"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

धान रोपाइँको मुखमा पर्सामा डिएपी मल अभाव, किसान महँगो मूल्यमा भारतबाट खरिद गर्न बाध्य

Table of Content

वीरगञ्ज । धान खेतीको मुख्य सिजन सुरु भएसँगै पर्सा जिल्लामा रासायनिक मलको अभाव चर्किएको छ। विशेषगरी धानको बीउ छर्ने तथा रोपाइँको तयारी गर्ने समयमा आवश्यक पर्ने डिएपी (DAP) मल बजार तथा सरकारी बिक्री केन्द्रहरूमा उपलब्ध नभएपछि किसानहरू समस्यामा परेका छन्।

हरेक वर्ष दोहोरिने मल अभावको समस्या यस वर्ष पनि उस्तै देखिएको छ। सरकारी अनुदानको मल समयमै उपलब्ध नभएपछि किसानहरू महँगो मूल्य तिरेर भारतबाट मल खरिद गर्न बाध्य भएका छन्। यसले खेतीको लागत बढाउनुका साथै किसानमाथि थप आर्थिक भार परेको छ।

पर्साको बहुदरमाई नगरपालिका–१ विश्रामपुरका किसान प्रेम साहले खेतीको समयमा आवश्यक मल नपाउँदा भारतीय बजारबाट प्रतिकिलो करिब १०० रुपैयाँसम्म तिरेर डिएपी खरिद गर्नुपरेको बताए। उनका अनुसार सरकारले मल आयात र वितरण गरेको दाबी गरे पनि वास्तविक खेतीको समयमा किसानले सहज रूपमा मल पाउन सकेका छैनन्।

“हरेक वर्ष यही समस्या दोहोरिन्छ। खेती सुरु हुने बेला मल पाइँदैन, अनि किसान महँगो मूल्यमा किन्न बाध्य हुन्छन्,” उनले गुनासो गरे।

पर्सा भारतसँग सीमा जोडिएको जिल्ला भएकाले विगतमा किसानहरूले अभावका बेला सीमापारिबाट आफ्नै प्रयोगका लागि केही बोरा मल ल्याएर खेती धान्ने गरेका थिए। तर पछिल्लो समय सीमा क्षेत्रमा निगरानी कडा बनाइएकाले त्यो विकल्प पनि सहज नरहेको किसानहरूको भनाइ छ।

सखुवा प्रसौनी गाउँपालिकाका किसान हरिओम पटेलका अनुसार विगतमा भारतबाट थोरै मात्रामा मल ल्याएर खेती गर्ने गरिन्थ्यो। तर अहिले सीमा क्षेत्रमा कडाइ बढेकाले किसानहरू थप समस्यामा परेका छन्। उनले सरकारी अनुदानको मल पर्याप्त रूपमा नआउने र आएको मल पनि सबै किसानसम्म नपुग्ने अवस्था रहेको बताए।

“समयमै मल नपाउँदा खेत तयारी र बीउ छर्ने काम नै प्रभावित भइरहेको छ,” उनले भने।

कृषि सामग्री कम्पनी लिमिटेड, प्रादेशिक कार्यालय वीरगञ्जका प्रमुख दुर्गाप्रसाद पाण्डेका अनुसार हाल कम्पनीसँग डिएपी मलको मौज्दात शून्य छ। उपलब्ध सबै डिएपी वितरण भइसकेको र अहिले करिब १४ हजार मेट्रिक टन युरिया मात्र मौज्दात रहेको उनले जानकारी दिए।

उनका अनुसार बफर स्टकमा केही डिएपी मल रहेको भए पनि किसानको मागअनुसार तत्काल आपूर्ति गर्न पर्याप्त छैन। साल्ट ट्रेडिङ कर्पोरेशनसँग समेत केही परिमाणमा डिएपी मौज्दात रहे पनि वितरण प्रक्रियाले अपेक्षित गति लिन सकेको छैन।

पाण्डेले अन्तर्राष्ट्रिय बजारमा देखिएको आपूर्ति समस्याका कारण नेपालमा समेत मल अभाव सिर्जना भएको बताए। विशेषगरी मध्यपूर्व क्षेत्रमा जारी तनाव तथा आपूर्ति शृंखलामा आएको अवरोधले मल आयात प्रभावित भएको उनको भनाइ छ।

कृषि सामग्री कम्पनीका अनुसार चैत महिनापछि नयाँ कोटाको रासायनिक मल नेपाल भित्रिएको छैन। यसकै कारण देशभर डिएपी अभाव देखिएको हो। कम्पनीले असारको तेस्रो सातापछि नयाँ मल वितरण सुरु गर्ने तयारी भइरहेको जनाएको छ। आगामी चरणमा करिब २५ हजार मेट्रिक टन डिएपी र ६० हजार मेट्रिक टन युरिया नेपाल भित्रिने प्रक्रिया अघि बढेको बताइएको छ।

कृषि विज्ञहरूका अनुसार धानको प्रारम्भिक वृद्धिका लागि डिएपी मल अत्यन्त आवश्यक हुन्छ। समयमै मल प्रयोग गर्न नसकिए बिरुवाको वृद्धि, उत्पादन क्षमता तथा समग्र कृषि उत्पादनमा प्रत्यक्ष असर पर्न सक्छ।

धान उत्पादनका दृष्टिले महत्वपूर्ण मानिने मधेश प्रदेशका जिल्लाहरूमा मल अभाव जारी रहे खाद्य उत्पादन र खाद्य सुरक्षामा समेत असर पर्ने चिन्ता बढेको छ। यसैबीच किसान संगठनहरूले सरकारसँग तत्काल पर्याप्त मात्रामा डिएपी र युरिया मल उपलब्ध गराउन माग गरेका छन्।

उनीहरूले हरेक वर्ष दोहोरिने समस्या समाधानका लागि दीर्घकालीन योजना, प्रभावकारी वितरण प्रणाली तथा समयमै खरिद प्रक्रिया सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

धान रोपाइँको समय नजिकिँदै जाँदा पर्साका किसानहरू मलको खोजीमा भौतारिरहेका छन्। समयमै समस्या समाधान हुन नसके यस वर्षको धान उत्पादनमा गम्भीर असर पर्ने चिन्ता बढ्दै गएको छ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

जलविरे दुर्घटना अपडेट : दुई बस र ट्रक ठोक्किँदा २५ जना घाइते, बाटो अवरुद्ध

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको जलविरेमा दुई बस र एउटा ट्रक आपसमा ठोक्किएका छन् । उक्त दुर्द्धटनामा परी २५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार आइतबार (साउन ३) बिहान ७:१० बजे उक्त दुर्घटना भएको हो । प्रहरीका अनुसार काठमाडौंबाट दाङतर्फ जाँदै गरेको यात्रुबाहक बस र सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको...

आज पनि मुसलधारे पानी पर्ने : २३ जिल्लामा उच्च जोखिम

काठमाण्डौ – देशभर मनसुन सक्रिय छ । अहिले कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशका तराई क्षेत्रसहित विभिन्न ठाउँमा पानी परिरहेको छ ।  गएराति ठूलो पानी परेको काठमाण्डौ उपत्यकामा बिहानदेखि हल्का मात्रै वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति विभिन्न ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ । विशेष गरी कोशी, गण्डकी, लुम्बिनी...

एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता, मेसीको कीर्तिमान तोडे

फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे विश्वकप इतिहासकै सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। उनले इंग्ल्यान्डविरुद्ध जारी खेलमा दुई गोल गर्दै यो ऐतिहासिक उपलब्धि हासिल गरेका हुन्। २७ वर्षीय एम्बाप्पेले सन् २०२६ को विश्वकपमा यसअघि नै थुप्रै कीर्तिमान बनाइसकेका छन्। सेनेगलमाथि फ्रान्सले ३–१ को जित दर्ता गरेको खेलमा दुई गोल गर्दै उनले जस्ट फोन्टेनको कीर्तिमान तोड्दै...

नेपाल टेलिकमको हराएको सिम अनलाइनबाटै पुनःप्राप्त गर्न सकिने

काठमाण्डौ — नेपाल टेलिकमको हराएको वा बिग्रेको सिमकार्डको सट्टामा नयाँ सिम अनलाइनमार्फत प्राप्त गर्न सकिने सेवा सञ्चालनमा आएको छ । डिजिटल सेवा विस्तार, सेवा प्रवाहलाई सहज बनाउने र ग्राहकमैत्री प्रणाली विकास गर्ने उद्देश्यअनुसार यो सेवा सञ्चालनमा आएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो । अब सेवाग्राहीले टेलिकमको विद्युतीय सेवा पोर्टलमार्फत आवश्यक विवरण भरेर हराएको...

सोनम वाङ्चुकलाई प्रहरीले अचानक उठाएर लगेपछि दीपकेले थाले अनसन

भारत : दिल्लीको जन्तर–मन्तरमा विगत २० दिनदेखि अनसनमा बसेका सामाजिक अभियन्ता सोनम वाङ्चुकलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएर अस्पताल लगेको छ । वाङ्चुकलाई प्रहरीले अचानक नियन्त्रणमा लिएर जाँदा मञ्चमा ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपके उपस्थित थिएनन् । यसलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रश्न उठेपछि सीजेपीले स्पष्टीकरण दिएको छ । सीजेपीका अनुसार, उक्त समयमा दीपके...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०