"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

पर्वतमा जीप दुर्घटना: वडासदस्य केशवराज पौडेलकाे मृत्यु, दुई जना घाइते

Table of Content

पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गए राति भएको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडासदस्य ५२ वर्षीय केशवराज पौडेल छन् ।

जीप सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार आर्थरडाँडाखर्कस्थित वडा कार्यालयबाट चरीपानीतर्फ जाँदै गरेको ग १ ज ५८६५ नम्बरको जीप अँधेरीनेटा भन्ने स्थानमा दुर्घटना हुँदा वडासदस्य पौडेलको मृत्यु भएको हो ।

टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेका उनलाई उपचारको लागि पोखरा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा जीप चालक सोही वडाकै २७ वर्षीय बुद्धिसागर पौडेल र ४६ वर्षीय राजेन्द्र पौडेल घाइते भएका छन् । दुवैको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ  ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

फिफा विश्वकप २०२६ : नेपालमा टेलिभिजन र ओटीटी सब्स्क्रिप्सन सुरु, यस्तो छ ग्राहक बन्ने प्रक्रिया

१९ जेठ, काठमाडौं । यही जेठ २८ गतेदेखि सुरु हुने फिफा विश्वकप २०२६ का लागि नेपालमा आधिकारिक टेलिभिजन तथा ओटीटी सब्स्क्रिप्सन अभियान सुरु गरिएको छ । नेपालका लागि प्रसारण अधिकार प्राप्त एसप्रो मिडियाले मंगलबार एक कार्यक्रममार्फत विश्वकप प्रसारणसम्बन्धी योजना सार्वजनिक गरेको हो । फिफा विश्वकप २०२६ को सम्पूर्ण १०४ खेलहरू नेपालमा हिमालय स्पोर्ट्स एचडी मार्फत...

लगामविहीन खर्चले बढायो महानगरको बेरुजु

काठमाडौँ — अघिल्ला वर्षहरूमा जसरी महानगरपालिकाहरूको बेरुजु गतवर्ष पनि घट्न सकेन । ६ वटा महानगरपालिकामध्ये केहीले मात्र बेरुजु घटाएका छन् । केही महानगरपालिकाको बेरुजुमा अझै सुधार हुन सकेको छैन । महालेखापरीक्षकको ६३ औं वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ६ मध्ये चार महानगरपालिकाको मात्र लेखापरीक्षण गरिएको छ । यसमा सबैभन्दा बढी बेरुजु काठमाडौंको र कम ललितपुर महानगरपालिकाको देखिएको...

दिल्ली पुग्नुभएका लामिछानेले आजदेखि भेटघाट तथा अन्तरक्रिया थाल्दै

दिल्ली पुग्नुभएका लामिछानेले आजदेखि भेटघाट तथा अन्तरक्रिया थाल्दै काठमाण्डौ – भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भारत भ्रमणका लागि दिल्ली पुग्नुभएका रवि लामिछाने आजदेखि भेटघाट र अन्तरक्रिया थाल्नुहुने भएको छ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछाने पाँच दिने भारत भ्रमणका लागि हिजो दिल्ली पुग्नुभएको हो ।...

पर्वतमा जीप दुर्घटना: वडासदस्य केशवराज पौडेलकाे मृत्यु, दुई जना घाइते

पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गए राति भएको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडासदस्य ५२ वर्षीय केशवराज पौडेल छन् । जीप सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार आर्थरडाँडाखर्कस्थित वडा कार्यालयबाट चरीपानीतर्फ जाँदै गरेको ग १ ज ५८६५ नम्बरको...

लिपुलेक प्रयोगको सन्दर्भमा नेपालले पठाएको कूटनीतिक नोटको जवाफ

लिपुलेक प्रयोगको सन्दर्भमा नेपालले पठाएको कूटनीतिक नोटको जवाफ भारतले पठाएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले भारतबाट कूटनीतिक नोटको जवाफ आएको जानकारी संसद्लाई गराएका हुन् । सरकारले २० वैशाखमा नेपाली भूमि नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोबर यात्रा सञ्चालन गर्न लागेको आपत्ति जनाउँदै दुबै छिमेकीलाई पत्र पठाएको थियो । सबै राजनीतिक दलहरूसँगको परामर्शमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०