"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

मध्यपूर्व युद्धबीच ‘ओपेक प्लस’ को बैठक, तेल उत्पादन कोटा वृद्धि गर्ने सम्भावना

Table of Content

मध्यपूर्व युद्धबीच ‘ओपेक प्लस’ को बैठक, तेल उत्पादन कोटा वृद्धि गर्ने सम्भावना

संयुक्त अरब इमिरेट्स (यूएई) ले तेल उत्पादक देशहरूको सङ्गठन ‘ओपेक प्लस’ समूहबाट बाहिरिने निर्णय गरेपछि पहिलो पटक यस समूहका सात सदस्य देश तेल उत्पादन कोटासम्बन्धी निर्णय गर्न बैठकमा बसेका छन् । मध्यपूर्वमा चलिरहेको युद्धका कारण तेल आपूर्तिमा पहिले नै दबाव बढिरहेको अवस्थामा यो बैठकलाई निकै महत्त्वपूर्ण मानिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

यूएईले गएको अप्रिल २८ मा ‘ओपेक’ र विस्तारित ‘ओपेक प्लस’ समूह छोड्ने घोषणा गरेको थियो र यो निर्णय अप्रिल ३० देखि औपचारिक रूपमा लागू भएको मानिन्छ । यसको प्रभावबारे सङ्गठनले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन जसका कारण आजको बैठकपछि आउने निर्णय र वक्तव्यलाई बजारले निकै ध्यानपूर्वक हेरिरहेको खबरमा उल्लेख छ ।

यो बैठक भर्चुअल रूपमा भइरहेको छ र यसमा अल्जेरिया, इराक, काजकिस्तान, कुवेत, ओमान, रुस र साउदी अरेबिया सहभागी छन् । प्रारम्भिक अनुमानअनुसार यी देशहरूले दैनिक झन्डै १ लाख ८८ हजार ब्यारेल तेल उत्पादन कोटा वृद्धि गर्ने सम्भावना छ ।

यद्यपि कोटा कागजमा बढाइए पनि वास्तविक उत्पादनमा ठूलो परिवर्तन आउने सम्भावना कम देखिएको छ, किनकि धेरै सदस्य देशहरू पहिले नै युद्ध, प्रतिबन्ध र ढुवानी अवरोधका कारण आफ्नो पूर्ण उत्पादन क्षमता प्रयोग गर्न असमर्थ छन् । विशेषगरी फारस खाडी क्षेत्रका इराक, कुवेत, साउदी अरेबिया र पूर्वसदस्य यूएई सबै यस अवस्थाबाट प्रभावित भएका छन् ।

त्यस्तै इरानले अमेरिकी–इजरायली तनावपछि स्ट्रेट अफ हर्मुज जलमार्गमा अवरोध सिर्जना गर्दा तेल निर्यात थप कठिन बनेको छ । इरान आफैँ पनि अमेरिकी प्रतिबन्धका कारण आर्थिक दबावमा रहेको छ । यस्तै रुसले युद्धका कारण उच्च तेल मूल्यबाट केही लाभ उठाइरहेको देखिए पनि युक्रेनसँगको लामो युद्धका कारण उसले आफ्नो उत्पादन क्षमता पूर्णरूपमा उपयोग गर्न सकेको छैन ।

विश्लेषकहरूका अनुसार ‘ओपेक प्लस’ बाट यूएईको बहिर्गमन एक ठूलो परिवर्तन हो, किनकि यसले सङ्गठनभित्र शक्ति सन्तुलन र भविष्यको नीतिमा महत्त्वपूर्ण असर पार्न सक्छ । यूएईले पछिल्ला वर्षहरूमा ठूलो लगानी गर्दै आफ्नो उत्पादन क्षमता उल्लेखनीय रूपमा बढाएको थियो र सन् २०२७ सम्म दैनिक झन्डै ५ लाख ब्यारेल तेल उत्पादन गर्ने लक्ष्य राखेको थियो जुन पहिलेको कोटाभन्दा निकै धेरै हो ।

यस परिस्थितिमा ‘ओपेक प्लस’ भित्र अन्य सदस्य देशहरू पनि आफ्नो कोटा उल्लङ्घन गरेको आरोप र असन्तुष्टिका कारण दबावमा देखिन थालेका छन् जसले भविष्यमा सङ्गठनको एकता र स्थायित्वबारे प्रश्न उठाएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

चितवन । चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा जारी दोस्रो नारायणी महोत्सव २०८३ मा भोलि मंसिर ७ गते चर्चित नेपाली सांगीतिक समूह कुमा सागर एण्ड द ख्वपाको विशेष लाइभ कन्सर्ट आयोजना हुने भएको छ । साँझ ५ बजेपछि ९ बजेसम्म उक्त कन्सर्ट हुने । महोत्सवमा दिनदिनै नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुति तथा आदिवासी जनजातीको साँस्कृतिक...

चितवनका सीडीओको स्टन्ट फ्लपः दुई महिनादेखि ‘राइनो क्रुज’ नारायणीमा बेवारिसे

चितवनः चितवन र नवलपुर जोड्ने नारायणी नदीको पुलमा अड्किएको नेपालकै पहिलो लक्जरी ‘राइनो क्रुज’ बेवारिस बनेको छ। नेपालको जलपर्यटन क्षेत्रमा नयाँ इतिहास रच्ने दाबीका साथ सञ्चालनमा ल्याइएको क्रुज नदीको गैँडाकोटतर्फ दुई महिनादेखि भग्न र खिया लागेको अवस्थामा लडिराखेको छ। गत असोज ११ मा नारायणी नदीमा आएको बाढीले गैँडाकोट स्टेसनबाट ६० टनको क्रुज बगाएको थियो। बाढीको...

पिठुवा सिंचाईको ३२ औं साधारणसभा: नहर संरक्षणमा उपभोक्ता आफैँ सचेत हुनुपर्छ : उपप्रमुख पाठक

रत्ननगर। रत्ननगर–१६ स्थित पिठुवा सिँचाइ जल उपभोक्ता संस्थाको ३२औँ साधारण सभा शनिवार सम्पन्न भएको छ। सभामा रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकले सिँचाइ नहरको संरक्षणका लागि उपभोक्ता आफैँ सचेत र जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ। उपप्रमुख पाठकले सिंचाई नगरको छेउछाउबाट ढुंगा, गिट्टी निकाल्न सिफारिस दिने पनि पिठुवाबासी नै हुने र उत्खनन गरेर बिक्री गरी आम्दानी गर्ने पनि...

पाँच एमओयू तथा सम्झौतापत्र टुंगियो, चारवटामा छलफल जारी

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भ्रमणमा नेपाल र भारतबीच हस्ताक्षर हुने पाँचवटा समझदारी (एमओयू) तथा सम्झौतापत्रको टुंगो लागेको छ । “प्रधानमन्त्रज्यूको भारत भ्रमणमा दुई देशबीच पूर्वाधार, शिक्षा, खेलकुद, स्वास्थ्य लगायतका क्षेत्रमा पाँचवटा एमओयू तथा सम्झौतापत्रमा हस्ताक्षर हुने तय भएको छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, “अझै थप चारवटा एमओयू तथा सम्झौतापत्रमा छलफल चलिरहेको छ ।...

चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो

काठमाण्डौ – चिसो बढ्दै गएसँगै हवाई मार्गबाट सगरमाथा क्षेत्र छोड्ने पर्यटकको सङ्ख्या पनि बढेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको साप्ताहिक तथ्याङ्कअनुसार पछिल्लो अवधिमा खुम्बु क्षेत्रमा प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको सङ्ख्या दोब्बरभन्दा धेरै देखिन्छ । तथ्याङ्कअनुसार पछिल्लो एक हप्ताको अवधिमा हवाई मार्गमार्फत सगरमाथा क्षेत्र (खुम्बु)बाट १ हजार १८० पर्यटक बाहिरिएका छन् भने ५२९ पर्यटक प्रवेश...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०