"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

प्रतिनिधिसभा सदस्य आरेन राईको व्यवहारप्रति नागरिकको चर्को आलोचना

Table of Content

सुनसरी : खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राई यतिबेला विवादमा तानिएका छन् । सोमबार दिउँसो काभ्रेको रोशी खोलामा आएको बाढीका कारण सडक अवरुद्ध भएपछि ड्युटीमा खटिएका प्रहरीसँग भएको भनिएको आक्रोशपूर्ण व्यवहारका कारण उनको चौतर्फी आलोचना भइरहेको छ ।

घटनास्थलमा खटिएका सुरक्षाकर्मीहरूसँग राईले असहज र आक्रामक शैलीमा प्रस्तुत भएको भिडियो तथा विवरण सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै सर्वसाधारणले उनको व्यवहारप्रति असन्तुष्टि जनाएका छन् । विशेषगरी खोटाङका नागरिकहरूले एक जिम्मेवार जनप्रतिनिधिबाट अपेक्षित संयम र परिपक्वता नदेखिएको टिप्पणी गरेका छन् ।

नेपाल पत्रकार महासंघ खोटाङका पूर्व अध्यक्ष दिलिप खत्रीले जनप्रतिनिधिले सार्वजनिकस्थलमा संयमित र जिम्मेवार व्यवहार देखाउनुपर्ने उल्लेख गर्दै राईको उक्त व्यवहार उपयुक्त नभएको बताए । ‘ड्युटीमा खटिएका सुरक्षाकर्मीमाथि आक्रोश देखाउनु जनप्रतिनिधिको आचरणसँग मेल खाँदैन,’ उनले भने ।

यता, श्रम संस्कृति पार्टीका कार्यकर्ताहरूले भने राईको बचाउ गरेका छन् । रोशी खोला घटनाको वास्तविकता बाहिर आए जस्तो नभई बढाइचढाइ गरेर प्रस्तुत गरिएको श्रम संस्कृति पार्टी खोटाङकी उपाध्यक्ष संगीता किराँती राईले बताएकी छिन् । उक्त आरोपबारे प्रतिक्रिया दिँदै सांसद राईले आफू दिक्तेलबाट काठमाडौं जाने क्रममा प्रहरीले असहज व्यवहार गरेपछि सामान्य सम्झाइबुझाइ गरेको बताएका छन् । ‘मैले कसैलाई दुव्र्यवहार गरेको होइन, परिस्थिति स्पष्ट पार्ने प्रयास मात्र गरेको हुँ,’ उनले भने ।

सामाजिक सञ्जालमा भने यस विषयले व्यापक चर्चा पाएको छ । कतिपयले राईको आलोचना गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिले अझ जिम्मेवार र अनुशासित हुनुपर्ने बताएका छन् भने केहीले घटनालाई अतिरञ्जित गरिएको दाबी गरेका छन् । उक्त घटनाले जनप्रतिनिधिको आचरण, सुरक्षाकर्मीप्रतिको व्यवहार तथा संकटका बेला समन्वयको भूमिकाबारे पुनः बहस सुरु गराएको छ ।

रोशी खोला जस्तो संवेदनशील स्थानमा देखिएको समस्यामा सम्बन्धित निकायहरूसँग समन्वय गरी समाधानतर्फ पहल गर्नु जनप्रतिनिधिको दायित्व हुने भन्दै नागरिकस्तरबाट समेत प्रश्न उठिरहेका छन् । सार्वजनिक पदमा रहेका व्यक्तिको व्यवहारले जनविश्वासमा प्रत्यक्ष असर पार्ने भएकाले संयमता, परिपक्वता र जिम्मेवारीबोध अझ आवश्यक हुने खोटाङवासीको भनाइ छ । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

सुरुङ खनेर ८ जना कैदीबन्दी फरार : घटनाको छानबिन गर्न समिति गठन

काठमाण्डाै – डोल्पाको सदरमुकाम दुनैमा रहेको कारागारबाट सुरुङ खनेर ८ जना कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न प्रहरीले तीन सदस्यीय समिति गठन गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाले प्रहरी निरीक्षक विनय सिंहको नेतृत्वमा समिति गठन गर्दै फरार भएका कैदीबन्दीहरूको व्यापक खोजी कार्य तीव्र पारिएको जनाएको छ । उनीहरू शुक्रवार राति कारागारभित्रबाट सुरुङ खनेर फरार भएका थिए ।...

यू–१९ एशिया कप : विपिन शर्माकाे कप्तानीमा नेपाली टाेली घाेषणा

काठमाण्डाै – आउँदो बिहीवार कात्तिक १९ गतेदेखि ओमानमा शुरू हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । १९ वर्षमुनिको एशिया कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा नेपालसँगै भारत, पाकिस्तान र...

वाणिज्य बैंकको नाफा १९ अर्ब ११ करोड नाघ्यो

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा नेपालका वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड रुपैयाँभन्दा धेरै खुद नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्ममा धेरैजसो बैंकहरूको नाफामा सुधार आएको छ । केही बैंकको नाफामा सामान्य गिरावट देखिएको छ । बैंकहरूको नाफा गएकाे आर्थिक वर्षको...

भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म

काठमाडौं । भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गरेको हो । यसअघि नै नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाबाहेकका निकायमा कार्यालय समय बिहान...

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक बन्यो, पसलहरुमा लुटपाट

जर्मनीमा बढ्दो महँगी र सरकारी खर्च कटौतीको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेको छ । देशका विभिन्न शहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । कतिपय पसलहरूमा लुटपाट पनि भएको बीबीसीले जनाएको छ । जर्मनीको वित्तीय केन्द्र फ्र्याङ्कफर्टसहित बर्लिन, कोलोन र ह्याम्बर्गमा प्रदर्शनका क्रममा हिंसात्मक घटना भएका खबरमा उल्लेख छ । प्रदर्शनकारीले प्रहरी तथा उद्धारकर्मीमाथि आतसबाजी,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०