"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

साहसिक र मनोरञ्जनात्मक खेल सञ्चालनका लागि अनिवार्य इजाजत लिनुपर्ने

Table of Content

साहसिक र मनोरञ्जनात्मक खेल सञ्चालनका लागि अनिवार्य इजाजत लिनुपर्ने

काठमाण्डौ – पर्यटन विभागले साहसिक र मनोरञ्जनात्मक खेल सञ्चालनका लागि इजाजतपत्र लिन आग्रह गरेको छ । विभागका सूचना अधिकारी हिमाल गौतमले विज्ञप्ति जारी गरी बञ्जी जम्पिङ, स्वीङ, क्यानोनिङ, स्काई डाइभिङ, जिपलाइन, जिपकोस्टर, जेटस्की, मोटरबोटलगायतका साहसिक तथा मनोरञ्जनात्मक खेल सञ्चालन गर्न अनिवार्य दर्ता गरी इजाजत लिन आग्रह गर्नुभएको हो ।

विभागले देशका विभिन्न ठाउँमा बिनाअनुमति सञ्चालन भइरहेका साहसिक तथा मनोरञ्जनात्मक खेललाई कानूनी दायरामा ल्याउन यस्तो व्यवस्था गर्न लागेको हो । सूचना अधिकारी गौतमले इजाजत नलिई यस्ता खेल सञ्चालन नगर्न र सञ्चालनमा रहेकालाई ३० दिनभित्र अनुमति लिन आग्रह गर्नुभयो ।

पर्यटन ऐन, २०३५ र पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका, २०७० अनुसार साहसिक तथा मनोरञ्जनात्मक पर्यटनसँग सम्बन्धित संस्था वा कम्पनीले विभागबाट अनिवार्य रूपमा इजाजत लिनुपर्ने प्रावधान छ । अहिले देशका विभिन्न ठाउँमा अनुमति नलिई र सुरक्षा मापदण्डको समेत पालना नगरी यस्ता गतिविधि सञ्चालन भइरहेको गुनासो आएपछि विभागले सूचना जारी गरेको हो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1photo-8-1280x720

चितवन आइपुग्दा बाढी मथ्थर : त्रिशूली र नारायणी नदीमा भेटियो ५३ शव

भरतपुर । हिमपहिरो फुटेर तिब्बतबाट आएको बाढी रसुवाको भोटेकोसीमा छिरेको बाढीले वितण्डा मच्चायो । रसुवाको...
light_bulb_1D4C8urqw7

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्तिको  व्यवस्था मिलाइयो

काठमाडौं ।  भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल...
1787742462-h01Hq-1787744129

बाढीका कारण १६२ जनाको ज्यान गएको पुष्टी, बेपत्ताको खोजी चल्दै

बाढीबाट रसुवा, नुवाकोट र धादिङमा धेरै क्षति काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासी...
dahal-1024x500

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिएकाे आरोपमा एक युवक पक्राउ

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक...
gyanendra-shaha_Xbpk9e6zM0

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०