"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

कलाकारलाई लाग्यो चुनाव : फुसर्दिला र पाका कलाकार उम्मेदवार

Table of Content

काठमाडौँ । अचेल सामाजिक सञ्जालमा कलाकारहरूका उम्मेदवारी घोषणासम्बन्धी पोस्टहरूको बाढी छ । देशमा कुनै आम निर्वाचन नजिकिएर यो चहलपहल बढेको भने होइन, यो तयारी त नेपाल चलचित्र कलाकार संघको २०औँ महाधिवेशनको तयारी हो ।

आगामी जेठ ३ गते हुने महाधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्नेछ । पर्दाका नायक, नायिका, सह–कलाकारदेखि खलपात्रसम्म चुनावी मैदानमा उत्रिएका छन् ।

विगतझैँ यसपटक पनि उम्मेदवारहरूको सूची हेर्दा लाग्छ– संघ–संस्था फुर्सदिलाले चलाउने हो ।

उम्मेदवारहरूको सूचीमा हाल चलचित्र क्षेत्रमा अत्यन्तै व्यस्त र चर्चित अनुहारभन्दा पनि केही समयदेखि पर्दामा कम देखिएका र पाका उमेरका बढी छन् ।

यो महाधिवेशन निकै उतारचढावका बीच हुन लागेको हो । यसअघि गत चैत्र २८ गतेका लागि तय गरिएको महाधिवेशन सदस्य विवादका कारण स्थगित भएको थियो । नयाँ सदस्य वितरण र नवीकरणमा धाँधली भएको भन्दै केही कलाकारहरूले असन्तुष्टि जनाएपछि संघभित्र आन्तरिक कलह चर्किएको थियो । तर, वर्तमान अध्यक्ष मोहन निरौलाका अनुसार अहिले ती सबै विवादहरू सुल्झिसकेका छन् ।

‘पहिलेको मितिमा हामीले सदस्य विवादका कारण निर्वाचन कमिटीलाई समयमा नामावली बुझाउन सकेका थिएनौँ’, अध्यक्ष निरौलाले भने, ‘अहिले सबै समस्या टुङ्ग्याएर नामावली बुझाइसकेका छौँ। अब महाधिवेशन समयमै हुनेछ ।’

महाधिवेशनको तयारी समेत सकिएको निरौलाको भनाइ छ । यस पटकको निर्वाचनमा  ५३६ जना कलाकारहरूले मतदान गर्नेछन्, जसमा ३२५ जना आजीवन सदस्य र २११ जना साधारण सदस्य रहेका छन् ।

दुई प्यानल, छैन राजनीतिक दल

विगतका महाधिवेशनहरूमा कलाकारहरू स्पष्ट रूपमा राजनीतिक दलका प्यानल बनाएर चुनाव लड्ने गरेको देखिन्थ्यो, तर यसपटकको चित्र केही फरक र रोचक देखिएको छ । यस पटक मुख्य गरी दुई वटा प्यानल चुनावी मैदानमा छन्, जसमा विभिन्न राजनीतिक आस्था बोकेका कलाकारहरू एउटै टिममा अटाएका छन् ।

नेतृत्वका लागि अभिनेता सविन श्रेष्ठ र कलाकार उत्तम केसीबिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । सविन श्रेष्ठ हालका महासचिव हुन् भने उत्तम केसी अघिल्लो महाधिवेशनमा महासचिवका प्रत्यासी थिए, यी दुवैका लागि अध्यक्ष पदको यात्रा पहिलो हो ।

अध्यक्ष उम्मेदवार केसी र श्रेष्ठ कलाकार संघका लागि आ–आफ्नो एजेन्डासहित प्रतिस्पर्धामा उत्रिएका हुन् । उनीहरू दुवैले उठाएका एजेन्डा केही मिल्दाजुल्दा छन् भने केही फरक तर आकर्षक छन् ।

अध्यक्ष सविनको प्यानललाई नेपाली कांग्रेसनिकट मानिने चलचित्र निर्माता संघका पूर्वअध्यक्ष राजकुमार राईको पूर्ण समर्थन रहेको चर्चा छ । यस प्यानलबाट उपाध्यक्षमा पनाह अधिकारी र उद्धव प्रसाद भट्टराई चुनावी मैदानमा छन् । त्यस्तै महासचिवमा रामेश्वर बुर्लाकोटी र सचिवमा चर्चित हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ उम्मेदवार बनेका छन् ।

कोषाध्यक्षमा पवित्र आचार्य र सह–कोषाध्यक्षमा पवन केसीले र सदस्य पदका लागि विनोद भट्टराई, नविन श्रेष्ठ, रश्मी भट्ट, नम्रता खरेल, सरिता राजोपाध्याय, सुलेमान शंकर (इकु), छुल्ठीम गुरुङ, रामकृष्ण श्रेष्ठ, सुपा खनाल र राजेश गोसाईं चुनावी दौडमा छन् ।

अर्काेतर्फ केसी प्यानल पनि उत्तिकै बलियो देखिएको छ । केसी स्वयं एमालेनिकट मानिए पनि उनको प्यानलमा कांग्रेसनिकट मानिने कलाकारहरू पनि सामेल छन् । यस प्यानलमा पूर्वअध्यक्ष रवीन्द्र खड्काको साथ रहेको चर्चा छ । यो प्यानलको उपाध्यक्षमा शिवहरि बैरागी र पुजना प्रधान रहेका छन् । महासचिवमा सुनिल कटुवाल र सचिवमा गोपाल ढकाल ‘छन्दे’ले उम्मेदवारी दिएका छन् ।

कोषाध्यक्षमा तेजुला खतिवडा र सह–कोषाध्यक्षमा गीत नेपाल चुनावी प्रतिस्पर्धामा छन् । सदस्यहरूका लागि कोसिस क्षेत्री, नम्रता योगी, श्रीदेव भट्टराई, मञ्जुदेवी तुलाधर, प्रेम पाण्डे, जीवन थापा, दमन रुपाखेती, सामना सिटौला, लक्ष्मण चौलागाईं, अनुमति नेपाली, दावा फिन्जो तामाङ, अशोक धिताल, हरिशचन्द्र फुयाल, इन्द्रदोङ आम्दे, चन्द्रकला दाहाल र गोकुल सुवेदी चुनावी मैदानमा उत्रिएका छन् ।

कस्ता छन् अध्यक्ष उम्मेदवारका एजेन्डा ?

अध्यक्ष उम्मेदवार केसी र श्रेष्ठ कलाकार संघका लागि आ–आफ्नो एजेन्डासहित प्रतिस्पर्धामा उत्रिएका हुन् । उनीहरू दुवैले उठाएका एजेन्डा केही मिल्दाजुल्दा छन् भने केही फरक तर आकर्षक छन् ।

उम्मेदवार केसीका एजेन्डामा संस्थागत सुधार र अधिकारको रक्षाको कुरा छन् । ‘एकता, सम्मान र अधिकार — कलाकारको भविष्य, हाम्रो जिम्मेवारी’ भन्ने मुख्य नारा बनाएका केसीले सार्वजनिक गरेको एजेन्डामा संघको गरिमा बढाउने र संस्थालाई थप व्यवस्थित बनाउने बताएका छन् ।

सदस्यता शुल्कमा सहुलियत र समायोजन, स्वास्थ्य र उपचार, पारिश्रमिक र अधिकार, भवन व्यवस्थापन, समन्वय र पहिचानलगायत छन् ।

त्यस्तै, सविनको एजेन्डाले अग्रजको सम्मान र स्वास्थ्य सुरक्षामा जोड दिएका छन् । अग्रज कलाकारको पुनस्र्थापना, औषधि र स्वास्थ्य सुरक्षा, कलाकारलाई कामको सहजता र सुटिङ सेटमा सहज वातावरण, जुझारु संस्था निर्माण, इमानदार नेतृत्व लगायत एजेन्डा उठाएका छन् ।

दुवैले थप एजेन्डा एक कार्यक्रमसहित सार्वजनिक गर्ने जनाएका छन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष सुदीप गिरीद्वारा पुरस्कार राशि घोषणा, दोस्रो वडा कप फुटबल प्रतियोगिता–२०८३ को खेल तालिका सार्वजनिक

राप्ती, चितवन । राष्ट्रको लागी खेलकुड स्वास्थ्य को लागी खेलकुड मुल नरको साथ राप्ती नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुन लागेको “दोस्रो वडा कप फुटबल प्रतियोगिता–२०८३” को खेल तालिका सार्वजनिक गरिएको छ। राप्ती नगरपालिकाको सम्भा हल्मा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको खेल तालिका तथा पुरस्कार राशिको घोषणा गरिएको हो।पत्रकार सम्मेलनमा राप्ती नगरपालिका नगर खेलकुद...

निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा स्थगित

निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा स्थगित काठमाण्डौ – सरकारको पछिल्लो निर्णयअनुसार निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक स्वास्थ्य बीमाको सेवा कटौती भएको छ ।  स्वास्थ्य बीमा कार्यक्रम गम्भीर सङ्कटमा धकेलिएको सङ्केत गर्दै स्वास्थ्य बीमा बोर्डले यसअघि गएको १२ गते निजी अस्पतालमा आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको सूचित गरेको थियो । सूचनामा...

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।  आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै राज्यका सबै...

यी वस्तुमा बढ्यो अन्तःशुल्क

यी वस्तुमा बढ्यो अन्तःशुल्क काठमाण्डौ – सरकारले आर्थिक विधेयक २०८३ मार्फत विभिन्न करका दरहरूमा हेरफेर गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बताउनुभयो । मदिरा, सुर्तीजन्य वस्तुलगायतमा भने अन्तःशुल्कका दरहरू बढेका छन् । त्यस्तै, पत्रु खाना (जङ्क फुड), रङगरोगन, जुसलगायतका वस्तुमा...

आज – १६ जेठ २०८३ शनिवार को राशिफल

२०८३ जेठ १६ गते शनिबार मेषः वादविवाद तथा झगडा हुन सक्नेछ, काममा बाधा व्यवधन आउने छ, मन साह्रै चिन्तित रहला । वृषः यात्रा तथा सवारीसाधनबाट फाईदा हुनेछ, व्यवसायिक कार्यमा सफलता मिल्नेछ । मिथुनः व्यापार व्यवसायमा राम्रो फाइदाहुने दिन रहेको छ, धन आर्जनगर्ने अवसर मिल्नेछ, शत्रुवर्ग परास्त हुनेछन् । कर्कटः परिवारबाट सहयोग मिल्नेछ, आर्थिक उन्नति तथा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०