"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

बागमती सरकारको फेरियो प्राथमिकताः के छुट्यो, के थपियो ?

Table of Content

मकवानपुर । बागमती प्रदेश सरकारले नीति तथा कार्यक्रममा आफ्नो प्राथमिकता परिवर्तन गरेको छ । विगतका आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले नयाँ योजनासहितका कार्य विवरण घोषणा गरेकोमा यसपटक कार्यान्वयन पाटोलाई प्राथमिकताका साथ अघि बढाएको छ ।

गत वर्षमा सरकारले प्रदेशको विकास र सुशासनका लागि आफ्ना प्राथमिकता भन्दै नयाँ नीति र कार्यक्रम अघि सारेको थियो, तर आगामी वर्षको नीति तथा कार्यक्रममा भने तिनको कार्यान्वयनलाई महत्त्वका साथ अघि बढाइएको छ ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नयाँ योजनाभन्दा पनि अधुरा योजना पूरा गर्ने लक्ष्य राखेको छ ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमलाई आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमसँग तुलनात्मक गर्दा सरकार पूर्वाधार निर्माण र पुनर्निर्माणबाट अघि बढेर डिजिटल सुशासन, प्रशासनिक सुधार र विशिष्टीकृत उत्पादनतर्फ केन्द्रित भएको देखिन्छ ।

सरकारले आर्थिक वर्ष २०८२/०८३ मा सरकारले मुख्यतया ‘प्रदेश आयोजना बैंक’ को स्थापना र आयोजना छनोट प्रणालीलाई व्यवस्थित बनाउन जोड दिएको थियो भने आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा  कार्यान्वयनको पाटोमा जोड दिएको छ ।

सरकारले आगामी आर्थिक वर्ष खर्च कटौतीका लागि हाल कायम रहेका मन्त्रालयलाई गाभेर ८ वटा मन्त्रालयमा झार्ने र अनावश्यक संरचना खारेज गर्ने लक्ष्य अघि बढाएको छ । निर्णय प्रक्रियामा कृत्रिम बुद्धिमत्ताको प्रयोग र डिजिटल ट्रान्सफर्मेशनलाई सरकारले जोड दिएको छ ।

२०८२/०८३ को नीति तथा कार्यक्रममा एक वडा एक कृषि उत्पादन र किसानको हात, सरकारको साथ जस्ता कार्यक्रममार्फत कृषिमा आत्मनिर्भरता खोजेको थियो । उक्त विषयमा सरकारले खासै प्रगति हासिल गरेको देखिँदैन । २०८३/०८४ का लागि सरकारले तयार पारेको नीति तथा कार्यक्रममा प्रदेशको शान, परिश्रमी किसान अभियान घोषणा गरिएको छ । सरकारले व्यावसायिक गाँजा खेतीलाई व्यवस्थित गर्न कानुनी प्रबन्ध मिलाउने घोषणासमेत गरेको छ ।

अघिल्लो वर्ष (२०८२/०८३) बाढी र पहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र पुनर्स्थापनामा सरकार केन्द्रित थियो । जसमा ‘सडक र पुलः विकासको मूल’ भन्ने नारामा जोड दिइएको थियो । २०८३/०८४ को नीति तथा कार्यक्रममा ‘पहिले मर्मत, त्यसपछि निर्माण’ को नीति लिँदै नयाँ ट्रयाक खोल्ने कार्यलाई सरकारले निरुत्साहित गरेको छ ।

विद्युतीय सवारी साधनलाई प्रोत्साहन र यातायात सेवालाई क्युआर कोडसहितको डिजिटल प्रणालीमा लैजाने लक्ष्य सरकारले अघि बढाएको छ ।

स्वास्थ्य क्षेत्र अन्तर्गत २०८२/०८३ को नीति तथा कार्यक्रममा ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ र क्यान्सर उपचारमा सहुलियतलाई प्रदेश सरकारले निरन्तरता दिएको थियो । २०८३/०८४ को नीति तथा कार्यक्रममा ‘आरोग्य केन्द्र’ स्थापना र स्वास्थ्य पर्यटनको अवधारणा प्रदेश सरकारले अघि बढाएको छ ।

सामाजिक क्षेत्रतर्फ यस पटक सीमान्तकृत चेपाङ, बोटे, माझी र थामी समुदायका लागि एकीकृत आवास र ‘गरिबले गरी खाने प्रदेश’ को अवधारणा सरकारले अघि सारेको छ ।

सरकारले २०८२/०८३ मा ‘शिव सर्किट’ र सिन्धुली– मकवानपुर–चितवनलाई औद्योगिक कोरिडोरको रूपमा विकास गर्ने लक्ष्य अघि सारेको थियो । उक्त कार्यक्रमको कार्यान्वयन पाटो अत्यन्त फितलो रहेको मूल्याङ्कन सहित सरकारले अधुरा आयोजनालाई निष्कर्षमा पु¥याउने गरी कार्यक्रम तयार गर्ने नीति अवलम्बन गरेको छ । २०८३/०८४ मा ‘घुमौँ बागमती, बुझौँ संस्कृति’ अभियानमार्फत दोलखाको डाङडुङे डाँडालाई ‘फिल्म सिटी’ को रूपमा विकास गर्ने र पर्यटनमा डिजिटल अभियान चलाउने घोषणा प्रदेश सरकारले गरेको छ ।

के के छन् सरकारका नयाँ कार्यक्रम ?

औषधि र औद्योगिक प्रयोजनका लागि गाँजा खेतीको कानुनी मार्ग प्रशस्त गर्ने सरकारको योजना छ भने खर्च घटाउन मन्त्रालय र कार्यालय तथा प्रशासनिक कर्मचारीको संख्या घटाउने तयारी छ ।

जनताका गुनासो सुन्न ‘हेलो सीएम डेस्क’ को प्रभावकारी सञ्चालन गर्ने, युवाहरूका लागि परियोजना धितोमा राखेर ऋण दिने व्यवस्था अनुरुप स्टार्टअप इकोसिस्टम कार्यक्रम सञ्चालन गर्ने भएको छ । निर्णय प्रक्रिया र अनुगमन प्रणालीमा कृत्रिम बौद्धिकताको प्रयोग गर्ने नीति पहिलो पटक समावेश गरिएको छ । प्रदेश राजधानी हेटौंडालाई ‘बृहत्तर हेटौंडा’ बनाउने र साइकल लेन सहितको पैदलयात्रीमैत्री सडक बनाउने विषय सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।

बागमती सरकारकाे नीति तथा कार्यक्रम संसद्‌मा प्रस्तुत (पूर्णपाठ)

विपन्न वर्गका लागि लक्षित गरी स्वरोजगार र उत्पादनमा आधारित ‘गरिबले गरी खाने प्रदेश’ कार्यक्रम, कृषि उद्यमशीलताका लागि ब्याज अनुदान र प्रोत्साहन गर्न ‘प्रदेशको शान, परिश्रमी किसान’ कार्यक्रम, प्रदेशका ओझेलमा परेका पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्न ‘घुमौँ बागमती, बुझौँ संस्कृति’ प्रदेशका मुख्य सहरहरूमा मोबाइल भ्यानमार्फत खाद्य गुणस्तर परीक्षण गर्ने सरकारको योजना छ । यस्तै, ७ हजार मिटरभन्दा कम उचाइका अपरिचित हिमालहरूलाई आरोहणका लागि खुला र प्रवर्द्धन गर्ने, राइड सेयरिङ (पठाओ, इनड्राइभर आदि) लाई कानुन बनाएर राजस्वको दायरामा ल्याउने, वातावरण संरक्षणका लागि ‘हरित वित्त’ नीति अवलम्बन गर्ने कार्यक्रम पनि समेटिएको छ ।

प्रदेश निजामती सेवाको गठन, संगठन तथा व्यवस्थापन गर्ने र प्रदेशको राजस्व अधिकार (करका दरहरूमा एकरुपता) लाई एकल अधिकारको रूपमा प्रयोग गर्ने, प्रदेश प्रहरीको समायोजन कार्यलाई संघीय सरकारसँग समन्वय गरी छिटो टुङ्ग्याउने र प्रदेशको शान्ति सुरक्षालाई एकल अधिकारको रूपमा प्रभावकारी बनाउने सरकारको नीति तथा कार्यक्रममा छ । एकल अधिकार कार्यान्वयन गर्दा संघ र स्थानीय तहको साझा अधिकारसँग नबाझिने गरी समन्वय र सहकार्य गर्ने रणनीति लिइएको छ ।

के के छुट्यो ?

सरकारले २०८२/०८३ को नीति तथा कार्यक्रममा गत वर्षको बाढी र पहिरोबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणलाई मुख्य प्राथमिकता दिइएको थियो भने २०८३/०८४ मा ‘नियमित मर्मत सम्भार’ मा परिणत गर्दै सडक पूर्वाधार र विपद् व्यवस्थापनमा अग्रसर हुने देखिएको छ ।

‘कृषि उपज बजार केन्द्र’ स्थापनाका लागि १६ स्थानीय तहमा पाइलटिङ गर्ने कार्यक्रम सरकारले त्यागेको छ । ‘बागमती प्रदेश शिव सर्किट’ को विस्तृत अध्ययन गरी निर्माण सुरु गर्ने योजना थियो, तर आगामी वर्षको नीति तथा कार्यक्रममा उक्त विषय समेटिएको छैन ।

यसअघिको नीति तथा कार्यक्रममा समावेश भएको बहुवर्षीय योजनाहरूको मापदण्ड निर्धारण गरी आर्थिक वर्षको पहिलो चौमासिकभित्रै स्रोत सुनिश्चितता प्रदान गर्ने विषय सरकारले अघि बढाएको छैन । सरकारले ‘बायो–इन्जिनियरिङ’ प्रविधिको प्रयोग गरी जलाधार क्षेत्र संरक्षण गर्ने, ‘एक जिल्ला एक विशेष कृषि उत्पादन पकेट क्षेत्र कार्यक्रम, पशुजन्य वस्तुको अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्ने नीतिमा समेटिएको छैन ।

‘जडीबुटी प्रजातिहरूको वितरण र प्रचुरताको आधारमा विस्तृत नक्साङ्कन तयार गर्ने, पर्यटन प्रवर्द्धनका लागि ‘मिट द पिपल’ कार्यक्रमहरू आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको छैन ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

चितवनमा तीन महिनामा ३ हजार ६२ जनाले लिए वंशजका आधारमा नागरिकता, २८ जनाले त्यागे

चितवन । चितवनमा चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् । यस अवधिमा ६ हजार ७६६ नागरिकताको प्रतिलिपि जारी गरिएको छ । यस्तै २८ जनाले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट उक्त अवधिमा वंशजका आधारमा नागरिकता जारी गरिएको...

मन्त्री प्रतिभा रावल कात्तिक ९ गते चितवन आउँदै,भूमिहीन,सुकुम्बासी र सहकारीपीडितसंग छलफल गर्ने

चितवन,कात्तिक ७- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल कात्तिक ९ गते बिहान चितवन भ्रमणमा आउनुहुने भएको छ। भ्रमणका क्रममा मन्त्री रावलले जिल्ला भूमि समस्या समाधान समिति तथा सहकारीपीडितसँग छलफल गर्नुहुनेछ। साथै, भरतपुर र कालिका नगरपालिकाका नागरिकसँग अन्तरक्रिया गर्नुहुने कार्यक्रम रहेको छ। नागरिकसँगको अन्तरक्रियामा मन्त्री रावलले कात्तिक तथा सुकुम्बासीका समस्या, सहकारीपीडितका गुनासा...

एनपीएलका लागि पाकिस्तानका कप्तान फर्हान नेपालमा

काठमाण्डौ – पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा फर्हान नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका छन् ।कर्णाली याक्समा अनुबन्ध भएका उनी आज नेपाल आएका हुन् । क्लबले हिजो ३० वर्षीय शीर्षक्रमका फर्हानलाई अनुबन्ध गरेको घोषणा गरेको थियो । क्लबले अनुबन्ध गरेको घोषणा गरेको २४ घण्टाभित्रै नेपाल आइपुगेका हुन् । उनी कर्णाली याक्समा अनुबन्ध हुने दोस्रो...

लक्ष्मी थपलियाको ‘फूलै फुल्यो गुराँस’ गीत सार्वजनिक

काठमाडौं । गायिका लक्ष्मी थपलियाको स्वरमा रहेको नयाँ प्रेमिल गीत ‘फूलै फुल्यो गुराँस’ सार्वजनिक भएको छ । गीत लक्ष्मी थपलियाको आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो । गीतमा विपिन आचार्यको शब्द तथा संगीत रहेको छ । गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङको जिम्मेवारी पनि आचार्यले नै सम्हालेका छन् । गीत एमबी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको...

पानी पर्ने पूर्वानुमानपछि किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ

काठमाण्डौ – मुख्य चाड दशैँको बेला अहिले किसानलाई पाकेको धान भित्र्याउन भ्याइनभ्याइ छ । धेरैजसो ठाउँमा दशैँको टीका कोजाग्रत पूर्णिमा अर्थात् पर्सि सोमबारसम्म लगाउने गरिन्छ । तर मौसम पूर्वानुमान महाशाखाले बुधबार ११ गतेदेखि पानी पर्ने प्रक्षेपण गरेसँगै दशैँको टीकाकैबीच किसानलाई पाकेको धानबाली काट्न र भित्र्याउन हतारो भएको छ । अहिले अन्नको भण्डार तराई/मधेशदेखि पहाडी क्षेत्रमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०