"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

Table of Content

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठक बस्दै छ। संसद् सचिवालयले दुवै सदनका लागि छुट्टाछुट्टै समय र विभिन्न कार्यसूचीहरू निर्धारण गरेको छ।

बिहान सवा ११ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा मुख्यतया प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विभिन्न विधेयकहरूमाथि छलफल र पारित गर्ने कार्यसूची रहेको छ। बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र साहले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। 

त्यसपछि सोही विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि उनले नै प्रस्तुत गर्ने कार्यसूची छ। यसका साथै प्रतिनिधि सभाबाटै सन्देशसहित प्राप्त भएको ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव र उक्त विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव समेत प्रधानमन्त्री साहले बैठकमा प्रस्तुत गर्नेछन्।

त्यस्तै दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ, जसमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल र पारित गर्ने मुख्य कार्यक्रम रहेको छ। बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि दफावार छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त प्रतिवेदनमाथि प्राप्त भएका विभिन्न संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिसकेपछि सभापति पराजुलीले प्रतिवेदन पारित गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्नेछन्।

नियमावली पारित भइसकेपछि अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछन् र अनुमति प्राप्त भएपछि उनले उक्त विधेयक सदनमा प्रस्तुत गर्ने कार्यसूची छ। बैठकको अन्त्यतिर युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नं ८१)’ र ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धी, १९३०’ सम्बन्धी सन् २०१४ को प्रोटोकल नं २९ सदनसमक्ष पेस गर्नेछन्।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

रामेछाप,कात्तिक ८- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपालको पहिलो समस्या नै रोजगारीको समस्या भएको बताएका छन् । रामेछापको उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रीतिमा आयोजित पार्टी गाउँपालिका कमिटी पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले रोजगारीको समस्या समाधान गर्ने रोडम्याप उज्यालो नेपालले बनाएका बताए । ‘हरित क्रान्ति गरेर यो देशलाई समृद्ध बनाउँछौँ भनेर हामी लागेका छौँ, यसले गर्दा...

दशैँपछि पहिलो कारोबार दिन सुनकाे भाउ ११ हजार ७ सय रुपैयाँले घट्यो

काठामाण्डौ – दशैँपछि पहिलो कारोबार दिन आज सुनको भाउ तोलामा ११ हजार ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको भाउ समायोजनसहित आज आइतबार घटेको सूची सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ निरन्तर घटेसँगै नेपाली बजारमा पनि दशैँका बेला भाउ घटेको महासंघले जनाएको छ । यसअघि गएको सोमबार सुन तोलाको २...

दशैँ मनाएर काठमाण्डौ फर्कनेको संख्या बढेसँगै मुख्य नाकामा चाप

काठमाण्डौ – दशैँ मनाउन गाउँघर गएकाहरु काठमाण्डौ फर्कनेक्रम बढेको छ । विजयादशमीको भोलिपल्टदेखि नै फर्कनेहरुको चाप बढ्न थालेको हो । सरकारी कार्यालय भोलिदेखि खुल्ने भएकाले दशैँ मनाउन गाउँघर गएका धेरैजना आजसम्म फर्किसक्नेछन् । गएको ३१ गते शनिवारयता दशैँ बिदा रहेकोमा भोलिदेखि सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थासहित धेरैजसो कार्यालय खुल्नेछन् । सार्वजनिक बिदा आज सकिने...

रसुवाको स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

काठमाण्डौ – रसुवाको स्याफ्रुबेँसीमा गाडी आवतजावत गर्नसक्ने गरी ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा अघि बढेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय प्रशासनको समन्वयमा बेलिब्रिज निर्माण कार्यलाई गति दिइएको हो । प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे, प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती नेतृत्वको टोलीले स्याफ्रुबेँसी क्षेत्रमा भइरहेका विभिन्न निर्माण गतिविधिको हिजो स्थलगत...

दशैँको सराय नाचमा कपिलवस्तुको चन्द्रौटामा सामाजिक सद्भावको उदाहरणीय नमूना

काठमाण्डौ – कपिलवस्तुको चन्द्रौटामा यसवर्ष दशैँको टीकाको तेस्रो दिन हिजो शनिबार निक्कै सद्भावपूर्ण कार्यक्रम भएको छ । दशैँमा हुने सराय नाचको अवसरमा कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा मुस्लिम समुदायका युवाहरुले समेत समन्वय र  सहभागीता जनाएपछि विशेष सद्भावयुक्त कार्यक्रम भयो । मेलामा सहभागीलाई उनीहरुले मिठाई र पानी वितरण गरे । त्रयोदशीमा गरिएको सराय नाचमा स्थानिय मुस्लिम समुदायबाट...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०