"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

आजको राशिफल – Today’s Horoscope

Table of Content

२०८३ जेठ ३ गते (१७ मे २०२६) आइतवार, ज्येष्ठ अधिक शुक्लपक्ष प्रतिपदा तिथि। कृत्तिका नक्षत्र, १६:१६ बजेपछि राेहिणी। चन्द्रराशि वृष।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष – Aries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

काम बन्नाले मनग्य आम्दानी भित्र्याउने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले नाम, दाम र इनाम प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। कला, गला र अभिव्यक्तिले धेरैको मन जित्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्। सानो प्रयत्नले जीवनशैलीमा परिवर्तन आउनेछ।

वृष – Taurus

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

प्रतिष्ठित काम सम्पादन हुनेछ। नाम र दाम कमाउने बेला छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। बिछोडिएका आफन्तसँग पनि भेटघाट हुनेछ।

मिथुन – Gemini

का, कि, कु, घ, ङ, छ, के, को, हा

घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा होसियारीसाथ काममा जुट्नुहोला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। बेहोसीले नोक्सान पुर्याउन सक्छ। नाम र दामका लागि आज गरिएको खर्च व्यर्थ हुने हुँदा सजग रहनुहोला। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्छ।


कर्कट – Cancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

केही काम राेकिए पनि मनग्य आम्दानी हुनेछ। पहिलेको कर्मफल तथा उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ। नयाँ याेजनातर्फ केही रकम खर्च हुनेछ। शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहाेला। नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। पछि बन्ने काम तत्काल सम्पादन भए पनि धेरै आम्दानीको आशा नराख्नुहोला। पेसा व्यवसायमा मनग्य लाभ उठाउन सकिनेछ।


सिंह – Leo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

पुराना कामको चर्चा हुनेछ भने नयाँ अवसर पनि प्राप्त हुनेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। सामाजिक दायित्व बढ्नेछ। पेसा–व्यवसायबाट मनग्य लाभ मिल्नेछ। व्यापारमा फाइदा हुनेछ।

कन्या – Virgo

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। शरीरमा कमजोरी अनुभूति हुनेछ। लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। आफ्नाे क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्।

कन्या – Virgo

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। शरीरमा कमजोरी अनुभूति हुनेछ। लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। आफ्नाे क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्।

बृश्चिक – Scorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु

माहोल रमाइलो रहनेछ र छोटो समयमा फाइदा उठाउन सकिनेछ। पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ भने उपहारले काममा उत्साह जगाउनेछ। अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ। विवादबाट टाढा रहने प्रयत्न गर्नुहोला। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।


धनु – Sagittarius

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउने समय छ। व्यापारलगायत आर्थिक लाभ लिने योजना कार्यान्वयन हुनेछन्। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। छोटो समयमा विशेष उपलब्धि प्राप्त हुनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ।

मकर – Capricorn

भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि

समय लागे पनि निर्णायक कार्य गर्ने समय छ। पहिलेका उल्झन समाप्त हुनाले रोकिएको काम थालनी गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्यनजिक पुग्न सकिनेछ। पेसा–व्यवसायमा पनि केही लगानी र पूर्वाधार तयार पार्ने समय छ। समस्या दर्साउँदा अभिभावक तथा शुभचिन्तकहरूले साथ दिनेछन्। अध्ययनमा पनि गुरुजनको मार्गदर्शन प्राप्त हुनेछ।

कुम्भ – Aquarius

गु, गे, गो, सा, सि, सु, से, सो, द

अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। बेसुरमा बोल्ने बानीले गोपनीयता भंग हुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि परिवारजनको साथ–सहयोग प्राप्त हुनेछ। पछि लाभ हुने काम गर्न सकिनेछ।


मीन – Pisces

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

प्रयत्न गर्दा जटिल काम समेत बन्न सक्छ। छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्नेछन् भने नयाँ काम सुरु गर्न पनि सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

बालेन सरकारको नियुक्तिमा सर्वोच्चको ठूलो हस्तक्षेप, वायु सेवा निगमको सञ्चालक समिति सदस्य नियुक्ति खारेज

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले गरेको नेपाल वायु सेवा निगम सञ्चालक समितिको सदस्य नियुक्तिलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ। अदालतले नियुक्ति प्रक्रिया कानुनविपरीत रहेको ठहर गर्दै पुनः योग्यतामा आधारित नियुक्ति गर्न परमादेशसमेत जारी गरेको छ। सरकारले पूर्व सैनिक अधिकारीसहित विभिन्न व्यक्तिलाई निगमको सञ्चालक समितिमा नियुक्त गरेको थियो। तर, नियुक्ति प्रक्रियामा योग्यताक्रमको सट्टा...

पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने

पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने काठमाण्डौ — पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा तातो दिन कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यी क्षेत्रहरूमा तापक्रम उच्च रहने भएकाले गर्मीको प्रभाव अझै केही दिन रहन सक्ने देखिन्छ । महाशाखाका अनुसार आज, भोलि र पर्सिसम्म देशका अधिकांश...

सातवटै प्रदेशहरुको बजेट आज : सुशासन र उत्पादनमा जोड

सातवटै प्रदेशहरुको बजेट आज : सुशासन र उत्पादनमा जोड काठमाण्डौ — सातवटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछन् । सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने प्रदेश सरकारहरुको तयारी छ । कुनै प्रदेशले अघिल्लो वर्षको भन्दा आकार बढाएर, कुनैले घटाएर त कुनैले त्यही...

कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधार शुरू : अर्थमन्त्री वाग्ले

कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधार शुरू : अर्थमन्त्री वाग्ले काठमाण्डाै – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको अर्थतन्त्रलाई औपचारिकीकरण गर्न र युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न सरकारले कर प्रणाली तथा सार्वजनिक सेवा प्रवाहमा आमूल परिवर्तन शुरू गरेको बताउनुभएको छ । काठमाण्डाैमा आज आयोजित ‘युवा उद्यमशीलता सम्मेलन–२०८३’ लाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले दशकौँदेखि चर्चामा सीमित कर सुधारका एजेन्डालाई वर्तमान...

काठमाण्डौ महानगरकाे नीति तथा कार्यक्रम : ‘मानवीयताको शहर’ बनाउने सङ्कल्प

काठमाण्डौ महानगरकाे नीति तथा कार्यक्रम : ‘मानवीयताको शहर’ बनाउने सङ्कल्प काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले महानगरलाई भौतिक संरचनाको चक्रव्युहबाट बाहिर निकालेर एक सहृदयी, समावेशी ‘मानवीयताको शहर’ का रूपमा विकास गर्ने दूरगामी सङ्कल्प अघि सारेको छ । नगरसभाको १९औँ अधिवेशनमा आज आउँदो आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कार्यवाहक मेयर सुनिता डङ्गोलले यो सङ्कल्प...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०