"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

व्यवसायीलाई धरपकड गरेको भन्दै निजी क्षेत्र आबद्ध संघ-संगठनको गम्भीर ध्यानाकर्षण

Table of Content

काठमाण्डौ – उद्यमी व्यवसायीप्रति भइरहेको धरपकड र थुनछेकले निरुत्साहित भएको भन्दै निजी क्षेत्र आबद्ध संघ-संगठनहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले संयुक्त विज्ञप्ति निकालेर सरकारको ध्यानाकर्षण गराउनुभएको हो । 

नयाँ सरकार गठनपछि देशमा स्थिरता र लगानीको अनुकूल वातावरण बन्ने अपेक्षा गरेको बेला उद्यमी–व्यवसायीमाथि भइरहेका धरपकड र थुनछेकले निजी क्षेत्र निरुत्साहित भएको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पुर्‍याइरहेको निजी क्षेत्र त्रसित हुनुपर्ने अवस्था सिर्जना हुँदा यसले अर्थतन्त्र, रोजगारी, राजश्व र पूर्वाधार निर्माणमा समेत गम्भीर असर पर्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । 

उनीहरूले लाखौँ रोजगारी, आपूर्ति शृङ्खला, बैंकिंङ क्षेत्र र सम्पूर्ण प्रणालीमा यस्ता धरपकडले गम्भीर धक्का पुग्ने भन्दै अर्थतन्त्र सङ्कटमा पर्न नदिन सरकारसँग अनुरोध गरेका छन् । 

निजी क्षेत्र संरक्षण तथा प्रवर्धन रणनीति मन्त्रिपरिषद्बाट पारित भइसकेको बेला भइरहेका धरपकडले निजी क्षेत्रलाई थप सशङ्कित बनाएको भन्दै विज्ञप्तिमा सरकारले नेपालको संविधान प्रदत्त सम्मानपूर्वक बाँच्न पाउने अधिकार र कसुर प्रमाणित नभएसम्म कसूरदार नमानिने व्यवस्थाको स्मरण गराउँदै उक्त नीति प्रभावकारी रूपमा लागू गर्न आग्रह गरिएको छ । 

प्रहरीले हिजो व्यवसायी शेखर गोल्छालाई पक्राउ गरेपछि यो विज्ञप्ति आएको हो । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1789966111

पहिलो संस्करणको युरोपियन टी–२० प्रिमियर लिगको उपाधि एडिनबर्गलाई

काठमाण्डाै – पहिलो संस्करणको युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) को उपाधि एडिनबर्ग क्यासल रकर्सले जितेको...
1-1789954922 (1)

परराष्ट्रमन्त्री खनाल राष्ट्रसङ्घ महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाण्डाै – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...
buffalo-farming-1789960254

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेर मासिक एक लाख आम्दानी

काठमाण्डाै – वैदेशिक रोजगारीबाट फर्किएर गाईभैँसीपालन गर्दा के–कति आम्दानी होला ? भन्ने जिज्ञासा मनमा थियो...
Giorgia-Meloni-1789971972

इटालीले विद्यालयमा बुर्का प्रतिबन्ध लगाउने, विदेशी विद्यार्थीको सङ्ख्या सीमित गर्ने

इटालीले विद्यालयमा अनुहार छोप्ने कपडा (बुर्का) मा प्रतिबन्ध लगाउने र कक्षामा विदेशी विद्यार्थीको सङ्ख्या सीमित...
opmcm_FNGMsZz6C8

प्रधानमन्त्री राहत कोषमा झन्डै १५ अर्ब रुपैयाँ मौज्दात

काठमाण्डाै – प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम झन्डै १५ अर्ब रुपैयाँ पुगेको छ । प्रधानमन्त्री तथा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०