"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

तेस्रो मुलुकबाट ल्याएर खानेतेल भारत पठाउँदै नेपाली उद्योग

Table of Content

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनाको वैदेशिक व्यापारमा खानेतेल आयात अस्वाभाविक रुपमा बढेको छ । भन्सार विभागको पछिल्लो विस्तृत तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिना (साउनदेखि वैशाखसम्म) मा मात्रै नेपालले १ खर्ब ४५ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको खाने तेल तथा तेलजन्य वस्तु आयात गरेको छ ।

विभागकाअनुसार यस अवधिमा कुल ८७ करोड ३१ लाख ४८ हजार ६५२ लिटर परिमाणमा यी तेल आयात भएको छ । यस ठुलो परिमाणको आयातबाट सरकारले कुल १० अर्ब ४७ करोड ६२ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

अघिल्लो वर्षको यसै अवधिमा १ खर्ब २० अर्ब ६७ करोड रुपैयाँ बराबरको तेल आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । 

नेपालमा यति ठुलो परिमाणमा तेल आयात हुनुको मुख्य कारण नेपाली उद्योगहरूले कच्चा तेल आयात गरी यहाँ प्रशोधन गर्ने र त्यसलाई पुनः भारततर्फ निर्यात गर्ने रि–एक्सपोर्ट मोडल हो । 

दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) अन्तर्गत न्यून भन्सार दरको सुविधा पाउने भएकाले नेपाली व्यवसायीहरूले अर्जेन्टिना र ब्राजिलबाट कच्चा तेल ल्याएर भारत पठाउने गरेका छन् । नेपालमा तेल उद्योग करिब २ दर्जन छन् । 

सबैभन्दा धेरै भटमास तेल 
आयात भएको तेलमध्ये भटमास (सोयाबिन) तेलको हिस्सा सबैभन्दा ठुलो देखिएको छ । १० महिनाको अवधिमा १ खर्ब ६ अर्ब ८२ करोड ४५ लाख रुपैयाँभन्दा बढीको भटमास तेल आयात भएको छ । यो कुल आयात मूल्यको झण्डै ७३ प्रतिशत हिस्सा हो । नेपालले मुख्यतया कच्चा भटमास तेल आयात गरी यहाँ प्रशोधन गरेर स्वदेशी बजारमा आपूर्ति गर्ने र पुनः निर्यात गर्ने गरेका कारण यसको आयात उच्च देखिएको हो ।

भटमास तेलपछि सूर्यमुखी (सनफ्लावर) र पाम आयलको आयात पनि निकै ठुलो छ । तथ्यांक अनुसार १७ अर्ब ५७ करोड २८ लाख रुपैयाँको सूर्यमुखी तेल आयात भएको छ । त्यस्तै, कच्चा पाम आयल, प्रशोधित पामोलिन र पाम स्टेरिन गरी कुल १६ अर्ब ४२ करोड ३० लाख रुपैयाँ बराबरको पामजन्य वस्तु भित्रिएका छन् । विशेषगरी बिस्कुट, चाउचाउ र साबुन उद्योगका लागि पाम आयलको प्रयोग हुने गर्दछ ।

कुन तेल कति आयो ? 
111
कुन–कुन मुलुकबाट आयात हुन्छ तेल ?  
नेपालमा भटमास र सूर्यमुखी तेलको सबैभन्दा ठुलो स्रोत अर्जेन्टिना बनेको छ भने पाम तेलका लागि इन्डोनेसिया र मलेसियामा निर्भर हुनुपरेको छ ।

नेपालको कुल तेल आयातमा भटमास तेलको वर्चस्व देखिएको छ । १० महिनाको अवधिमा १ खर्ब ६ अर्ब ८२ करोड ४५ लाख रुपैयाँभन्दा बढीको भटमास तेल आयात भएको छ । यसको सबैभन्दा ठुलो स्रोत अर्जेन्टिना बनेको छ । अर्जेन्टिनाबाट मात्रै ५० करोड ३१ लाख लिटरभन्दा बढी कच्चा भटमास तेल ८१ अर्ब ७५ करोड ७८ लाख रुपैयाँमा आयात गरिएको छ ।

दोस्रो ठुलो स्रोतका रूपमा ब्राजिल रहेको छ, जहाँबाट ८ करोड ४० लाख लिटर तेल १३ अर्ब ७४ करोड ४२ लाख रुपैयाँमा भित्रिएको छ । यसैगरी, चीनबाट ६ अर्ब २१ करोड ८९ लाख रुपैयाँ बराबरको ३ करोड ६५ लाख लिटर तेल आयात भएको छ । भटमास तेल आयात हुने अन्य मुलुकहरूमा थाइल्याण्ड (२ अर्ब ३६ करोड), पाराग्वे (१ अर्ब ४७ करोड) र युद्धग्रस्त मुलुक युक्रेन (१ अर्ब २५ करोड) रहेका छन् । भारत, कुवेत र ओमानबाट पनि थोरै परिमाणमा प्रशोधित भटमास तेल आएको देखिन्छ ।

यस अवधिमा १७ अर्ब ५७ करोड २८ लाख रुपैयाँ बराबरको १० करोड ५७ लाख लिटर सूर्यमुखी तेल नेपाल भित्रिएको छ । यसमा पनि अर्जेन्टिना नै प्रमुख मुलुक देखिएको छ । अर्जेन्टिनाबाट ८ करोड २९ लाख लिटर सूर्यमुखी तेल १३ अर्ब ३६ करोड ५ लाख रुपैयाँमा आयात भएको छ ।

भटमास, सूर्यमुखी र पाम तेल बाहेकका अन्य विशेष तेलहरू पनि विभिन्न मुलुकबाट आयात हुने गरेका छन् । स्वास्थ्यका लागि लाभदायी मानिने ओलिभ आयल (जैतुनको तेल) मुख्यतया स्पेन, इटाली र टर्कीबाट आयात हुन्छ । स्पेनबाट मात्रै झण्डै ४ करोड रुपैयाँको ओलिभ आयल भित्रिएको छ । नरिवलको तेल मुख्यतया भारत र मलेसियाबाट आयात हुने गरेको छ ।

यसैगरी, युक्रेन नेपालका लागि सूर्यमुखी तेलको दोस्रो ठुलो स्रोत बनेको छ । युक्रेनबाट २ करोड २१ लाख लिटर तेल ४ अर्ब ३ करोड ८९ लाख रुपैयाँमा भित्रिएको छ । अन्य मुलुकहरूको हकमा मलेसियाबाट १० करोड ९९ लाख, भारतबाट ३ करोड ८ लाख र टर्कीबाट २ करोड ६ लाख रुपैयाँ बराबरको सूर्यमुखी तेल र त्यसको कच्चा पदार्थ आयात भएको छ ।

पाम आयल र पामोलिनको आयातमा भने दक्षिणपूर्वी एसियाली मुलुकहरू इन्डोनेसिया र मलेसियाको पकड देखिएको छ। कुल १६ अर्ब ४२ करोड ३० लाख रुपैयाँ बराबरको १० करोड २७ लाख लिटर पामजन्य उत्पादन नेपाल भित्रिएको छ । इन्डोनेसियाबाट मात्रै ६ करोड ४ लाख लिटर पाम आयल र पामोलिन गरी ९ अर्ब ४५ करोड ५९ लाख रुपैयाँको आयात भएको छ । त्यस्तै, मलेसियाबाट २ करोड ८९ लाख लिटर तेल ४ अर्ब ८२ करोड ९३ लाख रुपैयाँमा भित्रिएको छ । यसबाहेक थाइल्याण्डबाट १ अर्ब ८५ करोड र फिलिपिन्सबाट २३ करोड ९८ लाख रुपैयाँको पाम तेल आयात भएको तथ्याङ्कले देखाउँछ ।

भटमास, सूर्यमुखी र पाम तेल बाहेकका अन्य विशेष तेलहरू पनि विभिन्न मुलुकबाट आयात हुने गरेका छन् । स्वास्थ्यका लागि लाभदायी मानिने ओलिभ आयल (जैतुनको तेल) मुख्यतया स्पेन, इटाली र टर्कीबाट आयात हुन्छ । स्पेनबाट मात्रै झण्डै ४ करोड रुपैयाँको ओलिभ आयल भित्रिएको छ । नरिवलको तेल मुख्यतया भारत र मलेसियाबाट आयात हुने गरेको छ ।

त्यस्तै, तोरीको तेलको कच्चा पदार्थ र प्रशोधित तेल मुख्यतया भारतबाटै आयात हुन्छ । तिलको तेल चीन र भारतबाट आउँछ भने मकैको तेल मलेसिया र टर्कीबाट आयात भएको देखिन्छ । औद्योगिक प्रयोजनका लागि प्रयोग हुने ’टालो’ भने करिब शतप्रतिशत भारतबाटै आयात हुने गरेको छ ।

तेस्रो मुलुकबाट आयता गरेर भारतमा निर्यात 
चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिना (साउनदेखि वैशाखसम्म) मा नेपालले प्रशोधित तेल निर्यात गरेर १ खर्ब १७ अर्ब ५५ करोड ३ लाख ३४ हजार रुपैयाँ वैदेशिक मुद्रा आर्जन गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा ५८ करोड ८३ लाख लिटरभन्दा बढी विभिन्न प्रकारका प्रशोधित तेलहरू निर्यात भएका छन् ।

नेपालको यो निर्यात व्यापार पूर्ण रूपमा छिमेकी मुलुक भारतमा निर्भर देखिएको छ । निर्यात भएको कुल रकममध्ये ९९ प्रतिशतभन्दा बढी हिस्सा भारतीय बजारले ओगटेको छ । नेपालले तेस्रो मुलुकबाट कच्चा तेल आयात गरी यहाँ प्रशोधन गरेर निर्यात गर्ने गरेको छ । 

विभागको तथ्याङ्कअनुसार नेपालबाट सबैभन्दा बढी प्रशोधित भटमास तेल निर्यात भएको छ । १० महिनाको अवधिमा १ खर्ब १ अर्ब २६ करोड रुपैयाँको भटमास तेल भारत निर्यात भएको छ । यस्तै, ७ अर्ब ४१ करोड रुपैयाँको सूर्यमुखी तेल र करिब ६ अर्ब ६१ करोड रुपैयाँ बराबरको विभिन्न पामजन्य तेलहरू निर्यात भएका छन् ।

यस्तो छ निर्यात अवस्था
222
नेपालबाट तेल निर्यात मुख्यतया भारतमा केन्द्रित भए तापनि निकै सानो परिमाणमा विकसित मुलुकहरूमा पनि तेल पुगेको देखिएको छ । विभागको तथ्याङ्कअनुसार अस्ट्रेलिया, अमेरिका र बेलायतमा तोरी तेल निर्यात भएको छ । अमेरिकामा झण्डै २ लाख रुपैयाँको र अस्ट्रेलियामा ८६ हजार रुपैयाँको तोरीको तेल निर्यात भएको छ । यस्तै, बेलायतमा १ लाख रुपैयाँ बराबरको वनस्पति घिउ र ८२ हजार रुपैयाँको तोरीको तेल निर्यात भएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

बालेन सरकारको नियुक्तिमा सर्वोच्चको ठूलो हस्तक्षेप, वायु सेवा निगमको सञ्चालक समिति सदस्य नियुक्ति खारेज

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले गरेको नेपाल वायु सेवा निगम सञ्चालक समितिको सदस्य नियुक्तिलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ। अदालतले नियुक्ति प्रक्रिया कानुनविपरीत रहेको ठहर गर्दै पुनः योग्यतामा आधारित नियुक्ति गर्न परमादेशसमेत जारी गरेको छ। सरकारले पूर्व सैनिक अधिकारीसहित विभिन्न व्यक्तिलाई निगमको सञ्चालक समितिमा नियुक्त गरेको थियो। तर, नियुक्ति प्रक्रियामा योग्यताक्रमको सट्टा...

पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने

पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने काठमाण्डौ — पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा तातो दिन कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यी क्षेत्रहरूमा तापक्रम उच्च रहने भएकाले गर्मीको प्रभाव अझै केही दिन रहन सक्ने देखिन्छ । महाशाखाका अनुसार आज, भोलि र पर्सिसम्म देशका अधिकांश...

सातवटै प्रदेशहरुको बजेट आज : सुशासन र उत्पादनमा जोड

सातवटै प्रदेशहरुको बजेट आज : सुशासन र उत्पादनमा जोड काठमाण्डौ — सातवटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछन् । सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने प्रदेश सरकारहरुको तयारी छ । कुनै प्रदेशले अघिल्लो वर्षको भन्दा आकार बढाएर, कुनैले घटाएर त कुनैले त्यही...

कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधार शुरू : अर्थमन्त्री वाग्ले

कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधार शुरू : अर्थमन्त्री वाग्ले काठमाण्डाै – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको अर्थतन्त्रलाई औपचारिकीकरण गर्न र युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न सरकारले कर प्रणाली तथा सार्वजनिक सेवा प्रवाहमा आमूल परिवर्तन शुरू गरेको बताउनुभएको छ । काठमाण्डाैमा आज आयोजित ‘युवा उद्यमशीलता सम्मेलन–२०८३’ लाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले दशकौँदेखि चर्चामा सीमित कर सुधारका एजेन्डालाई वर्तमान...

काठमाण्डौ महानगरकाे नीति तथा कार्यक्रम : ‘मानवीयताको शहर’ बनाउने सङ्कल्प

काठमाण्डौ महानगरकाे नीति तथा कार्यक्रम : ‘मानवीयताको शहर’ बनाउने सङ्कल्प काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले महानगरलाई भौतिक संरचनाको चक्रव्युहबाट बाहिर निकालेर एक सहृदयी, समावेशी ‘मानवीयताको शहर’ का रूपमा विकास गर्ने दूरगामी सङ्कल्प अघि सारेको छ । नगरसभाको १९औँ अधिवेशनमा आज आउँदो आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कार्यवाहक मेयर सुनिता डङ्गोलले यो सङ्कल्प...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०