"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

तनहुँ जलविद्युत् आयोजना : रुख कटानको अनुमति प्राप्त

Table of Content

तनहुँ जलविद्युत् आयोजना : रुख कटानको अनुमति प्राप्त

तनहुँ – जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवनमा पर्ने राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ ।

डिभिजन वन कार्यालय चितवनले हिजोदेखि लागू हुनेगरी प्रसारण लाइन निर्माण क्षेत्रभित्र पर्ने रुखहरूको कटान, मुछान तथा सुरक्षित घाटगद्दी व्यवस्थापनका लागि आयोजनालाई वन प्रवेश इजाजतपत्र प्रदान गरेको हो । यस सम्बन्धमा आयोजना र डिभिजन वन कार्यालयबीच औपचारिक सम्झौतासमेत सम्पन्न भएको छ ।

अनुमतिअनुसार सरकारद्वारा भरतपुर महानगरपालिका–१ मा रहेको व्यवस्थित वन (सतनचुली संरक्षित क्षेत्र) तथा सतनचुली सामुदायिक वन, साथै भरतपुर महानगरपालिका–२९ अन्तर्गत अकलादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका १ हजार २ सय ६३ वटा रुख कटान गरिने तनहुँ जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।

कटान गरिएका रुखहरू तोकिएको समयभित्र सम्बन्धित सामुदायिक वन उपभोक्ता समूह तथा सब–डिभिजन वन कार्यालयले सुरक्षित ठहर गरेको स्थानमा घाटगद्दी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

तनहुँ जलविद्युत् आयोजना : रुख कटानको अनुमति प्राप्त

तनहुँ जलविद्युत् आयोजना : रुख कटानको अनुमति प्राप्त तनहुँ – जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवनमा पर्ने राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ । डिभिजन वन कार्यालय चितवनले हिजोदेखि लागू हुनेगरी प्रसारण लाइन निर्माण क्षेत्रभित्र पर्ने रुखहरूको कटान, मुछान तथा सुरक्षित घाटगद्दी व्यवस्थापनका लागि आयोजनालाई...

आज चराहरूको विश्व बसाइँसराइ दिवस

आज चराहरूको विश्व बसाइँसराइ दिवस काठमाण्डौ – आज चराहरूको विश्व बसाइँसराइ दिवस । हरेक वर्ष मे महिनाको दोस्रो शनिवार मनाइने यो दिवस यस वर्ष हरेक चरा महत्त्वपूर्ण छन्, तपाईंको अवलोकनले महत्व राख्छ भन्ने नाराका साथ मनाइँदैछ । अनुकूल मौसम, सुरक्षित बासस्थान र प्रजननका लागि चराहरू लामो यात्रा गर्छन् । यही यात्रालाई बसाइँसराइ भनिन्छ । विश्वमा...

सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरैले लिए अनुमती, कति रोयल्टी सङ्कलन भयाे ?

सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरैले लिए अनुमती, कति रोयल्टी सङ्कलन भयाे ? काठमाण्डौ – सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै व्यक्तिले आरोहण अनुमती लिएका छन् । पर्यटन विभागका अनुसार यस वर्षको वसन्तकालिन सिजनमा सगरमाथा आरोहणका लागि ४ सय ९२ जनाले अनुमती लिएका छन् । यो सङ्ख्या अनुमती लिने वार्षिक तथ्याङ्क अनुसार अहिलेसम्मकै बढी रहेको पर्यटन विभागका...

रास्वपाका सांसदहरुको लागि दुई दिने प्रशिक्षण शुरू

रास्वपाका सांसदहरुको लागि दुई दिने प्रशिक्षण शुरू काठमाण्डौ – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि शुरू भएको छ । सक्षम सांसद सशक्त संसद् भन्ने नाराका साथ ललितपुरको जावलाखेलमा भइरहेको प्रशिक्षणमा पार्टीका उपसभापति एवम् अर्थमन्त्री स्वर्णीम वाग्ले, महामन्त्रीद्वय कबिन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन आचार्यलगायतका पदाधिकारीसहित...

आरम्भ कलेज ‘बिएचएम’ र ‘बिआइटिएम’मा पुनः जिल्ला टपर

भरतपुर । चितवनको भरतपुर–११ मा रहेको आरम्भ कलेजले पुनः उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै जिल्लामै आफ्नो अलग पहिचान स्थापित गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका विद्यार्थीहरूले ‘बिएचएम’ तथा ‘बिआइटिएम’ चौथो सेमेस्टरको परीक्षामा उत्कृष्ट जिपिए ल्याउँदै जिल्ला टपर बन्न सफल भएका हुन् । बिएचएम चौथो सेमेस्टरतर्फ सन्ध्या गोलेले ३.८८ जिपिएसहित जिल्ला प्रथम स्थान हासिल...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०