"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

चितवनमा सुकुम्बासीमाथि दमन भएको भन्दै श्रम संस्कृति पार्टीद्वारा ज्ञापन पत्र बुझाइयो

Table of Content

चितवन — अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्बासीमाथि सरकारद्वारा गरिएको भनिएको दमनप्रति आपत्ति जनाउँदै श्रम संस्कृति पार्टीले जिल्ला प्रशासन कार्यालय चितवनमा ज्ञापन पत्र बुझाएको छ।

पार्टीले हालै सुकुम्बासी नागरिकमाथि गरिएको बल प्रयोग, घरटहरा भत्काउने कार्य र अमानवीय व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संविधानले प्रत्येक नागरिकलाई सम्मानजनक बसोबासको अधिकार सुनिश्चित गरेको अवस्थामा राज्य स्वयंले कमजोर तथा विपन्न वर्गमाथि दमन गर्नु अन्यायपूर्ण र अस्वीकार्य भएको पार्टीको भनाइ छ।

ज्ञापन पत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका अव्यवस्थित बासिन्दा तथा भूमिहीन नागरिकहरूको समस्या समाधान गर्नुको सट्टा बलपूर्वक हटाउने र आतंक सिर्जना गर्ने कार्य मानवअधिकारको ठाडो उल्लंघन भएको उल्लेख गरिएको छ। पार्टीले सुकुम्बासी समस्या केवल कानुनी वा प्रशासनिक विषय नभई सामाजिक न्याय, समानता र मानवीय गरिमासँग प्रत्यक्ष जोडिएको विषय भएको पनि स्पष्ट पारेको छ।

यसै सन्दर्भमा श्रम संस्कृति पार्टीले सरकारसँग चार बुँदे माग अघि सारेको छ। जसअनुसार सुकुम्बासीमाथि भएको दमन तत्काल बन्द गर्न, प्रभावितलाई वैकल्पिक बसोबासको सुनिश्चितता गर्न, निष्पक्ष छानबिन गरी व्यवस्थापन प्रक्रिया अघि बढाउन तथा दीर्घकालीन, न्यायोचित र व्यवहारिक नीति अवलम्बन गर्न माग गरिएको छ।

पार्टीले आफूहरू सधैं श्रमिक, गरिब, उत्पीडित तथा सीमान्तकृत समुदायको पक्षमा उभिँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता गतिविधिविरुद्ध सशक्त आवाज उठाउने प्रतिबद्धता जनाएको छ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

चितवन दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा बगाले पुनः सर्वसम्मत

चितवन — चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको अध्यक्षमा किशोर बगाले पुनः सर्वसम्मत चयन भएका छन्। संघको नयाँ नेतृत्व चयनका क्रममा बगाले दोस्रो कार्यकालका लागि अध्यक्षमा दोहोरिएका हुन्। नयाँ कार्यसमितिको उपाध्यक्षमा रामेश्वरसिंह ओली, सचिवमा कल्याण अधिकारी र कोषाध्यक्षमा शिवप्रसाद पौडेल सर्वसम्मत निर्वाचित भएका छन्। निर्वाचन समितिका संयोजक वामदेव अधिकारीका अनुसार कार्यसमिति सदस्यमा युवराज थापा,...

राप्ती–४ को उतराखण्ड सडक स्तर उन्नति हुने । हाम्रो समाचारको औचित्य पूरा हुँदै

चितवन । राप्ती नगरपालिका–४ डडुवास्थित वडा कार्यालय चोकदेखि वडा नं. ४ र ५ जोड्ने भवानिपुर नयाँ पुलसम्मको सडक स्तरोन्नति गर्ने प्रक्रिया अघि बढेको छ। उक्त सडकको दुवैतर्फ नालासहित स्तरोन्नति गर्ने उद्देश्यले सर्वेक्षणको काम सुरु गरिएको हो। उक्त सडक लामो समयदेखि जीर्ण अवस्थामा रहँदा स्थानीयवासीले आवतजावतमा सास्ती खेप्दै आएका थिए। अब भने करिब १ हजार ५८०...

कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक, ७६ हजार परीक्षार्थी सहभागी हुने

काठमाडौँ,असोज २८- आगामी मंसिर १ गतेदेखि कोरियन भाषा परीक्षा सञ्चालन हुने भएको छ। ईपीएस कोरिया शाखाले सूचना जारी गरेर परीक्षा तालिका सार्वजनिक गरेको हो। यस पटक परीक्षामा दुईवटा नयाँ क्षेत्र थप गरिएका छन्। यसअघि उत्पादनमुलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रमा परीक्षा हुने गरेकोमा यसपटकदेखि सेवा क्षेत्र र वन क्षेत्र थप गरिएका हुन्। परीक्षा क्षेत्रअनुसार...

मकवानपुरमा मतदाता सूचीबाट ३ हजार ४७२ मतदाताको नाम हटाइयो

मकवानपुर । प्रदेश निर्वाचन कार्यालय हेटौँडाले मकवानपुरको मतदाता नामावलीबाट तीन हजार ४७२ जनाको नाम हटाएको छ । मृत्यु भएका, दोहोरो नाम दर्ता भएका तथा नेपाली नागरिकता परित्याग गरेका व्यक्तिको नाम मतदाता नामावलीबाट हटाइएको हो । प्रदेश निर्वाचन कार्यालय हेटौँडाका निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार नामावलीबाट हटाइएकामध्ये सबैभन्दा बढी एक हजार ९६४ जना मृत्यु भएका व्यक्ति...

प्रदेशसभा सदस्य वीरबहादुर थापाले मलाई राजीनामा पत्र बुझाउनु भएको छ : सभामुख भण्डारी

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभा सदस्य वीरबहादुर थापाले आफूलाई राजीनामा पत्र बुझाएको सभामुख भीमबहादुर भण्डारीले पुष्टि गरेका छन् । बुधबार रातोपाटीसँग कुराकानी गर्दै भण्डारीले आफूलाई थापाले राजीनामा पत्र बुझाएको पुष्टि गरे ।  ‘उहाँले हिजो राजीनामा पत्र बुझाउनु भएको छ । तर, स्वीकृति गरिएको छैन र के गर्ने भन्नेमा म परामर्शमा छु’, उनले रातोपाटीसँग भने । ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०