"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको सुनिएपछि आकस्मिक उद्धार : गोली चलाउने पक्राउ

Table of Content

ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको सुनिएपछि आकस्मिक उद्धार : गोली चलाउने पक्राउ

काठमाण्डौ -अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको आवाज सुनिएपछि आकस्मिक उद्धार गरिएको छ । 

वासिङ्टन डीसीमा रहेको एक होटलमा कार्यक्रम भइरहेको थियो । डिनरका क्रममा गोली चलेको आवाज सुनिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुरक्षाकर्मीले आकस्मिक उद्धार गरेका हुन् । घटना हिल्टन होटलको बैंक्वेट हलमा भएको हो । 

घटना लगत्तै ट्रम्पसहित उहाँकी श्रीमती मेलानिया पनि सहभागी हुनुहुन्थ्यो । प्रथम महिला मेलानियालाई पनि सुरक्षित ठाउँमा लगिएको छ । बीबीसीका अनुसार ट्रम्पले गोली प्रहार गर्ने व्यक्ति पक्राउ परेको प्रतिक्रिया दिनुभएको छ । 

उनको परिचय खुलिसकेको छैन । प्रारम्भिक अनुमानअनुसार सातदेखि आठ गोली चलेको जस्तो देखिएको छ तर अनुसन्धान भइरहेको छ ।  थप के भयो भन्ने बारेमा कुनै आधिकारिक पुष्टि वा टिप्पणी गरिएको छैन ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०