"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

आज – ०७ जेठ २०८३ बिहिवार को राशिफल

Table of Content

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

अति आत्मविश्वासमा गलत निर्णय लिन सक्नुहुन्छ जानकारको सल्लाह लिनुहोस। कानुनी मामलाहरूमा सतर्क रहनुहोस्। व्यापारमा मनग्य लाभ हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

विद्यार्थीवर्गहरू प्रतियोगी परीक्षाको परिणामलाई लिएर चिन्तित रहनुहुनेछ। व्यापार व्यवसायमा विरोधीहरूको भावना समयमा बुझ्न सफल भइनेछ। कार्यक्षेत्रमा प्रगति हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

अरुको वादविवादमा आफू नपर्नुहोस्। कार्यक्षेत्रमा दिखावा गर्नबाट बच्नुहोस्। पैसाको लेनदेनमा सावधानी राख्नुहोला। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

कार्यक्षेत्रमा आफ्नो अलग पहिचान बनाउनमा सफलता मिल्नेछ। विद्यार्थी वर्गहरूलाई मेहनत गर्दा अध्ययनमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा मान सम्मानमा वृद्धी हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

व्यापार व्यवसायमा नयाँ लगानी व्यापार विस्तारको लागि सहायक हुनेछ। आफ्नो बोलीमा नियन्त्रण राख्नुहोस् अन्यथा विपरीत अर्थ लाग्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

रचनात्मक क्षेत्रमा रुचि बढ्नेछ। कार्यक्षेत्रमा अनुभवीजनहरूको साथ मिल्नाले कार्यमा निखार आउनेछ। आयका नयाँ स्रोतहरू बन्नेछन्। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ। स्वास्थ्यको लागि व्यायाम वा आहारविहारमा विशेष ध्यान दिनुहोला। पारिवारिक मामलाहरू सुल्झाउनमा सफलता मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

सन्तानको पठनपाठनमा धन खर्च हुनेछ। व्यापार व्यवसायमा आफ्नो कुरालाई राख्नमा सफलता मिल्नेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। गृहणीहरूको धर्मकर्ममा रुचि बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ। रुचिको विषयमा लगानी लगाउने समय रहेको छ। अप्ठ्यारा परिस्थितिमा माननीयजनहरूबाट सहयोग प्राप्त होला। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ४ रहेको छ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ। व्यापार व्यवसायमा लाभ रहनेछ। आँटेका कार्यसम्पादन गर्न सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

कार्यक्षेत्रमा तारिफ योग्य कार्य गर्दै लाभ आर्जन गर्न सकिनेछ। आफन्त मध्य रमाइलो समय व्यतीत हुनेछ। शिक्षाको क्षेत्रमा गुरुजनहरूबाट सहयोग पाइनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

धैर्य र पराक्रममा वृद्धि हुनेछ। समय उत्तम रहनेछ। सानो दुरीको सुखद यात्रा हुनेछ। शत्रुमाथि विजय प्राप्त गरिनेछ। कार्य समयमा सम्पादन हुनाले मन प्रसन्न रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

बालेन सरकारको नियुक्तिमा सर्वोच्चको ठूलो हस्तक्षेप, वायु सेवा निगमको सञ्चालक समिति सदस्य नियुक्ति खारेज

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले गरेको नेपाल वायु सेवा निगम सञ्चालक समितिको सदस्य नियुक्तिलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ। अदालतले नियुक्ति प्रक्रिया कानुनविपरीत रहेको ठहर गर्दै पुनः योग्यतामा आधारित नियुक्ति गर्न परमादेशसमेत जारी गरेको छ। सरकारले पूर्व सैनिक अधिकारीसहित विभिन्न व्यक्तिलाई निगमको सञ्चालक समितिमा नियुक्त गरेको थियो। तर, नियुक्ति प्रक्रियामा योग्यताक्रमको सट्टा...

पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने

पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने काठमाण्डौ — पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा तातो दिन कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यी क्षेत्रहरूमा तापक्रम उच्च रहने भएकाले गर्मीको प्रभाव अझै केही दिन रहन सक्ने देखिन्छ । महाशाखाका अनुसार आज, भोलि र पर्सिसम्म देशका अधिकांश...

सातवटै प्रदेशहरुको बजेट आज : सुशासन र उत्पादनमा जोड

सातवटै प्रदेशहरुको बजेट आज : सुशासन र उत्पादनमा जोड काठमाण्डौ — सातवटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछन् । सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने प्रदेश सरकारहरुको तयारी छ । कुनै प्रदेशले अघिल्लो वर्षको भन्दा आकार बढाएर, कुनैले घटाएर त कुनैले त्यही...

कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधार शुरू : अर्थमन्त्री वाग्ले

कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधार शुरू : अर्थमन्त्री वाग्ले काठमाण्डाै – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको अर्थतन्त्रलाई औपचारिकीकरण गर्न र युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न सरकारले कर प्रणाली तथा सार्वजनिक सेवा प्रवाहमा आमूल परिवर्तन शुरू गरेको बताउनुभएको छ । काठमाण्डाैमा आज आयोजित ‘युवा उद्यमशीलता सम्मेलन–२०८३’ लाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले दशकौँदेखि चर्चामा सीमित कर सुधारका एजेन्डालाई वर्तमान...

काठमाण्डौ महानगरकाे नीति तथा कार्यक्रम : ‘मानवीयताको शहर’ बनाउने सङ्कल्प

काठमाण्डौ महानगरकाे नीति तथा कार्यक्रम : ‘मानवीयताको शहर’ बनाउने सङ्कल्प काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले महानगरलाई भौतिक संरचनाको चक्रव्युहबाट बाहिर निकालेर एक सहृदयी, समावेशी ‘मानवीयताको शहर’ का रूपमा विकास गर्ने दूरगामी सङ्कल्प अघि सारेको छ । नगरसभाको १९औँ अधिवेशनमा आज आउँदो आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कार्यवाहक मेयर सुनिता डङ्गोलले यो सङ्कल्प...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०