"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

वेबसाइट ह्याक गरेर बञ्चरेडाँडाको ठेक्का मिलाइदिएबापत ४० लाख ‘घुस’

Table of Content

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘बोलपत्र डटकम डट एनपी’ नामक वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्काको विवरण हेरफेर गरेको आरोपमा ‘क’ वर्गका निर्माण कम्पनीका सञ्चालकहरू सहित १२ जना थुनामा छन् । पूर्वमन्त्री तथा कालिका कन्स्ट्रक्सन कम्पनीका सञ्चालक विक्रम पाण्डेसहित निर्माण व्यवसायीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र साइबर ब्युरोका अधिकृतहरूले अनुसन्धान गरिरहेका छन् ।

पूर्वमन्त्री पाण्डेसँगै अर्का निर्माण व्यवसागी प्रकाश ढुंगाना पनि हिरासतमा छन् । वैशाख १३ मा पक्राउ परेका ढुंगाना कल्पवृक्ष बिल्डर्स प्रालिका सञ्चालक हुन् । वेबसाइट ह्याक गरेर आफ्नो कम्पनीलाई ठेक्का पारिदिएबापत ढुंगानाको कम्पनीले एक जना व्यक्तिलाई ४० लाख रुपैयाँ ‘घुस’ दिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुने बञ्चरेडाँडा क्षेत्रको ठेक्कामा विवरण हेरफेर गरेर ढुंगानाको कम्पनीले ठेक्का पारेको भेटिएको छ । बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटको प्रबलित माटोको फोहोर रोक्ने बाँधको उचाइ बिस्तार गर्ने ठेक्का कल्पवृक्षले गैह्रकानुनी तरिकाले लिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । विवरण हेरेफेर गरेर ठेक्का आफ्नो कम्पनीलाई पारिदिए बापत ढुंगानाले दोस्रो व्यक्तिलाई ४० लाख रकम दिएको अनुसन्धानमा संलग्न एक अधिकृतले रातोपाटीलाई बताए । अनुसन्धानमा संलग्न एक जना अधिकृतले भने, ‘ढुंगानाले ४० लाख भुक्तानी दिएको अनुसन्धानको क्रममा खुलेको छ, रकम लिने व्यक्तिमाथि अनुसन्धान गरिरहेका छौँ ।’

रकम लिने व्यक्ति सरकारी कर्मचारी हुन् या ह्याकर हुन भन्नेबारे अनुसन्धान अधिकृतहरूले खुलाएका छैनन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डेको कम्पनी कालिका कन्स्ट्रक्सनले महेन्द्र राजमार्गको पथलैया खण्डको बागमती पुलको ठेक्काको विवरण हेरफेर गरेको भेटिएको छ । बाराको पथलैया स्थित बागमती पुलको ठेक्कामा कालिका कन्स्ट्रक्सनको विडर आइडी प्रयोग भएर प्राविधिक प्रस्ताव पारित भएपछि आर्थिक प्रस्ताव खोल्नुअघि ठेक्काको छुट प्रतिशत हेरेफेर गरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।

२०७९ मा सहरी विकास मन्त्री भएका पाण्डे वैशाख ११ मा पक्राउ परेका थिए । बोलपत्र प्रणाली ह्याक गरेर सवै प्रतिस्पर्धीको कागजात हेरेपछि छुट प्रतिशत हेरेफेर गरिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे विक्रमका छोरा हुन् । हालै अध्यक्षमा निर्वाचित निकोलस कालिका कन्स्ट्रक्सनको कार्यकारी निर्देशक हुन् ।

आशिष निर्माण सेवाले केयुकेएलको ठेक्कामा ‘मिलेमतो’ गरेको आशंका छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को पाइप बिछ्याउने ३ वटा प्याकेजमा विवरण हेरफेर गरेको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ । आशिष निर्माण सेवाका सञ्चालक ऋषिकेश गौलीलाई प्रहरीले थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।

वेबसाइट ह्याक गरेर ठेक्का कब्जा गर्न सरकारी कर्मचारीकै संलग्नता देखिएको छ । सहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाका नायब सुब्बा दिवाकर देउजा ठेक्काको बिरण हेरफेरमा संलग्न रहेको सीआईबीको अनुसन्धान निष्कर्ष छ । धनकुटाको पाख्रिबास गाउँपालिका–५ घर भएका ३३ वर्षीय देउजालाई सीआईबीले एक महिनाअघि नै पक्राउ गरेको थियो । उनले ठेकेदार र ह्याकरबिच समन्वय गराएर ठेक्का कब्जा गर्ने र कमिसन लिने गरेको अनुसन्धानबाट थाहा भएको सीआईबीका एक उच्च अधिकृतले बताए । ती अधिकृले भने, ‘ठेक्काको विवरण हेरेफेर गर्नमा देउजको भूमिका देखिन्छ ।’

देउजा यसअघि २०७७ मा टेलिकमको सर्भर ह्याक गरेर टपअप प्रणालीमार्फत रकम हिनामिना गरेको घटनामा पक्राउ परेका थिए । त्यस्तै अपराधमा उनी अहिले दोस्रो पटक पक्राउ परेका हुन् ।

बोलपत्र प्रणाली ह्याक गरेर ठेक्काहरूका विवरण हेरफेर गरेको कसुरमा सीआईबी र साइबर ब्युरोको टिमले अनुसन्धान गरिरहेको छ । आरोपीहरूमाथि संगठित अपराध र विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेकको सीआईबीका एआईजी डा मनोज केसीले रातोपाटीलाई बताए । उनले भने, ‘ह्याक गरेर ठेक्काको विवरण फेरबदल गरिएको वा कर्मचारीको मिलेमतोमा भएको हो भन्नेबारे हेर्दै छौँ ।’

१२ जना पक्राउ

सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)को बोलपत्र प्रणालीमा अनधिकृत पहुँच राखेर ठेक्काहरूका विवरण हेरेफेर गरेको आरोपमा अहिलेसम्म १२ जना पक्राउ परेका छन् । धनकुटाको पाख्रीबास नगरपालिका–५ घर भएका दिवाकर देउजा, बझाङका धरत धामी, तनहुँका सञ्जय भट्ट, काठमाडौँ–३३ घर भएका भाष्कर राज अर्याल, हेटौंडा घर भएका सागर कटुवाल र सुनसरीका जीवन कुमार दास पहिलो चरणमा पक्राउ परेका थिए ।

त्यसपछि पूर्वमन्त्री विक्रम पाण्डे र भिषण कन्स्ट्रक्सनका सञ्चालक टंक कुमार श्रेष्ठ पक्राउ परे । सीआईबीले चपुर निर्माण सेवाका सञ्चालक अमृत बोहरा, इन्कोन प्रालिका सेयरधनी स्वेदश पोखरेल र कल्पवृक्ष बिल्डर्स प्रालिका सञ्चालक प्रकाश ढुंगानालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । आशिष निर्माण सेवाका सञ्चालक ऋषिकेश गौली पनि प्रहरीको हिरासतमा छन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

हर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकाले इरानमाथि थप हवाई आक्रमण गर्‍यो

काठमाण्डौ – इरानले हर्मुज जलमार्ग अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेपछि अमेरिकाले इरानमाथि नयाँ चरणको सैन्य आक्रमण गरेको छ ।  अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले सामाजिक सञ्जालमार्फत ‘इरानले गलत निर्णय गरेको र अब त्यसको मूल्य चुकाउनुपर्ने भन्दै अमेरिकाले थप कारबाही गर्ने चेतावनी दिनुभएको छ । इरानले अर्को सूचना जारी नभएसम्म हर्मुज जलमार्ग बन्द गरिएको घोषणा...

साबिक विजेता अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा : इंग्ल्यान्डसँग खेल्ने

काठमाण्डौ – साबिक विजेता अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । आज भएको अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोलले हराउँदै अर्जेन्टिना अन्तिम–४ मा पुगेको हो ।  निर्धारित ९० मिनेटको खेल १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा अर्जेन्टिनाले दुई गोल गर्‍यो । उसका जुलियन अल्भारेजले खेलको ११२औँ र लाउटारो मार्टिनेजले...

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

म्यान्मा । देशको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक बर्षापछि बाढी आएको बताउँदै म्यान्माका उद्धारकर्मीहरूले शनिबार नदी र होचा समथर भूभागमा पानीको सतह बढ्दै गएको चेतावनी दिएका छन् । जातीय अल्पसंख्यक विद्रोही समूह अराकान आर्मीको मानवीय सेवाले बिहीबार जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार बाढीमा कम्तीमा तीन जनाको मृत्यु भएको छ। “विशेष गरी वृद्ध, बिरामी, गर्भवती र...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ।  यस्तै युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६५ पैसा कायम हुँदा युके पाउण्ड स्ट्रलिङ...

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको पनि ज्यान गयो

काठमाण्डौ – आज बिहान काठमाण्डौको बुद्धनगरमा आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको ज्यान गएको प्रहरीले जनाएको छ ।  आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो । आईसीयूमा राखेर उपचार गरिएकोमा आजै बेलुका निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  राउतको शरीर ५० प्रतिशतभन्दा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०