"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

चितवनमा सुकुम्बासीमाथि दमन भएको भन्दै श्रम संस्कृति पार्टीद्वारा ज्ञापन पत्र बुझाइयो

Table of Content

चितवन — अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्बासीमाथि सरकारद्वारा गरिएको भनिएको दमनप्रति आपत्ति जनाउँदै श्रम संस्कृति पार्टीले जिल्ला प्रशासन कार्यालय चितवनमा ज्ञापन पत्र बुझाएको छ।

पार्टीले हालै सुकुम्बासी नागरिकमाथि गरिएको बल प्रयोग, घरटहरा भत्काउने कार्य र अमानवीय व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संविधानले प्रत्येक नागरिकलाई सम्मानजनक बसोबासको अधिकार सुनिश्चित गरेको अवस्थामा राज्य स्वयंले कमजोर तथा विपन्न वर्गमाथि दमन गर्नु अन्यायपूर्ण र अस्वीकार्य भएको पार्टीको भनाइ छ।

ज्ञापन पत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका अव्यवस्थित बासिन्दा तथा भूमिहीन नागरिकहरूको समस्या समाधान गर्नुको सट्टा बलपूर्वक हटाउने र आतंक सिर्जना गर्ने कार्य मानवअधिकारको ठाडो उल्लंघन भएको उल्लेख गरिएको छ। पार्टीले सुकुम्बासी समस्या केवल कानुनी वा प्रशासनिक विषय नभई सामाजिक न्याय, समानता र मानवीय गरिमासँग प्रत्यक्ष जोडिएको विषय भएको पनि स्पष्ट पारेको छ।

यसै सन्दर्भमा श्रम संस्कृति पार्टीले सरकारसँग चार बुँदे माग अघि सारेको छ। जसअनुसार सुकुम्बासीमाथि भएको दमन तत्काल बन्द गर्न, प्रभावितलाई वैकल्पिक बसोबासको सुनिश्चितता गर्न, निष्पक्ष छानबिन गरी व्यवस्थापन प्रक्रिया अघि बढाउन तथा दीर्घकालीन, न्यायोचित र व्यवहारिक नीति अवलम्बन गर्न माग गरिएको छ।

पार्टीले आफूहरू सधैं श्रमिक, गरिब, उत्पीडित तथा सीमान्तकृत समुदायको पक्षमा उभिँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता गतिविधिविरुद्ध सशक्त आवाज उठाउने प्रतिबद्धता जनाएको छ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

sunsari-merze-pic-1785117526

सुनसरीको कप्तानगञ्जमा झडप हुँदा एकजनाको ज्यान गयो, कर्फ्यु र निषेधाज्ञा जारी

काठमाण्डाै — सुनसरीको कप्तानगञ्जमा दुई पक्षबीच भएको विवाद र झडपका क्रममा एकजनाको जनाको ज्यान गएको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०