"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नेपालमा झन्डै साढे ६२ लाख वटा गाडी दर्ता

Table of Content

नेपालमा झन्डै साढे ६२ लाख वटा गाडी दर्ता

काठमाण्डाै – देशभर दर्ता भएका गाडीकाे सङ्ख्या ६२ लाख माथि रहेको पाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार चालू आर्थिक वर्ष फागुन मसान्तसम्म कुल गाडीको सङ्ख्या ६२ लाख ४९ हजार ७३२ पुगेको छ ।

चालू आर्थिक वर्षकाे फागुन मसान्तसम्म मात्रै २ लाख ८१ हजार ९२१ वटा दर्ता भएका थिए । दर्ता भएका गाडीमध्ये ५० लाखभन्दा धेरै मोटरसाइकल छन् ।

यसैगरी फागुन मसान्तसम्म ४१ लाख १४ हजार १८१ वटा सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) जारी भएको छ । त्यसमध्ये चालू आर्थिक वर्षकाे ८ महिनासम्म ४३ हजार ७५० थान सवारी चालक अनुमतिपत्र जारी भएको थियो ।

चालू आर्थिक वर्षको पहिलाे ८ महिनामा ८७ हजार १४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएका छन् । तीमध्ये ५ हजार १८६ थान जडान भएका छन् ।

गएकाे फागुन मसान्तसम्म ८ लाख ३१ हजार ५९ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएकामा ८८ हजार ३४० थान जडान भएका छन् । इम्बोस्ड सवारी नम्बर प्लेट जडानसम्बन्धी निर्देशिका २०८१ अनुसार नम्बर प्लेट जडान भइरहेको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

दशैँपछि पहिलो कारोबार दिन सुनकाे भाउ ११ हजार ७ सय रुपैयाँले घट्यो

काठामाण्डौ – दशैँपछि पहिलो कारोबार दिन आज सुनको भाउ तोलामा ११ हजार ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको भाउ समायोजनसहित आज आइतबार घटेको सूची सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ निरन्तर घटेसँगै नेपाली बजारमा पनि दशैँका बेला भाउ घटेको महासंघले जनाएको छ । यसअघि गएको सोमबार सुन तोलाको २...

दशैँ मनाएर काठमाण्डौ फर्कनेको संख्या बढेसँगै मुख्य नाकामा चाप

काठमाण्डौ – दशैँ मनाउन गाउँघर गएकाहरु काठमाण्डौ फर्कनेक्रम बढेको छ । विजयादशमीको भोलिपल्टदेखि नै फर्कनेहरुको चाप बढ्न थालेको हो । सरकारी कार्यालय भोलिदेखि खुल्ने भएकाले दशैँ मनाउन गाउँघर गएका धेरैजना आजसम्म फर्किसक्नेछन् । गएको ३१ गते शनिवारयता दशैँ बिदा रहेकोमा भोलिदेखि सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थासहित धेरैजसो कार्यालय खुल्नेछन् । सार्वजनिक बिदा आज सकिने...

रसुवाको स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

काठमाण्डौ – रसुवाको स्याफ्रुबेँसीमा गाडी आवतजावत गर्नसक्ने गरी ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा अघि बढेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय प्रशासनको समन्वयमा बेलिब्रिज निर्माण कार्यलाई गति दिइएको हो । प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे, प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती नेतृत्वको टोलीले स्याफ्रुबेँसी क्षेत्रमा भइरहेका विभिन्न निर्माण गतिविधिको हिजो स्थलगत...

दशैँको सराय नाचमा कपिलवस्तुको चन्द्रौटामा सामाजिक सद्भावको उदाहरणीय नमूना

काठमाण्डौ – कपिलवस्तुको चन्द्रौटामा यसवर्ष दशैँको टीकाको तेस्रो दिन हिजो शनिबार निक्कै सद्भावपूर्ण कार्यक्रम भएको छ । दशैँमा हुने सराय नाचको अवसरमा कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा मुस्लिम समुदायका युवाहरुले समेत समन्वय र  सहभागीता जनाएपछि विशेष सद्भावयुक्त कार्यक्रम भयो । मेलामा सहभागीलाई उनीहरुले मिठाई र पानी वितरण गरे । त्रयोदशीमा गरिएको सराय नाचमा स्थानिय मुस्लिम समुदायबाट...

चितवनमा तीन महिनामा ३ हजार ६२ जनाले लिए वंशजका आधारमा नागरिकता, २८ जनाले त्यागे

चितवन । चितवनमा चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् । यस अवधिमा ६ हजार ७६६ नागरिकताको प्रतिलिपि जारी गरिएको छ । यस्तै २८ जनाले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट उक्त अवधिमा वंशजका आधारमा नागरिकता जारी गरिएको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०