"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरैले लिए अनुमती, कति रोयल्टी सङ्कलन भयाे ?

Table of Content

सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरैले लिए अनुमती, कति रोयल्टी सङ्कलन भयाे ?

काठमाण्डौ – सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै व्यक्तिले आरोहण अनुमती लिएका छन् । पर्यटन विभागका अनुसार यस वर्षको वसन्तकालिन सिजनमा सगरमाथा आरोहणका लागि ४ सय ९२ जनाले अनुमती लिएका छन् ।

यो सङ्ख्या अनुमती लिने वार्षिक तथ्याङ्क अनुसार अहिलेसम्मकै बढी रहेको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो । सगरमाथा आरोहण अनुमतीवापत सरकारले वसन्तकालिन सिजनमा १ अर्ब ७ करोड ४० लाख रुपैयाँ सङ्कलन गरेको छ । यो रकम पनि अहिलेसम्मकै धेरै हो ।

यस अघि सगरमाथामा वसन्तकालिन आरोहणका लागि विदेशी नागरिकले ११ हजार डलर रोयल्टी तिनुपर्ने व्यवस्था रहेकोमा सरकारले यस वर्षदेखि बढाएर १५ हजार डलर पुर्‍याएकाे छ ।

यसैबीच यो सिजनको आरोहणका लागि सगरमाथाको चौथो शिविरसम्म बाटो बनाउने काम सम्पन्न भएको छ । डोरी टाँग्दै बाटो खुलाउन खटिएका अनुभवी आरोहीहरुको टोली हिजो चौथो शिविरमा पुगेका निर्देशक गौतमले जानकारी दिनुभयो । सगरमाथा आरोहणका क्रममा चौथो शिविरसम्म शिविर स्थापना गरिन्छ ।

अब मौसमको अनुकुलता हेरेर शिखरसम्मको बाटो खुलाउने पर्यटन विभागले जनाएको छ । यो वर्षको वसन्तकालिन आरोहणका लागि नेपालका ३० वटा हिमालमा गरी १ हजार १ सय ३४ जना आरोहीले अनुमती लिएका छन् । उनीहरुबाट सरकारले १ अर्ब २४ करोड ४१ लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष सुदीप गिरीद्वारा पुरस्कार राशि घोषणा, दोस्रो वडा कप फुटबल प्रतियोगिता–२०८३ को खेल तालिका सार्वजनिक

राप्ती, चितवन । राष्ट्रको लागी खेलकुड स्वास्थ्य को लागी खेलकुड मुल नरको साथ राप्ती नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुन लागेको “दोस्रो वडा कप फुटबल प्रतियोगिता–२०८३” को खेल तालिका सार्वजनिक गरिएको छ। राप्ती नगरपालिकाको सम्भा हल्मा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको खेल तालिका तथा पुरस्कार राशिको घोषणा गरिएको हो।पत्रकार सम्मेलनमा राप्ती नगरपालिका नगर खेलकुद...

निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा स्थगित

निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा स्थगित काठमाण्डौ – सरकारको पछिल्लो निर्णयअनुसार निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक स्वास्थ्य बीमाको सेवा कटौती भएको छ ।  स्वास्थ्य बीमा कार्यक्रम गम्भीर सङ्कटमा धकेलिएको सङ्केत गर्दै स्वास्थ्य बीमा बोर्डले यसअघि गएको १२ गते निजी अस्पतालमा आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको सूचित गरेको थियो । सूचनामा...

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।  आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै राज्यका सबै...

यी वस्तुमा बढ्यो अन्तःशुल्क

यी वस्तुमा बढ्यो अन्तःशुल्क काठमाण्डौ – सरकारले आर्थिक विधेयक २०८३ मार्फत विभिन्न करका दरहरूमा हेरफेर गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बताउनुभयो । मदिरा, सुर्तीजन्य वस्तुलगायतमा भने अन्तःशुल्कका दरहरू बढेका छन् । त्यस्तै, पत्रु खाना (जङ्क फुड), रङगरोगन, जुसलगायतका वस्तुमा...

आज – १६ जेठ २०८३ शनिवार को राशिफल

२०८३ जेठ १६ गते शनिबार मेषः वादविवाद तथा झगडा हुन सक्नेछ, काममा बाधा व्यवधन आउने छ, मन साह्रै चिन्तित रहला । वृषः यात्रा तथा सवारीसाधनबाट फाईदा हुनेछ, व्यवसायिक कार्यमा सफलता मिल्नेछ । मिथुनः व्यापार व्यवसायमा राम्रो फाइदाहुने दिन रहेको छ, धन आर्जनगर्ने अवसर मिल्नेछ, शत्रुवर्ग परास्त हुनेछन् । कर्कटः परिवारबाट सहयोग मिल्नेछ, आर्थिक उन्नति तथा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०