"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

राप्तीमा चैत १४ गते देखि भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

Table of Content

राप्ती,चैत १२- पुर्वी चितवनको राप्तीस्थित शिखर सामुदायिक वन उपभोक्ता समूह र रियल गोर्खा युवा क्लबको संयुक्त आयोजनामा जिल्ला स्तरीय खुल्ला नकआउट भलिबल प्रतियोगिता तथा प्रथम चैते दशैं मेला एवं वृहत् सांस्कृतिक कार्यक्रम संचालन हुने भएको छ। चैत दशैंको अवसर पारेर यहि चैत १४ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रमबारे आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो। सो कार्यक्रम राप्ती–५, शिखरबस्तीस्थित नागदह खेल मैदानमा सञ्चालन हुनेछ। उक्त कार्यक्रममार्फत राप्ती क्षेत्रको खेलकुद, कला र संस्कृतिको समुचित समायोजन गर्दै युवालाई सकारात्मक गतिविधितर्फ उन्मुख गराउने लक्ष्य राखिएको छ। आयोजकका अनुसार युवाशक्तिलाई खेलकुदमार्फत अनुशासित र सक्रिय बनाउनुका साथै स्थानीय कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। साथै सामुदायिक वन संरक्षण, दिगो व्यवस्थापन तथा वातावरणीय सचेतनासम्बन्धी सन्देश प्रवाह गर्ने लक्ष्य समेत लिइएको छ। भलिबल प्रतियोगिता जिल्ला स्तरीय नकआउट प्रणालीमा सञ्चालन गरिनेछ। प्रतियोगितामा जिल्लाभित्रका विभिन्न टिमहरूको सहभागिता रहने खेल संयोजक तथा रियल गोर्खे युथ क्लबका सल्लाहकार अविनाश पुन मगरले जानकारी दिनुभयो। प्रतियोगितामा राप्ती–५ र राप्ती–९ का भेट्रान टोलीहरूको समेत सहभागिता रहनेछ भने प्रत्येक टिमले बाहिरी जिल्लाबाट बढीमा तीन जना खेलाडी समावेश गर्न पाउने व्यवस्था गरिएको छ। प्रतियोगितामा प्रथम पुरस्कार ८० हजार रुपैयाँ, द्वितीय पुरस्कार ४० हजार रुपैयाँ र तृतीय पुरस्कार २० हजार रुपैयाँ निर्धारण गरिएको छ। सहभागी हुन चाहने टिमका लागि दर्ता शुल्क ४ हजार रुपैयाँ तोकिएको छ। साथै कार्यक्रममा पन्जा लडाई खेल पनि समावेश गरिने संयोजक सूर्य मोक्तानले जानकारी दिनुभयो। यसैबीच, प्रथम चैते दशैं मेलाको अवसर पारेर स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सहभागितामा वृहत् सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गरिनेछ। कार्यक्रममा नृत्य, गीत, झाँकी लगायतका विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिने कार्यक्रम संयोजक तथा क्लबका अध्यक्ष समीप तामाङले जानकारी दिनुभयो। उहाँले कार्यक्रममार्फत स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने, सामुदायिक एकता सुदृढ बनाउने तथा स्वच्छ र हरित वातावरण निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमलाई व्यवस्थित, सुरक्षित र सफल बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको शिखर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सन्देश घलानले जानकारी दिनुभयो। उहाँका अनुसार सञ्चारकर्मी, सुरक्षाकर्मी, स्थानीय तह तथा सरोकारवाला निकायसँग आवश्यक समन्वय भइरहेको छ। पाँच दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा करिब ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने करिब ४० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। पत्रकार सम्मेलनमा रियल गोर्खे युथ क्लबका सचिव विशाल लो, सूर्य मोक्तान तथा शिखर सामुदायिक वन उपभोक्ता समूहकी कोषाध्यक्ष शान्ति कुँवर लगायतको उपस्थिति रहेको थियो।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

gas-5-1770802086

‘आवश्यकताभन्दा बढी ग्यास जगेडा नगर्नुहोस्’

चितवन : नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न आग्रह गरेको छ। सङ्घका...
Naagdhunga-Tunnel-_-58-1-scaled (1)

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौँ, साउन ११ – नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप पाएको छ ।...
Screenshot 2026-07-27 111704

भारतमा डेंगु खोप स्वीकृत, नेपालमा कहिले ?

पछिल्लो केही वर्गयता नेपालमा अधिकांश डेंगु संक्रमितले आफ्नो स्वास्थको खासै ख्याल गरेको पाइँदैन । नेपालमा...
Bhajan_yuba

सामाजिक सञ्जालदेखि मन्दिरसम्म : एमआरआरले जोड्यो हजारौँ युवा

भरतपुर । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका बुबाआमाको समूह, मन्दिरको शान्त वातावरण...
Untitled-design-1

उद्योग वाणिज्य संघ (नवलपरासी बर्दघाट सुस्ता पूर्व) को नयाँ नेतृत्व सर्वसम्मत चयन, अध्यक्षमा छविलाल कँडेल

गैंडाकोट । जिल्ला उद्योग वाणिज्य संघ (नवलपरासी बर्दघाट सुस्ता पूर्व) गैंडाकोटको चौथो अधिवेशनबाट नयाँ कार्यसमिति...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०