"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सरकार सर्वोच्चको फैसलाउपर पुनरावलोकनमा जाने

Table of Content

काठमाडौं। भूमि आयोग खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय सर्वोच्च अदालतको क्षेत्राधिकारविपरीत भन्दै सरकार पुनरावलोकनमा गएको छ।
सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न सरकारले गठन गर्ने आयोगहरू राजनीतिक भर्तीकेन्द्र बनेको भन्दै सरकारले सर्वोच्च अदालतको फैसलाको पुनरावलोकन दर्ता गरेको हो । त्यसरी गठन गर्ने आयोगहरूले वास्तविक समस्या समाधान गर्नुको साटो राज्यको सम्पत्ति दोहन गरेको उल्लेख गर्दै सरकारले सर्वोच्च अदालतमा पुनरावलोकन गरेको थियो ।

२०८२ भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले २०८२ असोज २३ गते बसेको मन्त्रिपरिषद् बैठकमार्फत भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेज गर्ने निर्णय गरेको थियो । त्यस निर्णयविरुद्ध भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । सो रिटमा सुनवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले २०८२ मंसिर १५ गते भूमि आयोग खारेज गर्ने गरी भएको मन्त्रिपरिषद्को निर्णय बदर गरिदिएको थियो ।

सर्वोच्चले नेपालको संविधानको धारा ३७ (आवासको हक) र धारा ४० को उपधारा (५) र (६) ले भूमिहीन दलितलाई जमिन उपलब्ध गराउने र आवासविहीन दलितलाई बसोबासको व्यवस्था गर्ने कुरालाई मौलिक हकको रूपमा ग्यारेन्टी गरेकाले आयोग खारेज गर्दा यी संवैधानिक हकहरूको कार्यान्वयनमा प्रत्यक्ष बाधा पुग्ने ठहर गरेको थियो । त्यस्तै, अदालतले निश्चित कार्यअवधिको उल्लंघन भएको ठहर गर्दै सरकारको निर्णय बदर गरिदिएको थियो ।

भूमि आयोग ब्युँताउने सर्वोच्चको निर्णयले कार्यपालिकाको क्षेत्राधिकार मिचेको र भदौ २३ र २४ गते भएको जेन–जी विद्रोहको मर्मलाई उपेक्षा गरेको निवेदनमा उल्लेख गरिएको छ । नेपालको संविधानको धारा ७५ बमोजिम नेपालको कार्यकारिणी अधिकार संविधान र कानुनबमोजिम मन्त्रिपरिषद्मा निहीत हुनेछ भन्ने संवैधानिक व्यवस्था तथा कानुन व्याख्यासम्बन्धी ऐनसमेतको विपरीत भएको उक्त फैसला त्रुटिपूर्ण रही बदरभागी रहेको छ । सुशीला कार्की नेतृत्वको तत्कालीन सरकारको निर्णय वैध रहेको जिकिरसहित सरकारले गरेको छ ।

‘जेन–जी आन्दोलनको भावना र आवाज, शासकीय सुधारसम्बन्धी सुशासन मार्गचित्र, २०८२ र मिति २०८२ चैत्र १३ मा मन्त्रिपरिषद्बाट पारित शासकीय सुधारसम्बन्धी कार्यसूचीलाई कानुन र त्यसको कार्यान्वयनद्वारा व्यवहारमा उतार्न, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासका विषयमा मौलिक हकसम्बन्धी छुट्टै कानुनी व्यवस्था गरी कार्यान्वयनमा ल्याउन आवश्यक भएकाले सोअनुसार गर्न गराउन सरकार प्रतिबद्ध रहेकोे छ’ – पुनरावलोकनमा सरकारले दाबी गरेको छ ।

विगतका भूमि आयोगहरूले वास्तविक सुकुम्बासीको पहिचान गर्नुभन्दा पनि अव्यवस्थित बसोबासीका नाममा आफ्ना कार्यकर्तालाई सार्वजनिक जग्गा बाँड्ने माध्यम बनेको सरकारको ठम्याइ छ । ‘भूमिहीन दलित र सुकुम्बासीलाई आवासको हक सुनिश्चित गर्न छुट्टै मौलिक हकसम्बन्धी कानुनी व्यवस्था आवश्यक छ, तर पहुँचका भरमा सरकारी जग्गा अतिक्रमण गर्नेलाई वैधता दिनु सुशासनको मर्म विपरीत हुन्छ’ –निवेदनमा भनिएको छ ।

नेपालको संविधानको धारा ७५ बमोजिम नेपालको कार्याकारिणी अधिकार संविधान र कानुनबमोजिम मन्त्रिपरिषद्मा निहीत हुनेछ भन्ने संवैधानिक व्यवस्था तथा कानुन व्याख्यासम्बन्धी ऐन समेतको विपरीत भएको उक्त फैसला त्रुटिपूर्ण रही बदरभागी रहेको छ । सुशीला कार्की नेतृत्वको तत्कालीन सरकारको निर्णय वैध रहेको जिकिर सरकारले गरेको छ ।

सर्वोच्च आफैंबाट स्थापित नजिर र कानुनी सिद्धान्त प्रतिकूलको फैसला भएको दाबी पनि सरकारले गरेको छ । ‘सरकारले सर्वोच्चमा दर्ता गरेको निवेदनमा आयोग गठनको विधि निर्माण सूत्र नै त्रुटिपूर्ण रहेको दाबी गरिएको छ । नेपालका प्रचलित कानुनहरूको न्यायिक जानकारी हुँदाहुँदै पनि त्रुटिपूर्ण कानुनी आधारमा गठित आयोगलाई कार्य सम्पादन गर्न दिनु भनी भएको फैसला त्रुटिपूर्ण रही बदरभागी रहेको छ’ –सरकारले भनेको छ ।

वैधानिक कानुनी आधारविना गठन आदेश, उक्त गठन आदेशबमोजिम गठन भएको आयोग र जिल्ला समितिहरूले भए गरेका काम कारबाहीहरू समेत वृष वृक्षको फलसम्बन्धी सिद्धान्त अर्थात् आधार वा जरा नै गलत छ भने त्यसबाट प्राप्त हुने परिणाम हुने ठहर गर्दै फैसला त्रुटिपूर्ण र बदरभागी रहेको निष्कर्ष सरकारले निकालेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले ऐनद्वारा स्थापित निकायहरूको आधिकारिक र औपचारिक निर्णय बेगर सुकुम्बासी वा अव्यवस्थित बसोबासीको नाममा जग्गा वितरण गर्ने गराउने कार्य नगर्नु नगराउनु भन्दै गरेको व्याख्याको समेत प्रतिकूल फैसला भएको भन्दै बदर गर्न माग गरिएको छ । सरकारले सर्वोच्चको पछिल्लो भूमि आयोग जगाउने फैसला किन बदर हुनुपर्छ भनेर १४ वटा नजिर तथा सिद्धान्त समेत देखाएको छ ।

सरकारले नेपाल कानुन पत्रिका (नेकाप) २०५४, अङ्क १२, निर्णय नम्बर ६४७९ को नजिर पनि उल्लेख गरेको छ । जग्गा खिचोलासम्बन्धी उक्त मुद्दामा कुनै पनि जग्गा जमिनमा जबसम्म कुनै व्यक्ति विशेषको हक भोग छ भन्ने तथ्यको भरपर्दो प्रमाण पेस हुँदैन, तबसम्म कुनै पनि पर्ती जनिएको जग्गालाई सार्वजनिक ऐलानी जग्गा मान्नुपर्ने नजिर स्थापित भएको स्मरण पनि गराइएको छ ।

त्यसै गरी नेकाप २०७५, अंक १, निर्णय नं. १०६२५ को उत्प्रेषण परमादेश समेतको मुद्दामा स्थापित अर्को नजिर पनि उल्लेख गरिएको छ । ‘सरकारी, सार्वजनिक जग्गा सार्वजनिक नै रहन दिनुपर्छ भन्नेमा दुई मत हुन सक्दैन । सार्वजनिक जग्गा सार्वजनिक नै रहनुपर्छ र कुनै किसिमले पनि नदी किनारका र अन्य जग्गा अतिक्रमण गरिने कुरा स्वीकारयोग्य हुन नसक्ने’ नजिर स्थापित भएको सरकारको जिकिर छ ।

नेकाप २०७६, अंक १, निर्णय नं. १०१६९ को उत्प्रेषण परमादेश मुद्दामा स्थापित नजिरको आधार पनि पुनरावलोनमा देखाइएको छ । उक्त नजिरअनुसार नेपाल सरकारका नाममा दर्ता स्रेस्ता कायम रहेको सरकारी वा सार्वजनिक जग्गामा कुनै व्यक्तिले लामो समयसम्म भोगचलन गरेकै आधारमा व्यक्ति विशेषको नाममा नामसारी गर्न नमिल्ने निर्णय सर्वोच्चबाट भएको दाबीसमेत गरिएको छ ।

भूमि आयोगको केन्द्रीय कार्यालय र ७७ वटै जिल्लामा गरी साढे ३ सयभन्दा बढी पदाधिकारी तथा सदस्य एवं ११ सयभन्दा धेरै कर्मचारी कार्यरत छन् । पुनरावलोकनमा सुकुम्बासीका लागि भारत, बंगलादेश, श्रीलंका, थाइल्यान्ड, चीनले अपनाएको कानुनी मापदण्डको विषय उल्लेख छ । मुलुकमा आम निर्वाचन सम्पन्न भई प्राप्त जनादेशबाट गठन भएको सरकरको मन्त्रिपरिषद्बाट पारित शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीको प्राथमिकता, सुधारका योजना र सुशासनको मार्गचित्रलाई कार्यान्वयन गर्न सरकारले सुशासन, भ्रष्टाचार निवारण, विकास र आर्थिक समुन्नतिको मार्गमा अग्रसर रहेको जानकारीसमेत गराइएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

जङ्गली च्याउ खाँदा चितवनमा थप एक जनाको मृत्यु

चितवन, ३ जेठः जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । इच्छाकामना गाउँपालिका–१ कुलबाङगका दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार नमुनाको जेठ १ गते मृत्यु भएको हो भने सञ्जयको शनिबार...

‘डोजर आतंक बन्द गर’ भन्दै देशभरका सुकुम्वासी बुटवलमा, सरकारविरुद्ध प्रदर्शन

सार्वजनिक जग्गा संरक्षणको नाममा वैकल्पिक व्यवस्थाबिना सरकारले वर्षौंदेखि बसेको बस्तीमा डोजर चलाएर आतंक मच्चाएको भन्दै देशभरका अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्बासीले आइतबार बुटवलमा प्रदर्शन गरेका छन् ।  नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा भएको प्रदर्शनमा विभिन्न जिल्लाबाट हजारौँको सहभागिता रहेको नेपाल भूमिहीन सुकुम्बासी संघर्ष समिति, रूपन्देहीका संयोजक खगेन्द्र पौडेलले जानकारी दिए...

मुस्ताङको लोमान्थाङबाट ५९० कार्टुन भेपसहित तीन जना पक्राउ

मुस्ताङको लोमान्थाङबाट ५९० कार्टुन भेपसहित तीन जना पक्राउ काठमाण्डौ – मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ एक्लेभट्टीबाट ५९० कार्टुन चाईनिज इलेक्ट्रिक चुरोट (भेप) तथा अन्य विभिन्न सामान र कन्टेनरसहित तीन जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरूमा धादिङको धुनीबेशी नगरपालिका–१ का सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ का फुन्चुदोर्जे तामाङ र भोटेकोसी गाउँपालिका–३ का पासाङ शेर्पा रहेका सशस्त्र प्रहरी...

कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा

कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा काठमाण्डौ – कङ्गोको पूर्वी क्षेत्रमा नयाँ इबोला प्रकोपबाट ज्यान गुमाउनेको सङ्ख्या ८० जना पुगेको छ । कङ्गोको स्वास्थ्य मन्त्रालयले ८० जनाको ज्यान गएको जनाएको हो ।  स्वास्थ्यमन्त्री स्यामुएल रोजर कम्बाले विशेष प्रयोगशाला परीक्षणबाट इबोला भाइरसको आठ वटा प्रारम्भिक घटना पुष्टि गरेको बताउनुभयो...

मलेसिया जान तीन लाख माग्ने म्यानपावरमाथि स्टिङ अपरेशन, एजेन्ट पक्राउ

मलेसिया जान तीन लाख माग्ने म्यानपावरमाथि स्टिङ अपरेशन, एजेन्ट पक्राउ काठमाण्डौ – वैदेशिक रोजगारीका लागि मलेसिया जान लागेका सप्तरीका अजयकुमार यादवसँग तीन लाख रुपैयाँ माग्ने काठमाण्डौ कोटेश्वरको एक म्यानपावर कम्पनीमाथि प्रहरीले स्टिङ अपरेसन गरेर एजेन्टलाई पक्राउ गरेको छ ।  कोटेश्वरको ‘ग्रान्ड स्विट जब’ कम्पनीका कर्मचारीले तीन लाख रुपैयाँ नदिए उड्न दिन्न भनेपछि यादव गएको वैशाख...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०