"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नयाँ ड्राइभिङ लाइसेन्समा किन राखिएन चिप ?

Table of Content

सकारले ट्रयाल पास भएको २४ घण्टाभित्र सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) वितरण गर्ने प्रणाली लागू गरेको छ । तर, अहिले प्रिन्ट भएर आएका लाइसेन्समा चिप छैन । सरकाले अहिले चिपको ठाउँमा क्यूआर कोड भएको लाइसेन्स विवरण गरेको छ ।

२४ घण्टाभित्रै लाइसेन्स वितरण गर्ने नाममा सरकारले चिपबिनाको लाइसेन्स वितरण गर्न थालेपछि त्यसको गुणस्तर र सरकारको नियतमाथि प्रश्न उठेको छ ।

आफ्नो चुनावी वाचा पूरा गर्न सरकारले बिनाचिपको गुणस्तरहीन लाइसेन्स बनाएको आरोप लागिरहेका बेला सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले यसबारे प्रस्ट पारेका छन् ।

‘विगतमा प्रयोग गरिएको प्रणालीमा रहेको ‘स्मार्ट चिप’को पूर्ण उपयोगका लागि कार्ड रिडर र अनलाइन–अफलाइन प्रमाणीकरण प्रणालीजस्ता आवश्यक राष्ट्रिय पूर्वाधार व्यवस्थित हुन नसक्दा चिपको व्यावहारिक उपयोगिता न्यून रहनुका साथै विदेशी विज्ञको सहयोगमा निर्भर हुनु पर्दा सिर्जित जोखिम न्यूनिकरण गर्न हाल उच्च सुरक्षासहितको कोड इन्क्रिप्टेड, लेयर्ड र कपी–प्रोटेक्टेड बौद्धिक क्यूआर प्रविधि अवलम्बन गरिएको छ’, मन्त्री तिमिल्सिनाले विज्ञप्तिमा भनेका छन् ।

क्यूआरसहितको लाइसेन्सले अफलाइन प्रमाणीकरणलाई संस्थागत गरी ट्राफिक प्रहरी वा अन्य नियामक निकायहरूले कुनै पनि स्थानमा इन्टरनेटको पहुँचबिना नै कार्ड स्क्यान गरी सवारीचालकको पहिचान र आधिकारिकता तत्कालै पुष्टि गर्न सक्षम हुने मन्त्री तिमिल्सिनाको दाबी छ ।

उनका अनुसार नयाँ लाइसेन्समा ३९ वटा भिन्न–भिन्न सुरक्षण विशेषताहरू समावेश गरिएका छन् । यसको पहिलो तहमा साधारण आँखाले देख्न सकिने मेटालिक सिल्भर इंक, मेसिनले पढ्न सक्ने जोन र फोटोसँग जोडिएका विशेष सुरक्षण ढाँचाहरू छन्, दोस्रो तहमा विशेष उपकरणको सहायताले मात्र देखिने अदृश्य यूभी मसी र इन्फ्रारेड–एब्जोर्प्सनजस्ता सुरक्षा प्रणाली राखिएका छन् । त्यस्तै, तेस्रो वा फोरेन्सिक तहमा भने प्रयोगशालामा मात्र परीक्षण गर्न सकिने उच्चतम सुरक्षा राखिएको ‘डिजिटल फिङ्गर प्रिन्ट’ र प्रोप्राइटरी रसायनिक हस्ताक्षरसमेत समावेश गरिएको छ । ‘एक कार्ड अर्को कार्डसँग पूर्णतः भिन्‍न हुने यी सवारी चालक अनुमतीपत्रहरू अहिलेसम्म जारी भएको सबैभन्दा सुरक्षित र अत्याधुनिक सवारीचालक अनुमतिपत्र भएको समेत जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।

साथै, सम्पूर्ण उत्पादन प्रक्रिया ‘इन्ड-टु-इन्ड अफलाइन’ ढाँचामा रहेको, तथ्यांक चुहावट हुने वा अनधिकृत व्यक्तिले विवरण प्राप्त गर्ने सम्भावना पूर्णतः नरहेको, क्यूआर कोडको भ्यालिडिटी कार्डको अवधिसम्म आजीवन सुनिश्चित रहेको, तुलनात्मक कम खर्चिलो प्रक्रियाबाट हालको प्रविधियुक्त छपाइ रहेकोले नेपाल सरकारको प्राथमितकताअनुसार नागरिकको व्यक्तिगत गोपनीयता र डेटा सुरक्षा गर्न सक्षम प्रणाली रहेको समेत दाबी गरिएको छ ।

नेपाललाई सुरक्षण मुद्रण दस्तावेज उत्पादनमा आत्मनिर्भर बनाउने दिशामा नेपाल सरकारको यस पहलकदमीले विदेशी मुद्राको बहिर्गमन रोक्ने, स्वदेशमै सुरक्षित रूपमा संवेदनशील कागजातहरू मुद्रण गर्न सक्ने क्षमता विकास भएको मन्त्रालयको दाबी छ । यसले भविष्यमा सरकारी संयन्त्रबाटै सवारीचालक अनुमतिपत्रका अलावा हुलाक टिकट, नागरिकता प्रमाणपत्र, अन्तः शुल्क स्टिकर, लालपुर्जा, भिसा स्टिकर र विश्वविद्यालयका प्रमाणपत्रहरूसमेत उत्पादन हुने सुनिश्चितता समेत बढेको दाबी गरिएको छ ।

यद्यपि, यसअघिका सरकारले पनि यसरी क्यूआर कोडसहितको लाइसेन्स बनाउनेबारे योजना प्रक्रिया अगाडि बढाएको पाइएको छ । यसप्रकारको लाइसेन्स बनाउनेबारे छलफल भए पनि गुणस्तरीयताको विषयमा दुविधा हुँदा काम सुरु हुन सकेको थिएन ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

सुरुङ खनेर ८ जना कैदीबन्दी फरार : घटनाको छानबिन गर्न समिति गठन

काठमाण्डाै – डोल्पाको सदरमुकाम दुनैमा रहेको कारागारबाट सुरुङ खनेर ८ जना कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न प्रहरीले तीन सदस्यीय समिति गठन गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाले प्रहरी निरीक्षक विनय सिंहको नेतृत्वमा समिति गठन गर्दै फरार भएका कैदीबन्दीहरूको व्यापक खोजी कार्य तीव्र पारिएको जनाएको छ । उनीहरू शुक्रवार राति कारागारभित्रबाट सुरुङ खनेर फरार भएका थिए ।...

यू–१९ एशिया कप : विपिन शर्माकाे कप्तानीमा नेपाली टाेली घाेषणा

काठमाण्डाै – आउँदो बिहीवार कात्तिक १९ गतेदेखि ओमानमा शुरू हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । १९ वर्षमुनिको एशिया कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा नेपालसँगै भारत, पाकिस्तान र...

वाणिज्य बैंकको नाफा १९ अर्ब ११ करोड नाघ्यो

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा नेपालका वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड रुपैयाँभन्दा धेरै खुद नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्ममा धेरैजसो बैंकहरूको नाफामा सुधार आएको छ । केही बैंकको नाफामा सामान्य गिरावट देखिएको छ । बैंकहरूको नाफा गएकाे आर्थिक वर्षको...

भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म

काठमाडौं । भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गरेको हो । यसअघि नै नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाबाहेकका निकायमा कार्यालय समय बिहान...

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक बन्यो, पसलहरुमा लुटपाट

जर्मनीमा बढ्दो महँगी र सरकारी खर्च कटौतीको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेको छ । देशका विभिन्न शहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । कतिपय पसलहरूमा लुटपाट पनि भएको बीबीसीले जनाएको छ । जर्मनीको वित्तीय केन्द्र फ्र्याङ्कफर्टसहित बर्लिन, कोलोन र ह्याम्बर्गमा प्रदर्शनका क्रममा हिंसात्मक घटना भएका खबरमा उल्लेख छ । प्रदर्शनकारीले प्रहरी तथा उद्धारकर्मीमाथि आतसबाजी,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०