"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

मलेसिया जान तीन लाख माग्ने म्यानपावरमाथि स्टिङ अपरेशन, एजेन्ट पक्राउ

Table of Content

मलेसिया जान तीन लाख माग्ने म्यानपावरमाथि स्टिङ अपरेशन, एजेन्ट पक्राउ

काठमाण्डौ – वैदेशिक रोजगारीका लागि मलेसिया जान लागेका सप्तरीका अजयकुमार यादवसँग तीन लाख रुपैयाँ माग्ने काठमाण्डौ कोटेश्वरको एक म्यानपावर कम्पनीमाथि प्रहरीले स्टिङ अपरेसन गरेर एजेन्टलाई पक्राउ गरेको छ । 

कोटेश्वरको ‘ग्रान्ड स्विट जब’ कम्पनीका कर्मचारीले तीन लाख रुपैयाँ नदिए उड्न दिन्न भनेपछि यादव गएको वैशाख २९ गते मलेसिया उड्न पाउनु भएन । यसअघि उहाँले कम्पनीकै झापामा रहेको शाखा कार्यालयबाट सबै प्रक्रिया पूरा गर्नुभएको थियो । सरकारको ‘फ्री भिसा फ्री टिकट’को नीति अनुरूप आफूले म्यानपावर कम्पनीलाई आवश्यक प्रक्रियाबापत बढीमा १० हजार मात्रै तिर्नुपर्नेमा नगद ७० हजार रुपैयाँ यसअघि नै तिरिसकेको यादवले बताउनुभयो । 

तर थप रकम मागेपछि हिजो बिहान एजेन्ट अर्थात् कम्पनीका कर्मचारीलाई तीनकुने गैरीगाउँ अगाडि पैसा लिन बोलाएको र यसबारे पहिल्यै श्रम मन्त्री रामजी यादवको सचिवालयलाई जानकारी गराएपछि तीनकुनेमा रहेको प्रहरी वृत्तको टोली खटिएको थियो । प्रहरीले थप पैसा लिने म्यानपावरका कर्मचारीलाई पक्राउ गरेको छ । 

प्रहरीका अनुसार १० हजारमा हुने काममा ३ लाख मागेको कर्मचारीले स्वीकारेपछि उनलाई पक्राउ गरिएको हो । यादवको राहदानी, श्रम स्वीकृति, बीमा र हवाई टिकट बरामद गरी हस्तान्तरण गरेसँगै आज उहाँ मलेसिया उड्नु हुने भएको छ । 

श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा जाँदा कुनै पनि समस्या परेमा सिधै श्रम मन्त्रालयमा सम्पर्क गर्न आग्रह समेत गरेको छ । पक्राउ परेका ती कर्मचारीमाथि थप कानुनी कारबाहीका लागि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nepal_gas_gd5oM9Y79a

तराईका ग्यास उद्योगबाट सिलिन्डर भरेर काठमाण्डौ भित्र्याउन थालियो

काठमाण्डौ  – काठमाण्डौ उपत्यका र आसपासका जिल्लामा खाना पकाउने ग्यासको अभाव कायमै छ । गएको...
UN-united-nation_final_one_1aurKzC0Mx

संयुक्त राष्ट्रसङ्घले नेपाललाई ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि...
images_pxStGBGlyg_vgpbs0fnhfshm9o09tieuab9fn0efmm3kx0bsghdd8uaxh4e8rsqwbt3w2ra_U4hqmS0Gea_yyivkjt7uce7ohkrhzoot4cnxayipezjgwxsithgisinwabqxvm9qicr9rka

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा, को कहाँ?

गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सहायक सीडीओको जिम्मेवारी जिम्मेवारी हेरफेर गरेको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०