"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

भारतीय प्रधानमन्त्री माेदीकाे अपील : ‘घरबाटै काम गर्नु, एक वर्षसम्म सुन नकिन्नु’

Table of Content

भारतीय प्रधानमन्त्री माेदीकाे अपील : ‘घरबाटै काम गर्नु, एक वर्षसम्म सुन नकिन्नु’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यपूर्वमा चलिरहेको युद्धका कारण विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिलाई सम्बोधन गर्न नागरिकलाई घरबाटै काम गर्ने बानी बसाल्न, एक वर्षसम्म सुन नकिन्न र विदेश यात्रा सीमित गर्न अपील गर्नुभएको छ ।

प्रधानमन्त्री मोदीले कोभिड–१९ महामारीको सम्झना दिलाउने मितव्ययिताका उपायहरूले भारतको इन्धन प्रयोग घटाउने र विदेशी मुद्रा बचत गर्न मद्दत गर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

भारतले ९० प्रतिशत तेल आयात गर्छ र इरानमाथि अमेरिका–इजरायलको युद्धपछि तेल आयातमा अर्बाैँ डलरको वृद्धि भएको छ । मध्यपूर्व युद्धका कारण ‘स्ट्रेट अफ हर्मुज’ दुई महिनाभन्दा धेरै समयदेखि अवरुद्ध छ ।

हिजो दक्षिणी शहर हैदराबादमा एक सार्वजनिक कार्यक्रममा मोदीले गर्नुभएको अपीललाई विश्लेषकहरूले अहिलेसम्मकै ‘सबैभन्दा कठोर’ भनेर वर्णन गरेका खबरमा उल्लेख छ ।

मोदीले देशभक्ति भनेको सीमामा आफ्नो जीवन बलिदान दिन तयार हुनु मात्र नभई अहिलेको समयमा जिम्मेवारीपूर्वक बाँच्ने र आफ्नो दैनिक जीवनमा राष्ट्रप्रतिको कर्तव्य पूरा गर्नेबारे रहेको बताउनुभएको थियो । वर्तमान अवस्थामा विदेशी मुद्रा बचतमा ठूलो जोड दिनुपर्ने उहाँको भनाइ थियो ।

मेट्रो जस्ता सार्वजनिक गाडीको प्रयोग गर्न आग्रह गर्दै मोदीले इन्धन बचत गर्न मानिसहरूलाई ‘कार पुलिङ’ प्रणाली अपनाउन सुझाव दिनुभएको छ । उहाँले किसानहरूलाई मलको प्रयोग आधा घटाउन पनि आग्रह गर्नुभएको छ ।

सरकारी इन्धन खुद्रा बिक्रेताहरूमाथि बढ्दो दबावका बाबजुद भारतले अहिलेसम्म पेट्रोल र डिजेलको मूल्य बढाएको छैन । तर लामो समयदेखिको द्वन्द्व र तेल आपूर्तिमा अवरोधले अर्थतन्त्रमा तनाव सिर्जना गर्न थालेको छ ।

यसैबीच भारतीय प्रधानमन्त्री मोदीले विदेशी मुद्रा बचत गर्नका लागि सुन नकिन्न आग्रह गरेपछि आज गहना कम्पनीहरूको शेयरमा तीव्र गिरावट आएको छ । प्रमुख गहना कम्पनीहरूको शेयर मूल्यमा १० प्रतिशतभन्दा धेरैको गिरावट आएको छ ।

यस्तै भारतीय शेयर बजार ‘बीएसई सेन्सेक्स’ आज शुरुआती कारोबारमा १ हजार अङ्कभन्दा धेरैले घटेको छ । विश्लेषकहरूले लामो समयसम्म आर्थिक अवरोधको डरका बीचमा शेयर बजार उच्च अङ्कले घट्नुको एउटा कारण मोदीको टिप्पणी रहेको बताएका छन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

रवि लामिछाने गड्डाचौकी नाका हुँदै आज भारत प्रस्थान

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीर्थाटनका क्रममा कञ्चनपुरको गड्डाचौकी नाका हुँदै आज भारत प्रस्थान गर्नुभएको छ । सभापति लामिछानेले स्थलमार्ग हुँदै भारतको उत्तराखण्डको नैनीताल जिल्लाको प्रसिद्ध धार्मिकस्थल कैचीधाम (नीम करौली बाबा) को दर्शन गर्ने कार्यक्रम रहेको छ । तीन दिने तीर्थाटनका क्रममा उत्तराखण्डको कैचीधामका साथै गुवाहाटीमा रहेको कामाख्या मन्दिरमा पूजार्चना...

रत्ननगरमा संविधान सभा सदस्य शेषनाथ अधिकारीद्वारा आयोजित शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न

रत्ननगर, चितवन हरेक वर्ष बडादशैँको अवसरमा आयोजना हुँदै आएको परम्परागत भेटघाट तथा चियापान कार्यक्रम यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ। संविधान सभा सदस्य शेषनाथ अधिकारीको निज निवासमा (रत्ननगर नगरपालिका, टाँडी अस्पताल रोड) उक्त कार्यक्रम कार्तिक ६ गते (द्वादशीका दिन) दिउँसो २ बजे आयोजना गरिएको थियो। शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा स्थानीय बासिन्दा, नेता,...

सडक अवरोधको असर सौराहाको पर्यटनमा, दसैँमा पनि पर्यटकको आगमन अपेक्षाभन्दा कम

चितवन :  दसैँको बिदा र मुख्य पर्यटकीय सिजन सुरु भएसँगै चितवनका प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढे पनि अपेक्षाअनुसार पर्यटकको आगमन हुन सकेको छैन। बाढीपहिरो र सडक यातायातमा देखिएको अवरोधका कारण यसपटक दसैँमा समेत सौराहासहित चितवनका पर्यटकीय क्षेत्रमा पर्यटकको चाप कम देखिएको हो।मुलुकको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा स्वदेशी तथा विदेशी पर्यटकको आगमन अपेक्षाकृत कम हुँदा...

भारतीय विदेशमन्त्रीलाई अर्थमन्त्री वाग्लेकाे प्रश्न – ‘के हामी पेन्डुलमको अर्को छेउतिर गइरहेका छौँ ?’

काठमाण्डाै – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस जयशङ्करबीच बदलिँदो विश्व परिस्थितिमा अन्तर्राष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ । भारतीय टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गरेको ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ अन्तर्गत हिजाे बिहीवार आयोजित एक सत्रमा दुई नेताबीच विश्व व्यवस्थामा देखिएको परिवर्तन, बहुपक्षीय सहकार्यको भविष्य र क्षेत्रीय तथा उपक्षेत्रीय साझेदारीको आवश्यकताबारे...

मनास्लु लार्केपास, लाङटाङ र गोसाइँकुण्ड पदयात्रा खुला

काठमाण्डाै – मनास्लु लार्केपास, लाङटाङ र गोसाइँकुण्ड पदयात्रा खुला भएका छन् ।  ट्रेकिङ एजेन्सिज् एसाेसिएशन अफ नेपाल (टान) ले मनास्लु लार्केपास पदयात्रा खुला भएकाले सर्तकता अपनाउँदै यात्रा गर्न आग्रह गरेको छ । टानले सूचना निकालेर बूढीगण्डकीमा आएको बाढीका कारण क्षतिग्रस्त पहुँचमार्ग, पदमार्गका खण्ड, पुल तथा टी–हाउस लज धार्चे र गोरखाको चुमनुब्री गाउँपालिकाले संयुक्त रूपमा मर्मत...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०