"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

प्रेस स्वतन्त्रता हननका घटना वृद्धि, महासंघले भन्यो- आगामी दिन झनै चुनौतीपूर्ण

Table of Content

काठमाडौँ । नेपालमा प्रेस स्वतन्त्रता हननका घटना बढ्दै गएको नेपाल पत्रकार महासंघले जनाएको छ । प्रेस स्वतन्त्रता दिवसको अवसरमा शनिबार पत्रकार महासंघ अध्यक्ष निर्मला शर्माले शुभकामना सन्देश जारी गर्दै प्रेस स्वतन्त्रता हननका घटना बढेको तथ्यांक सार्वजनिक गरेकी छन्। अध्यक्ष शर्माका अनुसार, महासंघ सञ्चार अनुगमन एकाइले मे ४ सन् २०२५ देखि ३० अप्रिल २०२६ सम्म संकलन गरेको विवरणमा एक वर्षमा १३१ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन्। जबकि, गत वर्ष ७३ वटा यस्ता घटना भएका थिए। 

त्योभन्दा अघिल्लो वर्ष ६२ वटा घटना भएको महासंघको तथ्यांक छ। तुलनात्मक विश्लेषण गर्दा यो वर्ष प्रेस स्वतन्त्रता हननका घटना बढिरहेको तथ्याङ्कहरूले देखाएको शर्माले जनाएकी छन्। 

त्यस्तै, एक वर्षमा भएका प्रेस स्वतन्त्रतता हननका घटनामा पत्रकारमाथि दुर्व्यवहार तथा धम्कीका ५१ वटा घटना छन्। त्यसैगरी पत्रकार तथा सञ्चार सामग्रीमाथिको आक्रमणका ३० वटा घटना रहेका छन्। पेशागत असुरक्षा १८ र कब्जा तथा अवरोधका २६ वटा घटना छन्। नीतिगत बन्देज तीन वटा, पत्रकार पक्राउ दुई जना र एक जना पत्रकारको शंकास्पद मृत्यु भएको अभिलेख रहेको महासंघले जनाएको छ। 

गत भदौको जेनजी आन्दोलनका क्रममा २६ वटा प्रेस स्वतन्त्रता हननका घटना हुँदा एक सयभन्दा धेरै पत्रकार तथा सञ्चारगृह प्रत्यक्ष प्रभावित भएका थिए। हिंसात्मक घटनामा सञ्चारगृहमा आगजनी, लुटपाट र तोडफोड भएको थियो।

जेनजी आन्दोलनमा संस्थागततर्फ करिव ६० करोड रुपैयाँ बराबरको क्षति भएको छ भने पत्रकार तथा सञ्चार उद्यमीको निजी सम्पत्तितर्फ करिब १८ करोड रुपैयाँ बराबरको क्षति भएको छ। पाँच जना पत्रकार गोली लागेर घाइते भएका थिए।

त्यस्तै, सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल, नेपाल टेलिभिजन, कान्तिपुर पब्लिकेशन, अन्नपूर्ण पोस्ट, थाहा खबर, बुटवलस्थित रेडियो जागरण, इलाममा नेपालवाणी एफएम र इलाम एक्सप्रेस, चितवनका विभिन्न सञ्चारगृह, सप्तरीमा महासंघ शाखा कार्यालयसहितका सञ्चारगृहमा आगजनी, तोडफोड तथा लुटपाट भएको महासंघले जनाएको छ। 

समग्रमा यो वर्ष प्रेस स्वतन्त्रता उल्लंघनका घटना वृद्धि हुनुका साथै कानुन र नीतिगत सुधारमा निष्क्रियता देखिएको महासंघले जनाएको छ। ‘पत्रकारविरुद्ध भएका अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको आर्थिक अवस्थामा गिरावट, पत्रकारको पेशागत र भौतिक सुरक्षामा जोखिम जस्ता कारणले प्रेस स्वतन्त्रता झनै चुनौतीपूर्ण बन्दै गएको महासंघको ठहर छ,’ अध्यक्ष शर्माले भनेकी छन्। 

नयाँ सरकारका क्रियाकलापले पनि ढुक्क हुने अवस्था नरहेको महासंघले जनाएको छ। ‘सञ्चार क्षेत्रको आर्थिक संकट समाधान, पत्रकार पलायन, निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन तथा सूचनामा लगाइएको रोक, सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचनाको प्रतिरक्षा गर्नु महासंघका सामु चुनौती छन्,’ महासंघले भनेको छ, ‘यो सरकारले पनि संविधानमा भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, जनताको मौलिक हकको प्रत्याभूति र लोकतान्त्रिक संस्कृतिको सरक्षण गर्छ भन्नेमा महासंघ सशंकित छ।’

अध्यक्ष शर्माले शुभकामना व्यक्त गर्दै प्रेस स्वतन्त्रता पेचिलो बन्दै गएको अहिलेको अवस्थमा मुलुकका विभिन्न पेशागत संगठन र नागरिक अगुवासँग अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि महासंघले ऐक्यवद्धताको अपेक्षा गरेको जनाएकी छन्।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

रवि लामिछाने गड्डाचौकी नाका हुँदै आज भारत प्रस्थान

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीर्थाटनका क्रममा कञ्चनपुरको गड्डाचौकी नाका हुँदै आज भारत प्रस्थान गर्नुभएको छ । सभापति लामिछानेले स्थलमार्ग हुँदै भारतको उत्तराखण्डको नैनीताल जिल्लाको प्रसिद्ध धार्मिकस्थल कैचीधाम (नीम करौली बाबा) को दर्शन गर्ने कार्यक्रम रहेको छ । तीन दिने तीर्थाटनका क्रममा उत्तराखण्डको कैचीधामका साथै गुवाहाटीमा रहेको कामाख्या मन्दिरमा पूजार्चना...

रत्ननगरमा संविधान सभा सदस्य शेषनाथ अधिकारीद्वारा आयोजित शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न

रत्ननगर, चितवन हरेक वर्ष बडादशैँको अवसरमा आयोजना हुँदै आएको परम्परागत भेटघाट तथा चियापान कार्यक्रम यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ। संविधान सभा सदस्य शेषनाथ अधिकारीको निज निवासमा (रत्ननगर नगरपालिका, टाँडी अस्पताल रोड) उक्त कार्यक्रम कार्तिक ६ गते (द्वादशीका दिन) दिउँसो २ बजे आयोजना गरिएको थियो। शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा स्थानीय बासिन्दा, नेता,...

सडक अवरोधको असर सौराहाको पर्यटनमा, दसैँमा पनि पर्यटकको आगमन अपेक्षाभन्दा कम

चितवन :  दसैँको बिदा र मुख्य पर्यटकीय सिजन सुरु भएसँगै चितवनका प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढे पनि अपेक्षाअनुसार पर्यटकको आगमन हुन सकेको छैन। बाढीपहिरो र सडक यातायातमा देखिएको अवरोधका कारण यसपटक दसैँमा समेत सौराहासहित चितवनका पर्यटकीय क्षेत्रमा पर्यटकको चाप कम देखिएको हो।मुलुकको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा स्वदेशी तथा विदेशी पर्यटकको आगमन अपेक्षाकृत कम हुँदा...

भारतीय विदेशमन्त्रीलाई अर्थमन्त्री वाग्लेकाे प्रश्न – ‘के हामी पेन्डुलमको अर्को छेउतिर गइरहेका छौँ ?’

काठमाण्डाै – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस जयशङ्करबीच बदलिँदो विश्व परिस्थितिमा अन्तर्राष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ । भारतीय टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गरेको ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ अन्तर्गत हिजाे बिहीवार आयोजित एक सत्रमा दुई नेताबीच विश्व व्यवस्थामा देखिएको परिवर्तन, बहुपक्षीय सहकार्यको भविष्य र क्षेत्रीय तथा उपक्षेत्रीय साझेदारीको आवश्यकताबारे...

मनास्लु लार्केपास, लाङटाङ र गोसाइँकुण्ड पदयात्रा खुला

काठमाण्डाै – मनास्लु लार्केपास, लाङटाङ र गोसाइँकुण्ड पदयात्रा खुला भएका छन् ।  ट्रेकिङ एजेन्सिज् एसाेसिएशन अफ नेपाल (टान) ले मनास्लु लार्केपास पदयात्रा खुला भएकाले सर्तकता अपनाउँदै यात्रा गर्न आग्रह गरेको छ । टानले सूचना निकालेर बूढीगण्डकीमा आएको बाढीका कारण क्षतिग्रस्त पहुँचमार्ग, पदमार्गका खण्ड, पुल तथा टी–हाउस लज धार्चे र गोरखाको चुमनुब्री गाउँपालिकाले संयुक्त रूपमा मर्मत...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०