"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

राप्ती–१ मा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

Table of Content

वैशाख १८ गते, चितवन —

चितवनको राप्ती नगरपालिका वडा नं. १ स्थित सत्यश्वर महादेव शिवालय मन्दिर परिसरमा आयोजित निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। मन्दिर व्यवस्थापन समिति, सेन्ट जेभियर एकेडेमिक कन्सल्टेन्सी चितवनको संयुक्त आयोजना तथा वैकल्पिक आयुर्वेद चिकित्सालय रत्ननगरको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको थियो।


कार्यक्रम अन्तर्गत कुल ६१ जनाले रक्तदान गरेका छन्। जसमा महिला १५ जना र पुरुष ४६ जना रहेका छन्। रक्तदातामध्ये २४ जना नयाँ तथा ३७ जना पुराना (अनुभवी) रक्तदाता रहेको आयोजकले जनाएको छ। “रक्तदान महादान” भन्ने मूल नारालाई आत्मसात गर्दै स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता देखिएको थियो।


त्यसैगरी, स्वास्थ्य शिविरतर्फ २५० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। शिविरमा आएका बिरामीहरूलाई आवश्यक अनुसार निःशुल्क औषधि वितरण समेत गरिएको थियो। ग्यास्ट्रिक, जोर्नी दुखाइ, नसा सम्बन्धी समस्या, महिला स्वास्थ्य, प्रेसर तथा सुगर परीक्षण लगायत विभिन्न स्वास्थ्य सेवाहरू प्रदान गरिएको थियो।


कार्यक्रमले स्थानीय स्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै आपतकालीन अवस्थाका लागि रगत संकलनमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ। सहभागीहरूले यस्ता कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पार्ने बताएका छन्।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

2photo

१९ वर्षीया छोरी बलात्कार आरोप लागेका बाबु थुनामा

भरतपुर । १९ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोग लागेका बाबु पुर्पक्षका लागि थुनामा गएका छन्...
japan-old-people-1789539499

जापानमा १ लाखभन्दा धेरै मानिस १०० वर्ष वा त्योभन्दा धेरै उमेरका

जापानमा १०० वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसहरूको सङ्ख्या पहिलो पटक १ लाख नाघेको छ...
rajdut_MPkocZ5lUq

राजदूत नियुक्तिको टुङ्गो लगाउँदै सरकार: १३ देशका लागि गृहकार्य तीव्र

काठमाडौँ । सरकारले असोजको पहिलो सातासम्म राजदूत नियुक्तको प्रक्रिया टुंग्याउने भएको छ । २०८३ जेठ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०