"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

दुलालको प्रश्न– लोकतन्त्रमा दलहरूले राम्रो काम गरेनन् भने दलीय व्यवस्थामा प्रतिबन्ध हुन्छ ?

Table of Content

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सचेतक युवराज दुलालले विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्धनका निर्णय सच्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सदनमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै दुलालले लोकतन्त्रमा विद्यार्थी संगठनमाथि प्रतिबन्ध नै नलाग्ने दाबी गरे । उनले विद्यार्थी संगठनका गतिविधि र भूमिकाको सीमा भने तोक्न सकिने बताए । 

“लोकतन्त्रमा संगठनहरूलाई प्रतिबन्ध लगाउन सकिन्छ र, के राजनीतिक दलहरूले गरेका काम राम्रा भएनन् भनेर दलीय व्यवस्थामै प्रतिबन्ध लगाउन मिल्छ ?,” प्रश्न गर्दै दुलालले भने, “संगठनहरूको भूमिका जिम्मेवारी र उनीहरूका प्राथमिकता तोकिन सक्छन् ।”

उनले नीति तथा कार्यक्रममको बुँदा नम्बर १०० मा राखिएको ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने विषय पनि सच्याउन माग गरे । उनले भने, “ ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउन मिल्दैन, ट्रेड युनियनलाई मर्यादित र व्यवस्थित बनाइयोस् भनेर संशोधन राख्न चाहन्छु ।”

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

दशैँ मनाएर काठमाण्डौ फर्कनेको संख्या बढेसँगै मुख्य नाकामा चाप

काठमाण्डौ – दशैँ मनाउन गाउँघर गएकाहरु काठमाण्डौ फर्कनेक्रम बढेको छ । विजयादशमीको भोलिपल्टदेखि नै फर्कनेहरुको चाप बढ्न थालेको हो । सरकारी कार्यालय भोलिदेखि खुल्ने भएकाले दशैँ मनाउन गाउँघर गएका धेरैजना आजसम्म फर्किसक्नेछन् । गएको ३१ गते शनिवारयता दशैँ बिदा रहेकोमा भोलिदेखि सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थासहित धेरैजसो कार्यालय खुल्नेछन् । सार्वजनिक बिदा आज सकिने...

रसुवाको स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

काठमाण्डौ – रसुवाको स्याफ्रुबेँसीमा गाडी आवतजावत गर्नसक्ने गरी ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा अघि बढेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय प्रशासनको समन्वयमा बेलिब्रिज निर्माण कार्यलाई गति दिइएको हो । प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे, प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती नेतृत्वको टोलीले स्याफ्रुबेँसी क्षेत्रमा भइरहेका विभिन्न निर्माण गतिविधिको हिजो स्थलगत...

दशैँको सराय नाचमा कपिलवस्तुको चन्द्रौटामा सामाजिक सद्भावको उदाहरणीय नमूना

काठमाण्डौ – कपिलवस्तुको चन्द्रौटामा यसवर्ष दशैँको टीकाको तेस्रो दिन हिजो शनिबार निक्कै सद्भावपूर्ण कार्यक्रम भएको छ । दशैँमा हुने सराय नाचको अवसरमा कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा मुस्लिम समुदायका युवाहरुले समेत समन्वय र  सहभागीता जनाएपछि विशेष सद्भावयुक्त कार्यक्रम भयो । मेलामा सहभागीलाई उनीहरुले मिठाई र पानी वितरण गरे । त्रयोदशीमा गरिएको सराय नाचमा स्थानिय मुस्लिम समुदायबाट...

चितवनमा तीन महिनामा ३ हजार ६२ जनाले लिए वंशजका आधारमा नागरिकता, २८ जनाले त्यागे

चितवन । चितवनमा चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् । यस अवधिमा ६ हजार ७६६ नागरिकताको प्रतिलिपि जारी गरिएको छ । यस्तै २८ जनाले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट उक्त अवधिमा वंशजका आधारमा नागरिकता जारी गरिएको...

मन्त्री प्रतिभा रावल कात्तिक ९ गते चितवन आउँदै,भूमिहीन,सुकुम्बासी र सहकारीपीडितसंग छलफल गर्ने

चितवन,कात्तिक ७- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल कात्तिक ९ गते बिहान चितवन भ्रमणमा आउनुहुने भएको छ। भ्रमणका क्रममा मन्त्री रावलले जिल्ला भूमि समस्या समाधान समिति तथा सहकारीपीडितसँग छलफल गर्नुहुनेछ। साथै, भरतपुर र कालिका नगरपालिकाका नागरिकसँग अन्तरक्रिया गर्नुहुने कार्यक्रम रहेको छ। नागरिकसँगको अन्तरक्रियामा मन्त्री रावलले कात्तिक तथा सुकुम्बासीका समस्या, सहकारीपीडितका गुनासा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०