"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

मध्यपूर्वको तनावले नेपालमा पर्न सक्ने असर न्यूनीकरण गर्न सरकारलाई सुझाव

Table of Content

मध्यपूर्वको तनावले नेपालमा पर्न सक्ने असर न्यूनीकरण गर्न सरकारलाई सुझाव

काठमाण्डौ – मध्यपूर्वमा अहिले देखिएको तनावका कारण नेपालको बहु आयामिक क्षेत्रमा पर्न सक्ने प्रभाव न्यूनीकरण गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा कार्ययोजना ल्याउनुपर्ने सुझावसहितको प्रतिवेदन परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ । 

‘मध्यपूर्वको सङ्कट र नेपालमा त्यसको प्रभाव सम्बन्धमा अध्ययन गर्न गठित अन्तर–मन्त्रालय उच्चस्तरीय कार्यदल’ ले सरकारलाई सुझावसहित प्रतिवेदन बुझाएको छ । 

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार पछिल्लो द्वन्द्वबाट नेपालको आर्थिक, सामाजिक क्षेत्र, कृषि, उद्योग, पर्यटन, व्यापार, लगानी, वैदेशिक रोजगारी, रेमिट्यान्स, वैदेशिक मुद्रा सञ्चिति, भुक्तानी सन्तुलन तथा ऊर्जा, इन्धन, खाद्यान्न, औषधि आपूर्तिलगायत अर्थतन्त्रका विविध क्षेत्रमा पर्ने प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभाव पर्ने अवस्थासमेत प्रतिवेदनमा उल्लेख गरिएको छ । 

त्यस्ता प्रभाव न्यूनीकरण गर्न सरकारले नीतिगत योजनाहरू कार्यान्वयन गर्न आवश्यक रहेको सुझावसहित प्रतिवेदनमा पेस गरिएको मन्त्रालयका प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार खाडीका देशमा झण्डै १८ लाख नेपाली रोजगारमा छन् । 

अर्थतन्त्रमा रेमिट्यान्सको योगदान उच्च छ । कृषिदेखि उद्योगसम्म अहिले महँगीले असर गरेको छ । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

रवि लामिछाने गड्डाचौकी नाका हुँदै आज भारत प्रस्थान

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीर्थाटनका क्रममा कञ्चनपुरको गड्डाचौकी नाका हुँदै आज भारत प्रस्थान गर्नुभएको छ । सभापति लामिछानेले स्थलमार्ग हुँदै भारतको उत्तराखण्डको नैनीताल जिल्लाको प्रसिद्ध धार्मिकस्थल कैचीधाम (नीम करौली बाबा) को दर्शन गर्ने कार्यक्रम रहेको छ । तीन दिने तीर्थाटनका क्रममा उत्तराखण्डको कैचीधामका साथै गुवाहाटीमा रहेको कामाख्या मन्दिरमा पूजार्चना...

रत्ननगरमा संविधान सभा सदस्य शेषनाथ अधिकारीद्वारा आयोजित शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न

रत्ननगर, चितवन हरेक वर्ष बडादशैँको अवसरमा आयोजना हुँदै आएको परम्परागत भेटघाट तथा चियापान कार्यक्रम यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ। संविधान सभा सदस्य शेषनाथ अधिकारीको निज निवासमा (रत्ननगर नगरपालिका, टाँडी अस्पताल रोड) उक्त कार्यक्रम कार्तिक ६ गते (द्वादशीका दिन) दिउँसो २ बजे आयोजना गरिएको थियो। शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा स्थानीय बासिन्दा, नेता,...

सडक अवरोधको असर सौराहाको पर्यटनमा, दसैँमा पनि पर्यटकको आगमन अपेक्षाभन्दा कम

चितवन :  दसैँको बिदा र मुख्य पर्यटकीय सिजन सुरु भएसँगै चितवनका प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढे पनि अपेक्षाअनुसार पर्यटकको आगमन हुन सकेको छैन। बाढीपहिरो र सडक यातायातमा देखिएको अवरोधका कारण यसपटक दसैँमा समेत सौराहासहित चितवनका पर्यटकीय क्षेत्रमा पर्यटकको चाप कम देखिएको हो।मुलुकको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा स्वदेशी तथा विदेशी पर्यटकको आगमन अपेक्षाकृत कम हुँदा...

भारतीय विदेशमन्त्रीलाई अर्थमन्त्री वाग्लेकाे प्रश्न – ‘के हामी पेन्डुलमको अर्को छेउतिर गइरहेका छौँ ?’

काठमाण्डाै – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस जयशङ्करबीच बदलिँदो विश्व परिस्थितिमा अन्तर्राष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ । भारतीय टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गरेको ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ अन्तर्गत हिजाे बिहीवार आयोजित एक सत्रमा दुई नेताबीच विश्व व्यवस्थामा देखिएको परिवर्तन, बहुपक्षीय सहकार्यको भविष्य र क्षेत्रीय तथा उपक्षेत्रीय साझेदारीको आवश्यकताबारे...

मनास्लु लार्केपास, लाङटाङ र गोसाइँकुण्ड पदयात्रा खुला

काठमाण्डाै – मनास्लु लार्केपास, लाङटाङ र गोसाइँकुण्ड पदयात्रा खुला भएका छन् ।  ट्रेकिङ एजेन्सिज् एसाेसिएशन अफ नेपाल (टान) ले मनास्लु लार्केपास पदयात्रा खुला भएकाले सर्तकता अपनाउँदै यात्रा गर्न आग्रह गरेको छ । टानले सूचना निकालेर बूढीगण्डकीमा आएको बाढीका कारण क्षतिग्रस्त पहुँचमार्ग, पदमार्गका खण्ड, पुल तथा टी–हाउस लज धार्चे र गोरखाको चुमनुब्री गाउँपालिकाले संयुक्त रूपमा मर्मत...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०