"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नयाँ ड्राइभिङ लाइसेन्समा किन राखिएन चिप ?

Table of Content

सकारले ट्रयाल पास भएको २४ घण्टाभित्र सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) वितरण गर्ने प्रणाली लागू गरेको छ । तर, अहिले प्रिन्ट भएर आएका लाइसेन्समा चिप छैन । सरकाले अहिले चिपको ठाउँमा क्यूआर कोड भएको लाइसेन्स विवरण गरेको छ ।

२४ घण्टाभित्रै लाइसेन्स वितरण गर्ने नाममा सरकारले चिपबिनाको लाइसेन्स वितरण गर्न थालेपछि त्यसको गुणस्तर र सरकारको नियतमाथि प्रश्न उठेको छ ।

आफ्नो चुनावी वाचा पूरा गर्न सरकारले बिनाचिपको गुणस्तरहीन लाइसेन्स बनाएको आरोप लागिरहेका बेला सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले यसबारे प्रस्ट पारेका छन् ।

‘विगतमा प्रयोग गरिएको प्रणालीमा रहेको ‘स्मार्ट चिप’को पूर्ण उपयोगका लागि कार्ड रिडर र अनलाइन–अफलाइन प्रमाणीकरण प्रणालीजस्ता आवश्यक राष्ट्रिय पूर्वाधार व्यवस्थित हुन नसक्दा चिपको व्यावहारिक उपयोगिता न्यून रहनुका साथै विदेशी विज्ञको सहयोगमा निर्भर हुनु पर्दा सिर्जित जोखिम न्यूनिकरण गर्न हाल उच्च सुरक्षासहितको कोड इन्क्रिप्टेड, लेयर्ड र कपी–प्रोटेक्टेड बौद्धिक क्यूआर प्रविधि अवलम्बन गरिएको छ’, मन्त्री तिमिल्सिनाले विज्ञप्तिमा भनेका छन् ।

क्यूआरसहितको लाइसेन्सले अफलाइन प्रमाणीकरणलाई संस्थागत गरी ट्राफिक प्रहरी वा अन्य नियामक निकायहरूले कुनै पनि स्थानमा इन्टरनेटको पहुँचबिना नै कार्ड स्क्यान गरी सवारीचालकको पहिचान र आधिकारिकता तत्कालै पुष्टि गर्न सक्षम हुने मन्त्री तिमिल्सिनाको दाबी छ ।

उनका अनुसार नयाँ लाइसेन्समा ३९ वटा भिन्न–भिन्न सुरक्षण विशेषताहरू समावेश गरिएका छन् । यसको पहिलो तहमा साधारण आँखाले देख्न सकिने मेटालिक सिल्भर इंक, मेसिनले पढ्न सक्ने जोन र फोटोसँग जोडिएका विशेष सुरक्षण ढाँचाहरू छन्, दोस्रो तहमा विशेष उपकरणको सहायताले मात्र देखिने अदृश्य यूभी मसी र इन्फ्रारेड–एब्जोर्प्सनजस्ता सुरक्षा प्रणाली राखिएका छन् । त्यस्तै, तेस्रो वा फोरेन्सिक तहमा भने प्रयोगशालामा मात्र परीक्षण गर्न सकिने उच्चतम सुरक्षा राखिएको ‘डिजिटल फिङ्गर प्रिन्ट’ र प्रोप्राइटरी रसायनिक हस्ताक्षरसमेत समावेश गरिएको छ । ‘एक कार्ड अर्को कार्डसँग पूर्णतः भिन्‍न हुने यी सवारी चालक अनुमतीपत्रहरू अहिलेसम्म जारी भएको सबैभन्दा सुरक्षित र अत्याधुनिक सवारीचालक अनुमतिपत्र भएको समेत जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।

साथै, सम्पूर्ण उत्पादन प्रक्रिया ‘इन्ड-टु-इन्ड अफलाइन’ ढाँचामा रहेको, तथ्यांक चुहावट हुने वा अनधिकृत व्यक्तिले विवरण प्राप्त गर्ने सम्भावना पूर्णतः नरहेको, क्यूआर कोडको भ्यालिडिटी कार्डको अवधिसम्म आजीवन सुनिश्चित रहेको, तुलनात्मक कम खर्चिलो प्रक्रियाबाट हालको प्रविधियुक्त छपाइ रहेकोले नेपाल सरकारको प्राथमितकताअनुसार नागरिकको व्यक्तिगत गोपनीयता र डेटा सुरक्षा गर्न सक्षम प्रणाली रहेको समेत दाबी गरिएको छ ।

नेपाललाई सुरक्षण मुद्रण दस्तावेज उत्पादनमा आत्मनिर्भर बनाउने दिशामा नेपाल सरकारको यस पहलकदमीले विदेशी मुद्राको बहिर्गमन रोक्ने, स्वदेशमै सुरक्षित रूपमा संवेदनशील कागजातहरू मुद्रण गर्न सक्ने क्षमता विकास भएको मन्त्रालयको दाबी छ । यसले भविष्यमा सरकारी संयन्त्रबाटै सवारीचालक अनुमतिपत्रका अलावा हुलाक टिकट, नागरिकता प्रमाणपत्र, अन्तः शुल्क स्टिकर, लालपुर्जा, भिसा स्टिकर र विश्वविद्यालयका प्रमाणपत्रहरूसमेत उत्पादन हुने सुनिश्चितता समेत बढेको दाबी गरिएको छ ।

यद्यपि, यसअघिका सरकारले पनि यसरी क्यूआर कोडसहितको लाइसेन्स बनाउनेबारे योजना प्रक्रिया अगाडि बढाएको पाइएको छ । यसप्रकारको लाइसेन्स बनाउनेबारे छलफल भए पनि गुणस्तरीयताको विषयमा दुविधा हुँदा काम सुरु हुन सकेको थिएन ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

आईपीयू महासभामा जलवायु विपद् सम्बन्धी नेपालको प्रस्ताव बहुमतले पारित

काठमाण्डौ – तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले पेश गरेको जलवायुजन्य विपद् न्यूनीकरणसम्बन्धी आपत्कालीन प्रस्ताव दुई–तिहाइभन्दा बढी मतले पारित भएको छ । सभामुख डोलप्रसाद (डीपी)अर्यालले प्रस्तुत गर्नुभएको ‘हिमालय क्षेत्र र अन्य जोखिमयुक्त क्षेत्रहरूमा जलवायुजन्य विपद् सम्बोधन र उत्थानशीलता अभिवृद्धि’ शीर्षकको प्रस्ताव महासभाले छलफलको मुख्य एजेण्डाका रूपमा स्वीकार गरेको हो । सभामुख...

मैले अरू कसैले नगरेकाे काम गरेकाे छु, नोबेल शान्ति पुरस्कार पाउनुपर्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य रहेको दाबी गर्दै आफूले दोस्रो कार्यकाल शुरू गरेयता ८ वटा युद्ध अन्त्य गराएको जिकिर गर्नुभएको छ । ओभल अफिसमा हिजो पत्रकारसँग कुरा गर्दै ट्रम्पले आफूले पुरस्कार पाए पनि/नपाए पनि शान्तिका लागि अरूभन्दा धेरै काम गरेको दाबी गर्नुभएकाे समाचार संस्था एएनआईले जनाएकाे छ...

चितवनको बधस्थल अस्तव्यस्त : ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका

चितवन,असोज २२- माडी नगरपालिकामा आगामी मङ्सिर १ गतेदेखि ‘मासु जाँच ऐन २०५५’ पूर्ण रूपमा लागू गरिने भएको छ । नगरपालिकाले सरोकारवालासँग छलफल गरी मासु जाँच ऐन २०५५ कार्यान्वयन गर्ने मिति तय गरेको हो । नगरपालिकाले नगरभित्रका बधस्थलको नक्साङ्कन गर्ने र तोकिएको मापदण्ड पुगेका बधस्थललाई अनिवार्य दर्ता भई व्यवसाय सञ्चालन गर्नुपर्ने जनाएको छ । स्वच्छ, स्वस्थ...

चितवनको इच्छाकामना अस्पताल नयाँ भवनमा सर्‍यो, १५ शय्याबाट सेवा सञ्चालन

चितवन,असोज २२ – इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको छ । इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार सङ्घीय सरकारको रु १४ करोड ५० लाख लागतमा निर्मित भवनमा १५ शय्या छ । यसअघि गाउँपालिका कार्यालय परिसरमा रहेको पुरानो भवनबाट अस्पताल सञ्चालन हुँदै आएको थियो । यस अस्पतालमा पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डमा...

राप्ती नगरपालिकाद्वारा भोटेकोसी बाढीपीडितलाई १० लाख रुपैयाँको ब्ल्याङ्केट सहयोग, १३ लाख रुपैया बराबर राहत कोषमा जम्मा

काठमाडौ । चितवनको राप्ती नगरपालिकाले भोटेकोसी बाढीबाट प्रभावित तथा विस्थापित परिवारलाई लक्षित गर्दै जाडोका लागि न्यानो कपडा सहयोग गरेको छ। नगरपालिकाले रसुवाको गोसाइँकुण्ड गाउँपालिकालाइ करिब १० लाख रुपैयाँ बराबरका ५०१ थान ब्ल्याङ्केट उपलब्ध गराएको हो। बाढीपछि प्रभावित क्षेत्रमा जाडो बढ्दै गएसँगै पीडित परिवारलाई राहत पुग्ने उद्देश्यले नगरपालिकाले ब्ल्याङ्केट उपलब्ध गराएको जनाएको छ। यसअघि पनि राप्ती...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०