९ मा न्यायाधीशहरूको पद रिक्त हुने तथा पदमुक्तिसम्बन्धी प्रावधान उल्लेख गरिएको छ। त्यस्तै, धारा २३९ ले सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरी अख्तियार दुरुपयोग गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुनबमोजिम अनुसन्धान गर्न सक्ने व्यवस्था गरेको छ।

पूर्वन्यायाधीशहरूको यो निर्णयसँगै सम्पत्ति छानबिन आयोगको अधिकारक्षेत्र र संवैधानिक वैधताबारे बहस थप तीव्र हुने देखिएको छ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

50539_364db57837bbe8658517de7d46290859-10_03_2026-16_38_19-860x484

बारामा भदौ महिनामा ८४ सवारी दुर्घटनामा १२ जनाको मृत्यु

बारा । जिल्ला प्रहरी कार्यालय बाराले भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १४४ वटा अपराधसम्बन्धी मुद्दा...
blood_group_BXxRsRezXU

मानिसमा ४९औँ रक्त समूह प्रणाली पत्ता लाग्यो

बेलायत र इजरायलका वैज्ञानिकले मानिसमा नयाँ रक्त समूह प्रणाली पत्ता लगाएका छन् । वैज्ञानिकहरुले यसलाई...
fs_i2pYj6tfCr

रसुवा बाढीले निम्त्याएको विपद्‍बाट सिक्किमदेखि कश्मीरसम्मले के सिक्ने ?

काठमाडौँ । भदौ १० गते आएको विनाशकारी रसुवा बाढीसँगै हिमाली क्षेत्रमा विपद् पूर्वसूचनाको विद्यमान प्रणालीमाथि...
death-1783488169

धनुषाको रामानन्द चोकमा घरमा आगलागी हुँदा एक जनाको ज्यान गयो

काठमाण्डौ – धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकमा रहेको एक घरमा आगलागी हुँदा एक जनाको ज्यान...
nepali_congress_flag_zP1BwtPExZ

कांग्रेसले ४३ जिल्लामा वडा अधिवेशन सक्यो, ३१ जिल्लामा आज

काठमाण्डौ – नेपाली कांग्रेसको १५औँ  केन्द्रीय महाधिवेशनअन्तर्गत हिजो ४३ जिल्लाका तीन हजार ३९६ वडामा वडा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०