"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सुधन गुरुङ युवतीसहित रिसोर्ट पुगेको प्रमाण प्रहरीको नियन्त्रणमा

Table of Content

सिन्धुपाल्चोक । पूर्वगृहमन्त्री सुधन गुरुङ बास बस्न गएको भोटेकोशी हेली रिसोर्टबाट प्रहरीले कर्मचारीको मोबाइलसहित सीसीटीभीको उपकरण नियन्त्रणमा लिएको छ ।

आफूहरूलाई प्रहरी भन्दै साधा पोसाकका व्यक्तिहरूले ती सामान जफत गरेका हुन् । मङ्गलवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली त्यहाँ पुगेको उक्त कार्यालय प्रमुख एसएसपी सन्तोष खड्काले स्वीकारेका छन् । उनले कुनै चोरीसँग सम्बन्धित घटनाको अनुसन्धानका लागि ती सामान जफत गरेको भनेका छन् ।

प्रहरी भन्दै एउटा टोली त्यहाँ पुगेपछि रिसोर्टका एक कर्मचारीले नेपाल प्रेसलाई त्यसको जानकारी दिए । तर, तिनै कर्मचारीसहित सबैको मोबाइल प्रहरी टोलीले जफत गरेको छ ।

नेपाल प्रेसले त्यहाँ पुगेका व्यक्ति प्रहरी नै हुन् या अरू भन्नेबारे स्थानीय प्रहरी कार्यालयमा सम्पर्क गर्दा उनीहरूले अनभिज्ञता प्रकट गरे । तर, अपराध अनुसन्धानका एसएसपीले आफ्नो टोली पुगेको स्वीकार गरेका छन् ।

घटना के हो ?

प्रहरीले मङ्गलवार आफ्ना मोबाइलदेखि रिसोर्टमा जडान सीसीटीभीका सम्पूर्ण उपकरण जफत गरेपछि त्यहाँका कर्मचारी आतंकित छन् । उनीहरू काम छोडेर भयभीत स्थितिमा तातोपानी बजारमा भेटिए । एक कर्मचारीले यस्तो विवरण सुनाए-

गृहमन्त्री हुनुभन्दा केही दिन अगाडि (चैत पहिलो साता) सुधन गुरुङ यहाँ आएका थिए । उनीसँग केटी साथी पनि थिइन् । हामीलाई हाम्रो म्यानेजमेण्टले श्रीमती वा परिवारबाहेक अरू केटी लिएर आएका गेष्टसँग दुवैको आईडी माग्नु भनेको छ । उनीहरूले दिन मानेनन् । सुधन गुरुङ नामको एउटा आइडीचाहिँ अहिले पनि हामीसँगै छ ।

एक्कासि आज ‘हामी पुलिस हौँ, तिमीहरूको रिसोर्टबाट दुई महिना पहिले चोरी भएको छ, त्यसको फुटेज देऊ’ भन्दै केही मान्छे आए । हामीले यहाँका सबै पुलिस चिनेका छौँ । बुझ्दा उनीहरू तातोपानी चौकीको पुलिस हैन भन्ने भयो । हामीले म्यानेजर सरहरूलाई सोध्दा पत्रकारले चिन्न सक्छ भनेर हजुरको नम्बर दिनुभयो । शुरूमा आउँदा हामीले केही पनि दिएनौँ । एक छिनपछि त उनीहरू ठूलो दलबल लिएर आए । हाम्रो मोबाइल खोसे । सीसीटीभी र त्यसको सबै सामान लिएर गए । हामीलाई सरहरूले सर्च वारेन्ट माग्न भन्नुभएको थियो । त्यसो भन्दा उल्टै हप्कीदप्की गरे । कसैको सामान चोरी भएको भए एक-दुई दिनमा पो कम्प्लेन आउँछ । तर, उनीहरू दुई महिनाअगाडिको फुटेज माग्न आए । हाम्रो सिष्टममा दुई महिनासम्मको फुटेज सेभ नै हुँदैन । उनीहरूले हामी रिकभर गर्छौँ भनेका छन् ।

भोटेकोशी हेली रिसोर्ट सुवास प्रधानको लगानीमा सञ्चालित छ । उनी अहिले कास्की प्रहरी नियन्त्रणमा रहेका छन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

१० प्रतिशत निःशुल्क शय्याका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने

१० प्रतिशत निःशुल्क शय्याका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने काठमाण्डाै – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पतालमा विपन्न, असहाय र बेवारिसे नागरिकलाई निःशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू गरेको छ । ‘लक्षित वर्ग निःशुल्क उपचार पोर्टल कार्यविधि २०८३’ अनुसार सरकारी, निजी र सामुदायिक सबै अस्पतालले आफ्नो कुल स्वीकृत शय्याको कम्तीमा १० प्रतिशत विपन्न...

विश्वकप २०२६ : ४ मध्ये १ खेल अत्यधिक गर्मीमा हुन सक्ने चेतावनी

विश्वकप २०२६ : ४ मध्ये १ खेल अत्यधिक गर्मीमा हुन सक्ने चेतावनी आज मध्यरातिदेखि शुरू हुने फिफा विश्वकप फुटबल २०२६ लाई जलवायु परिवर्तनले गम्भीर असर पार्ने देखिएको छ । संयुक्त राष्ट्रसङ्घले यस वर्षको प्रतियोगितामा अत्यधिक गर्मी एक प्रमुख र निर्णायक कारक हुने चेतावनी दिएको छ । जर्मनीको बोनमा शुरू भएको १० दिने जलवायु सम्मेलनका क्रममा...

विपद् व्यवस्थापन गर्न २०० केजी बोक्ने ड्रोन छ, तर खरिद प्रक्रिया झन्झटिलो : मन्त्री गुरुङ

काठमाडौँ , जेठ २८- गृहमन्त्री सुदन गुरुङले विपद् व्यवस्थापन, राहत वितरणमा प्रयोग भइरहेका आधुनिक प्रविधि, सार्वजनिक खरिद प्रक्रिया झन्झटिलो रहेको बताएका छन् । बिहीबार बिहान बसेको समिति बैठकमा बोल्दै उनले नेपालमा पहिलो पटक हेभी लिफ्टिङ ड्रोनमार्फत सिन्धुपाल्चोक र काभ्रेमा राहत वितरण गरिएको स्मरण गराए । उनले अहिले २०० केजीसम्म बोक्न सक्ने क्षमताको हेभी लिफ्टिङ ड्रोन...

अर्थमन्त्रीलाई अमरेशको प्रश्नः नयाँ बजेटले कति प्रतिशत जनता खुःसी भए ?

काठमाडौं, जेठ २८- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले आगामी आर्थिक बर्षको बजेटले नेपालको कति प्रतिशत जनता खुसी भए भनेर प्रश्न गरेका छन् । बजेटमाथि प्रतिनिधिसभामा बोल्दै उनले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई यस्तो प्रश्न गरेका हुन् । ‘मित्रलाई केही कुरा आग्रह गर्न चाहन्छु’ उनले भने, ‘यो बजेटबाट नेपालको कति प्रतिशत जनता खुसी भए ?’बैंकर खुसी...

१५ वटा  विश्वविद्यालय निमित्त उपकुलपतिको भरमा, नीतिगत निर्णयमा अप्ठ्यारो

काठमाडौँ । देशभरका विश्वविद्यालयहरू निमित्त उपकुलपति र रजिष्ट्रारको भरमा चलेका छन् । गत वैशाख २० गते राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ जारी गरेसँगै विश्वविद्यालयहरू पदाधिकारीविहीन भएका थिए ।   रिक्त पद अहिलेसम्म पूर्ति नहुँदा विश्वविद्यालयहरू निमित्तको भरमा चल्दै आएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार १५...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०