"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

१८ वर्ष भुटानी जेलमा बिताएका चतुरमान र हस्तबहादुर नेपाल छिर्न नपाएपछि सीमाबाटै फर्किए

Table of Content

पानीटंकी (भारत) — सन् १९९२ मा भुटानी शासकले लखेट्दा चतुरमान तामाङ ६ र हस्तबहादुर राई ८ वर्ष हाराहारीका थिए । उनीहरूलाई त्यतिबेला भुटानी शासकले लखेट्दा नेपाल पसेको यादहरू धमिलो गरी मात्रै सम्झना छ । ‘अलि अलि थाहा पाउँछु’, हस्तबहादुर सम्झिन्छन्, ‘भारतका गाडीहरूले मेची खोलामा छाडेको गएका थिए ।’ 

चतुरमानलाई त त्यो पनि सम्झना छैन । भुटानबाट खलेटिएका नेपालीभाषीहरूलाई पहिला माई खोलाको किनारमा राखिएको थियो । पछि टिमाई, खुदुनाबारी, बेलडाँडी, पथरी शनिश्चरेलगायत झापा–मोरङका शिविरमा राखियो । 

नेपाल आएपछि तामाङ र राई छिमेकीका रुपमा बसेकाले शिविरकै स्कुल सँगै पढे । यद्यपि, स्वदेश फिर्ती अभियान र आन्दोलनका कारण धेरै पढ्न सकेनन् ।  

सन् २००८ तिर पुरानो थातथलो खोज्दै उनीहरू भारतीय सीमानाकामा तैनाथ एसएसबीको आँखा छलेर भुटान सीमा नजिक पुगे । तर, भुटानी सुरक्षाकर्मीले साम्झाङ भन्ने ठाउँबाट दुवैलाई गिरफ्तार गर्यो । त्यसयता उनीहरू छाम्गाङ केन्द्रीय जेलमा थिए । जेल परेपछि परिवारसँग उनीहरूको सम्पर्क टुट्यो । सन् २०१६ सम्म त परिवारका सदस्यहरू कहिले काही भेट्न आउँथे । त्यसपछि उनीहरूले कसैलाई भेट्न पाएका छैनन् । 

पछि थाहा पाए नेपालमा रहेका सबै आफन्त अष्ट्रेलिया र अमेरिका पुर्नवास भइसकेछन् । त्यसपछि त परिवारको सम्बन्ध सात समुद्रपारि नै पुग्यो । हस्तबहादुरकी बहिनी दिदी अष्ट्रेलियामा छन् । उनीहरूले आफन्तमार्फत परिवारको तस्बिर हस्तबहादुरलाई पठाएका थिए । सम्झनाको त्यही कोसेली बोकेर उनी बेलडाँगी फर्किएका थिए । तर, नेपाल नजिकैको पानीटंकीबाट उनी निरास बनेर फर्किए । 

सोमबार उनीहरू १८ वर्ष ६ महिना पछि छुटे । जेलबाट छुटेपछि उनीहरू कहाँ जाने ? कता जाने भनेर रनभुल्ल परेका थिए । दिउँसो १ बजेतिर भुटानी सुरक्षाकर्मीले गाडीमा बस्न भने । उनीहरू लुरूक्क पर्दै बसे । गाडी हुइकियो भारततिर । 

सीमावर्ती जयगाउँ पुगेपछि उनीहरूलई भुटानी सुरक्षाकर्मीले गाडीबाट ओराल्दै भने, ‘बिर्सिएर पनि फर्किएर भुटान नआउनु नत्र फेरि जेलमा कोचिन्छौ ।’ उनीहरूले ‘हुन्छ’ भन्ने आसयमा टाउको मात्रै हल्लाए । 

जयगाउँ बजारमा नेपाल सीमातिर आउने गाडी लागिरहेको थियो । त्यसैमा उनीहरू चढे । सोमबार राति बागडोग्रा नजिकै आएर एउटा होटलमा बसे । मंगलबार विहानै उनीहरू कुम्लोकुटुरोसहित नेपाल नजिकैको सीमावर्ती बजार पानीटंकी ओर्लिए । हस्तबहादुरको परिवारका सदस्यको तस्बिर । उनले यी तस्बिर जेलभित्र पनि संगालेर राखेका थिए । तस्बिरहरू : पर्वत पोर्तेल/कान्तिपुर

सीमामा तैनाथ भारतीय अर्ध सैनिक वल (एसएसबी)ले नेपाल छिर्न दिएन । किन कि उनीहरूसँग परिचय खुल्ने कुनै कागजात थिएन । 

सीमा वारपार गर्न ‘आइडी भेरिफिकेसन’ अनिवार्य छ । एसएसबीले नाकाबाटै फर्काएपछि उनीहरू पुगे रानीगञ्ज अध्यागमन कार्यालय पानीटंकी । त्यहीको खुला मैदानमा दिनभरी नेपाल फर्किने आशामा बसे । 

तर, अध्यागमनका प्रमुख गौतम विश्वासले कुनै देशको परिचय नखुल्ने व्यक्तिलाई आफूले सहयोग गर्न नसक्ने जनाए । 

झापाको बेलडागी शिविरका सचिव सन्चहाङ सुब्बासँग पनि उनीहरूले पानीटंकीबाटै सम्पर्क गरे, शिविर आउने वातावरण मिलाइ माग्न । तर, सन्चहाङले बिना कागजातका मान्छेहरूलाई बुझ्न नमिल्ने बताए । उनले भने, ‘भुटानी जेलले छाडेको प्रमाण लिएर आउनुस् सिसिभ गर्न म आफै आउँछु ।’ 

सुब्बाले यसो भनेपछि दुवैजना मंगलबार साँझ भुटानतिरै फर्किने निधोमा पुगे । त्यसअघि भारतको अध्यागमना कार्यालयका प्रमुख विश्वासलाई उनीहरूले एउटा निवेदन बुझाए । निवेदनमा लेखिएको थियो, ‘हामीसँग कुनै कागजात नभएकाले नेपाल जान सकिएन । अब पुनः भुटानतिरै फर्किन्छौँ । बाँचे फर्किउला ।’ 

झापाका सहायक प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेले भुटानी नागरिकलाई राहदानीबिना प्रवेश गर्न नमिल्ने बताएपछि उनीहरू थप निरास बने । न्यौपानेले भने, ‘अध्यागमनको प्रक्रिया पुरा नगरी उनीहरू नेपाल प्रवेश गर्न मिल्दैन ।’ 

१८ वर्ष ३ महिना भुटानी जेलमा बिताएका दुईजना राजबन्दी घर फर्किने बाटो खोज्दाखोज्दै थाकेर साँझ पुनः भुटानतिरै फर्किएका छन् । ‘भुटान पुलिसले फर्किएर नआउनु भनेको छ, तर अब जाने ठाउँ छैन’, मधुमेहका बिरामी चतुरमान भन्छन्, ‘मरे मरियोस् बरू भुटानै फर्किन्छौँ ।’

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

चितवन दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा बगाले पुनः सर्वसम्मत

चितवन — चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको अध्यक्षमा किशोर बगाले पुनः सर्वसम्मत चयन भएका छन्। संघको नयाँ नेतृत्व चयनका क्रममा बगाले दोस्रो कार्यकालका लागि अध्यक्षमा दोहोरिएका हुन्। नयाँ कार्यसमितिको उपाध्यक्षमा रामेश्वरसिंह ओली, सचिवमा कल्याण अधिकारी र कोषाध्यक्षमा शिवप्रसाद पौडेल सर्वसम्मत निर्वाचित भएका छन्। निर्वाचन समितिका संयोजक वामदेव अधिकारीका अनुसार कार्यसमिति सदस्यमा युवराज थापा,...

राप्ती–४ को उतराखण्ड सडक स्तर उन्नति हुने । हाम्रो समाचारको औचित्य पूरा हुँदै

चितवन । राप्ती नगरपालिका–४ डडुवास्थित वडा कार्यालय चोकदेखि वडा नं. ४ र ५ जोड्ने भवानिपुर नयाँ पुलसम्मको सडक स्तरोन्नति गर्ने प्रक्रिया अघि बढेको छ। उक्त सडकको दुवैतर्फ नालासहित स्तरोन्नति गर्ने उद्देश्यले सर्वेक्षणको काम सुरु गरिएको हो। उक्त सडक लामो समयदेखि जीर्ण अवस्थामा रहँदा स्थानीयवासीले आवतजावतमा सास्ती खेप्दै आएका थिए। अब भने करिब १ हजार ५८०...

कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक, ७६ हजार परीक्षार्थी सहभागी हुने

काठमाडौँ,असोज २८- आगामी मंसिर १ गतेदेखि कोरियन भाषा परीक्षा सञ्चालन हुने भएको छ। ईपीएस कोरिया शाखाले सूचना जारी गरेर परीक्षा तालिका सार्वजनिक गरेको हो। यस पटक परीक्षामा दुईवटा नयाँ क्षेत्र थप गरिएका छन्। यसअघि उत्पादनमुलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रमा परीक्षा हुने गरेकोमा यसपटकदेखि सेवा क्षेत्र र वन क्षेत्र थप गरिएका हुन्। परीक्षा क्षेत्रअनुसार...

मकवानपुरमा मतदाता सूचीबाट ३ हजार ४७२ मतदाताको नाम हटाइयो

मकवानपुर । प्रदेश निर्वाचन कार्यालय हेटौँडाले मकवानपुरको मतदाता नामावलीबाट तीन हजार ४७२ जनाको नाम हटाएको छ । मृत्यु भएका, दोहोरो नाम दर्ता भएका तथा नेपाली नागरिकता परित्याग गरेका व्यक्तिको नाम मतदाता नामावलीबाट हटाइएको हो । प्रदेश निर्वाचन कार्यालय हेटौँडाका निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार नामावलीबाट हटाइएकामध्ये सबैभन्दा बढी एक हजार ९६४ जना मृत्यु भएका व्यक्ति...

प्रदेशसभा सदस्य वीरबहादुर थापाले मलाई राजीनामा पत्र बुझाउनु भएको छ : सभामुख भण्डारी

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभा सदस्य वीरबहादुर थापाले आफूलाई राजीनामा पत्र बुझाएको सभामुख भीमबहादुर भण्डारीले पुष्टि गरेका छन् । बुधबार रातोपाटीसँग कुराकानी गर्दै भण्डारीले आफूलाई थापाले राजीनामा पत्र बुझाएको पुष्टि गरे ।  ‘उहाँले हिजो राजीनामा पत्र बुझाउनु भएको छ । तर, स्वीकृति गरिएको छैन र के गर्ने भन्नेमा म परामर्शमा छु’, उनले रातोपाटीसँग भने । ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०