"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

फिफा विश्वकप २०२६ : नेपालमा टेलिभिजन र ओटीटी सब्स्क्रिप्सन सुरु, यस्तो छ ग्राहक बन्ने प्रक्रिया

Table of Content

१९ जेठ, काठमाडौं । यही जेठ २८ गतेदेखि सुरु हुने फिफा विश्वकप २०२६ का लागि नेपालमा आधिकारिक टेलिभिजन तथा ओटीटी सब्स्क्रिप्सन अभियान सुरु गरिएको छ ।

नेपालका लागि प्रसारण अधिकार प्राप्त एसप्रो मिडियाले मंगलबार एक कार्यक्रममार्फत विश्वकप प्रसारणसम्बन्धी योजना सार्वजनिक गरेको हो ।

फिफा विश्वकप २०२६ को सम्पूर्ण १०४ खेलहरू नेपालमा हिमालय स्पोर्ट्स एचडी मार्फत टेलिभिजनमा तथा डीगो एप मार्फत डिजिटल प्लेटफर्ममा प्रत्यक्ष प्रसारण हुनेछन् ।

एसप्रो मिडियाका अनुसार फिफाले नेपालका लागि एक्सक्लुसिभ प्रसारण अधिकार प्रदान गरेकाले विदेशी टेलिभिजन च्यानल वा स्ट्रिमिङ प्लेटफर्महरूले नेपालभित्र विश्वकप प्रसारण गर्न पाउने छैनन् ।

नेपाली दर्शकले तोकिएको मूल्यमा आधिकारिक प्याकेज खरिद गरेपछि मात्र प्रतियोगिताका सम्पूर्ण खेलहरू उत्कृष्ट गुणस्तरमा हेर्न सक्नेछन् ।

प्याकेज शुल्क

विश्वकप हेर्नका लागि तीन प्रकारका प्याकेज उपलब्ध गराइएको छ ।

टिभी प्याकेजका लागि करसहित ९९९ रूपैयाँ शुल्क तोकिएको छ भने मोबाइल प्याकेजका लागि करसहित ५४९ तोकिएको छ ।

मोबाइल र ल्यापटप दुवैमा हेर्नका लागि पनि ९९९ रूपैयाँ शुल्क तिरे पुग्नेछ ।

कसरी बन्ने ग्राहक ?

यदि तपाईं पनि घरमै बसी-बसी टिभी, मोबाइल वा ल्यापटपमा विश्वकपको रोमाञ्चक अनुभव लिन चाहनुहुन्छ भने ग्राहक बन्ने विस्तृत प्रक्रिया यस्तो छ ।

टेलिभिजनमा हेर्नका लागि प्रक्रिया

यदि तपाईं डिजिटल टिभी (केबल, डीटीएच वा आईपीटीभी) प्रयोग गर्नुहुन्छ भने प्याकेज खरिदका लागि दुईवटा सजिला तरिकाहरू उपलब्ध छन् ।

पहिलो तरिका- (टिभी स्क्रिनको क्यूआर कोड मार्फत):
१. आफ्नो टेलिभिजन खोल्नुहोस्
२. च्यानल लिस्टमा गएर स्पोर्ट्स क्याटेगोरी भित्र रहेको हिमालय स्पोर्ट्स एचडी च्यानल खोल्नुहोस्
३. च्यानल खोल्नेबित्तिकै तपाईंको टेलिभिजन स्क्रिनमा एउटा क्यूआर कोड देखिनेछ
४. उक्त क्यूआर कोडलाई आफ्नो मोबाइल वालेटमार्फत स्क्यान गरी तुरुन्तै रकम भुक्तानी गर्न सक्नुहुन्छ ।

दोस्रो तरिका (डिजिटल वालेट एपमार्फत):
१. सीधै आफ्नो मोबाइलमा रहेको इसेवा वा खल्ती एप खोल्नुहोस्
२. जसरी तपाईं इन्टरनेट वा टेलिभिजनको नियमित बिल तिर्नुहुन्छ, त्यसैगरी TV Service provider छनोट गर्नुहोस्
३. आफ्नो User ID / Subscriber ID हाल्नुहोस् ।
४. FIFA World Cup TV Package चयन गरी करसहित रु. ९९९ भुक्तानी गर्नुहोस् । भुक्तानी सफल भएपछि विश्वकपका खेलहरू सुचारु हुनेछन् ।

फिफा विश्वकप टिभी प्याकेज प्रयोग गर्नका लागि तपाईंको डिजिटल टिभीको नियमित सब्स्क्रिप्सन सक्रिय हुन आवश्यक छ । टिभीको नियमित म्याद सकिएको वा निष्क्रिय भएको अवस्थामा विश्वकप प्याकेज मात्र खरिद गरेर सेवा सञ्चालन हुने छैन।

मोबाइल वा ल्यापटपमा हेर्नका लागि प्रक्रिया

डिजिटल माध्यमबाट विश्वकप हेर्न चाहने दर्शकले निम्न प्रक्रिया अपनाउन सक्नुहुनेछः

१. आफ्नो डिभाइसमा डीगो (DGO) एप डाउनलोड गरी रजिस्टर वा लगइन (Register/Login) गर्नुहोस्, अथवा सीधै इसेवा वा खल्ती एपमा जानुहोस्
२. एपको होमपेजमा देखिने फिफा वर्ल्ड कप आइकन चयन गर्नुहोस्
३. आफ्नो आवश्यकता अनुसार निम्न प्याकेज छान्नुहोस्

मोबाइल अन्ली प्याकेज : केवल रु. ५४९ (करसहित) मा मोबाइलमा मात्र सम्पूर्ण १०४ खेलहरूको मजा लिन सकिनेछ ।

मोबाइल र ल्यापटप प्याकेजः मोबाइल र ल्यापटप दुवै डिभाइसमा हेर्नका लागि रु. ९९९ (करसहित) को बेग्लै प्याकेज खरिद गर्न सकिन्छ ।

तपाईंको सब्स्क्रिप्सन तपाईंले पहिलो पटक लगइन तथा अथेन्टिकेट (Authenticate) गर्नुभएको मोबाइल नम्बर र डिभाइससँग स्थायी रूपमा जोडिनेछ । त्यसैले आफूले हेर्न चाहेको मुख्य मोबाइल डिभाइसबाटै प्याकेज खरिद गर्नुहोस् ।

सब्स्क्रिप्सन सक्रिय भइसकेपछि अर्को मोबाइलमा सार्न वा डिभाइस परिवर्तन गर्न मिल्ने छैन । खरिद गर्नु अघि सही र आफूले प्रयोग गरिरहेको मोबाइल नम्बर प्रयोग भएको सुनिश्चित गर्नुहोस् ।

टिभी र मोबाइलका लागि तोकिएका माथिका दुवै मूल्यहरूमा सबै कर समावेश गरिएको छ । विश्वकप प्याकेज खरिद गर्दा वा च्यानल सुचारु गर्दा कुनै पनि प्राविधिक समस्या आएमा ग्राहकहरूले आ-आफ्नो टिभी सेवा प्रदायकसँग सम्पर्क गर्न सकनिछ ।

त्यस्तै, मोबाइलमा डीगो एप प्रयोग गर्दा समस्या देखिएमा डीगो एपको आधिकारिक ग्राहक सेवा नम्बरमा सम्पर्क राख्न सकिनेछ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

१० प्रतिशत निःशुल्क शय्याका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने

१० प्रतिशत निःशुल्क शय्याका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने काठमाण्डाै – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पतालमा विपन्न, असहाय र बेवारिसे नागरिकलाई निःशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू गरेको छ । ‘लक्षित वर्ग निःशुल्क उपचार पोर्टल कार्यविधि २०८३’ अनुसार सरकारी, निजी र सामुदायिक सबै अस्पतालले आफ्नो कुल स्वीकृत शय्याको कम्तीमा १० प्रतिशत विपन्न...

विश्वकप २०२६ : ४ मध्ये १ खेल अत्यधिक गर्मीमा हुन सक्ने चेतावनी

विश्वकप २०२६ : ४ मध्ये १ खेल अत्यधिक गर्मीमा हुन सक्ने चेतावनी आज मध्यरातिदेखि शुरू हुने फिफा विश्वकप फुटबल २०२६ लाई जलवायु परिवर्तनले गम्भीर असर पार्ने देखिएको छ । संयुक्त राष्ट्रसङ्घले यस वर्षको प्रतियोगितामा अत्यधिक गर्मी एक प्रमुख र निर्णायक कारक हुने चेतावनी दिएको छ । जर्मनीको बोनमा शुरू भएको १० दिने जलवायु सम्मेलनका क्रममा...

विपद् व्यवस्थापन गर्न २०० केजी बोक्ने ड्रोन छ, तर खरिद प्रक्रिया झन्झटिलो : मन्त्री गुरुङ

काठमाडौँ , जेठ २८- गृहमन्त्री सुदन गुरुङले विपद् व्यवस्थापन, राहत वितरणमा प्रयोग भइरहेका आधुनिक प्रविधि, सार्वजनिक खरिद प्रक्रिया झन्झटिलो रहेको बताएका छन् । बिहीबार बिहान बसेको समिति बैठकमा बोल्दै उनले नेपालमा पहिलो पटक हेभी लिफ्टिङ ड्रोनमार्फत सिन्धुपाल्चोक र काभ्रेमा राहत वितरण गरिएको स्मरण गराए । उनले अहिले २०० केजीसम्म बोक्न सक्ने क्षमताको हेभी लिफ्टिङ ड्रोन...

अर्थमन्त्रीलाई अमरेशको प्रश्नः नयाँ बजेटले कति प्रतिशत जनता खुःसी भए ?

काठमाडौं, जेठ २८- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले आगामी आर्थिक बर्षको बजेटले नेपालको कति प्रतिशत जनता खुसी भए भनेर प्रश्न गरेका छन् । बजेटमाथि प्रतिनिधिसभामा बोल्दै उनले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई यस्तो प्रश्न गरेका हुन् । ‘मित्रलाई केही कुरा आग्रह गर्न चाहन्छु’ उनले भने, ‘यो बजेटबाट नेपालको कति प्रतिशत जनता खुसी भए ?’बैंकर खुसी...

१५ वटा  विश्वविद्यालय निमित्त उपकुलपतिको भरमा, नीतिगत निर्णयमा अप्ठ्यारो

काठमाडौँ । देशभरका विश्वविद्यालयहरू निमित्त उपकुलपति र रजिष्ट्रारको भरमा चलेका छन् । गत वैशाख २० गते राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ जारी गरेसँगै विश्वविद्यालयहरू पदाधिकारीविहीन भएका थिए ।   रिक्त पद अहिलेसम्म पूर्ति नहुँदा विश्वविद्यालयहरू निमित्तको भरमा चल्दै आएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार १५...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०