"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

फिफा विश्वकप २०२६ : नेपालमा टेलिभिजन र ओटीटी सब्स्क्रिप्सन सुरु, यस्तो छ ग्राहक बन्ने प्रक्रिया

Table of Content

१९ जेठ, काठमाडौं । यही जेठ २८ गतेदेखि सुरु हुने फिफा विश्वकप २०२६ का लागि नेपालमा आधिकारिक टेलिभिजन तथा ओटीटी सब्स्क्रिप्सन अभियान सुरु गरिएको छ ।

नेपालका लागि प्रसारण अधिकार प्राप्त एसप्रो मिडियाले मंगलबार एक कार्यक्रममार्फत विश्वकप प्रसारणसम्बन्धी योजना सार्वजनिक गरेको हो ।

फिफा विश्वकप २०२६ को सम्पूर्ण १०४ खेलहरू नेपालमा हिमालय स्पोर्ट्स एचडी मार्फत टेलिभिजनमा तथा डीगो एप मार्फत डिजिटल प्लेटफर्ममा प्रत्यक्ष प्रसारण हुनेछन् ।

एसप्रो मिडियाका अनुसार फिफाले नेपालका लागि एक्सक्लुसिभ प्रसारण अधिकार प्रदान गरेकाले विदेशी टेलिभिजन च्यानल वा स्ट्रिमिङ प्लेटफर्महरूले नेपालभित्र विश्वकप प्रसारण गर्न पाउने छैनन् ।

नेपाली दर्शकले तोकिएको मूल्यमा आधिकारिक प्याकेज खरिद गरेपछि मात्र प्रतियोगिताका सम्पूर्ण खेलहरू उत्कृष्ट गुणस्तरमा हेर्न सक्नेछन् ।

प्याकेज शुल्क

विश्वकप हेर्नका लागि तीन प्रकारका प्याकेज उपलब्ध गराइएको छ ।

टिभी प्याकेजका लागि करसहित ९९९ रूपैयाँ शुल्क तोकिएको छ भने मोबाइल प्याकेजका लागि करसहित ५४९ तोकिएको छ ।

मोबाइल र ल्यापटप दुवैमा हेर्नका लागि पनि ९९९ रूपैयाँ शुल्क तिरे पुग्नेछ ।

कसरी बन्ने ग्राहक ?

यदि तपाईं पनि घरमै बसी-बसी टिभी, मोबाइल वा ल्यापटपमा विश्वकपको रोमाञ्चक अनुभव लिन चाहनुहुन्छ भने ग्राहक बन्ने विस्तृत प्रक्रिया यस्तो छ ।

टेलिभिजनमा हेर्नका लागि प्रक्रिया

यदि तपाईं डिजिटल टिभी (केबल, डीटीएच वा आईपीटीभी) प्रयोग गर्नुहुन्छ भने प्याकेज खरिदका लागि दुईवटा सजिला तरिकाहरू उपलब्ध छन् ।

पहिलो तरिका- (टिभी स्क्रिनको क्यूआर कोड मार्फत):
१. आफ्नो टेलिभिजन खोल्नुहोस्
२. च्यानल लिस्टमा गएर स्पोर्ट्स क्याटेगोरी भित्र रहेको हिमालय स्पोर्ट्स एचडी च्यानल खोल्नुहोस्
३. च्यानल खोल्नेबित्तिकै तपाईंको टेलिभिजन स्क्रिनमा एउटा क्यूआर कोड देखिनेछ
४. उक्त क्यूआर कोडलाई आफ्नो मोबाइल वालेटमार्फत स्क्यान गरी तुरुन्तै रकम भुक्तानी गर्न सक्नुहुन्छ ।

दोस्रो तरिका (डिजिटल वालेट एपमार्फत):
१. सीधै आफ्नो मोबाइलमा रहेको इसेवा वा खल्ती एप खोल्नुहोस्
२. जसरी तपाईं इन्टरनेट वा टेलिभिजनको नियमित बिल तिर्नुहुन्छ, त्यसैगरी TV Service provider छनोट गर्नुहोस्
३. आफ्नो User ID / Subscriber ID हाल्नुहोस् ।
४. FIFA World Cup TV Package चयन गरी करसहित रु. ९९९ भुक्तानी गर्नुहोस् । भुक्तानी सफल भएपछि विश्वकपका खेलहरू सुचारु हुनेछन् ।

फिफा विश्वकप टिभी प्याकेज प्रयोग गर्नका लागि तपाईंको डिजिटल टिभीको नियमित सब्स्क्रिप्सन सक्रिय हुन आवश्यक छ । टिभीको नियमित म्याद सकिएको वा निष्क्रिय भएको अवस्थामा विश्वकप प्याकेज मात्र खरिद गरेर सेवा सञ्चालन हुने छैन।

मोबाइल वा ल्यापटपमा हेर्नका लागि प्रक्रिया

डिजिटल माध्यमबाट विश्वकप हेर्न चाहने दर्शकले निम्न प्रक्रिया अपनाउन सक्नुहुनेछः

१. आफ्नो डिभाइसमा डीगो (DGO) एप डाउनलोड गरी रजिस्टर वा लगइन (Register/Login) गर्नुहोस्, अथवा सीधै इसेवा वा खल्ती एपमा जानुहोस्
२. एपको होमपेजमा देखिने फिफा वर्ल्ड कप आइकन चयन गर्नुहोस्
३. आफ्नो आवश्यकता अनुसार निम्न प्याकेज छान्नुहोस्

मोबाइल अन्ली प्याकेज : केवल रु. ५४९ (करसहित) मा मोबाइलमा मात्र सम्पूर्ण १०४ खेलहरूको मजा लिन सकिनेछ ।

मोबाइल र ल्यापटप प्याकेजः मोबाइल र ल्यापटप दुवै डिभाइसमा हेर्नका लागि रु. ९९९ (करसहित) को बेग्लै प्याकेज खरिद गर्न सकिन्छ ।

तपाईंको सब्स्क्रिप्सन तपाईंले पहिलो पटक लगइन तथा अथेन्टिकेट (Authenticate) गर्नुभएको मोबाइल नम्बर र डिभाइससँग स्थायी रूपमा जोडिनेछ । त्यसैले आफूले हेर्न चाहेको मुख्य मोबाइल डिभाइसबाटै प्याकेज खरिद गर्नुहोस् ।

सब्स्क्रिप्सन सक्रिय भइसकेपछि अर्को मोबाइलमा सार्न वा डिभाइस परिवर्तन गर्न मिल्ने छैन । खरिद गर्नु अघि सही र आफूले प्रयोग गरिरहेको मोबाइल नम्बर प्रयोग भएको सुनिश्चित गर्नुहोस् ।

टिभी र मोबाइलका लागि तोकिएका माथिका दुवै मूल्यहरूमा सबै कर समावेश गरिएको छ । विश्वकप प्याकेज खरिद गर्दा वा च्यानल सुचारु गर्दा कुनै पनि प्राविधिक समस्या आएमा ग्राहकहरूले आ-आफ्नो टिभी सेवा प्रदायकसँग सम्पर्क गर्न सकनिछ ।

त्यस्तै, मोबाइलमा डीगो एप प्रयोग गर्दा समस्या देखिएमा डीगो एपको आधिकारिक ग्राहक सेवा नम्बरमा सम्पर्क राख्न सकिनेछ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

चितवनमा तीन महिनामा ३ हजार ६२ जनाले लिए वंशजका आधारमा नागरिकता, २८ जनाले त्यागे

चितवन । चितवनमा चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् । यस अवधिमा ६ हजार ७६६ नागरिकताको प्रतिलिपि जारी गरिएको छ । यस्तै २८ जनाले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट उक्त अवधिमा वंशजका आधारमा नागरिकता जारी गरिएको...

मन्त्री प्रतिभा रावल कात्तिक ९ गते चितवन आउँदै,भूमिहीन,सुकुम्बासी र सहकारीपीडितसंग छलफल गर्ने

चितवन,कात्तिक ७- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल कात्तिक ९ गते बिहान चितवन भ्रमणमा आउनुहुने भएको छ। भ्रमणका क्रममा मन्त्री रावलले जिल्ला भूमि समस्या समाधान समिति तथा सहकारीपीडितसँग छलफल गर्नुहुनेछ। साथै, भरतपुर र कालिका नगरपालिकाका नागरिकसँग अन्तरक्रिया गर्नुहुने कार्यक्रम रहेको छ। नागरिकसँगको अन्तरक्रियामा मन्त्री रावलले कात्तिक तथा सुकुम्बासीका समस्या, सहकारीपीडितका गुनासा...

एनपीएलका लागि पाकिस्तानका कप्तान फर्हान नेपालमा

काठमाण्डौ – पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा फर्हान नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका छन् ।कर्णाली याक्समा अनुबन्ध भएका उनी आज नेपाल आएका हुन् । क्लबले हिजो ३० वर्षीय शीर्षक्रमका फर्हानलाई अनुबन्ध गरेको घोषणा गरेको थियो । क्लबले अनुबन्ध गरेको घोषणा गरेको २४ घण्टाभित्रै नेपाल आइपुगेका हुन् । उनी कर्णाली याक्समा अनुबन्ध हुने दोस्रो...

लक्ष्मी थपलियाको ‘फूलै फुल्यो गुराँस’ गीत सार्वजनिक

काठमाडौं । गायिका लक्ष्मी थपलियाको स्वरमा रहेको नयाँ प्रेमिल गीत ‘फूलै फुल्यो गुराँस’ सार्वजनिक भएको छ । गीत लक्ष्मी थपलियाको आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो । गीतमा विपिन आचार्यको शब्द तथा संगीत रहेको छ । गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङको जिम्मेवारी पनि आचार्यले नै सम्हालेका छन् । गीत एमबी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको...

पानी पर्ने पूर्वानुमानपछि किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ

काठमाण्डौ – मुख्य चाड दशैँको बेला अहिले किसानलाई पाकेको धान भित्र्याउन भ्याइनभ्याइ छ । धेरैजसो ठाउँमा दशैँको टीका कोजाग्रत पूर्णिमा अर्थात् पर्सि सोमबारसम्म लगाउने गरिन्छ । तर मौसम पूर्वानुमान महाशाखाले बुधबार ११ गतेदेखि पानी पर्ने प्रक्षेपण गरेसँगै दशैँको टीकाकैबीच किसानलाई पाकेको धानबाली काट्न र भित्र्याउन हतारो भएको छ । अहिले अन्नको भण्डार तराई/मधेशदेखि पहाडी क्षेत्रमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०