"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सौराहामा चैत १२, १३ र १४ गते फुड फेस्टिबल हुने

Table of Content

रत्ननगर । सौराहा फुड फेस्टिबलको २०औं संस्करण यही चैत १२, १३ र १४ गते तीन दिनका लागि आयोजना गरिएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसियसन(रेवान) सौराहाले फेस्टिबलको स्वरुप परिर्वत गरी सौराहाको मुख्य बजारमा फेस्टिबल गर्न लागेको हो । सौराहाको गैंडाचोक देखि पूर्व तर्फ छत्री स्टेट सम्म फेस्टिबल गर्न लागिएको हो । आयोजक रेवान सौराहाले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी फेस्टिबलको उद्देश्य र तयारीका बारेमा जानकारी दिएको हो । निर्वाचनको आचारसंहिताका कारण रोकिएको फुड फेस्टिबल स्वरुप परिर्वतन गरी चैते दसैको अबसरमा आयोजना गरिएको जनाएको कार्यक्रम संयोजक कृष्णप्रसाद खतिवडाले बताए । प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता भन्ने नारालाई आत्मसाथ गर्दै खाना, संगित र संस्कृतिलाई अबधारण अनुसार फेस्टिबल आयोजना गरिएको उनले बताए । निर्वाचनको समयावधिमा सुरक्षा, सहभागिता तथा व्यवस्थापनमा सम्भावित असरलाई विचार गरी कार्यक्रमलाई पुनः सञ्चालन गर्ने नयाँ मिति तय गरिएको भन्दै रेवान सौराहाका अध्यक्ष शम्भूप्रसाद मालीले सौराहा सहित चितवनको पर्यटन विकासमा फेस्टिबल कोसेढुंगा सावित हुने बताए । सौराहाको पर्यटनलाई विगतकै अवस्थामा फर्काउनका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने गरी फेस्टिबलको तयारी गरिएको कार्यक्रम सहसंयोजक पुरुषोत्तम लामिछानेले बताए । सौराहा आएका पर्यटकलाई गीत संगितमा रमाउदै सडकमै खानाका परिकार उपलब्ध गराउने योजना रहेको उनले बताए । समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवद्र्धन गर्ने, स्थानीय कलासंस्कृति भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने उद्देश्य रहेको रेवानका महासचिव नविन नेपालले बताए । फेस्टिबल अन्तर्गत बहुल जातजातीहरुको झाँकी प्रस्तुती, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुती, स्थानीय जनजातीका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर वेटरेस बीच प्रतियोगिता समाबेश गरिएको छ । फेस्टिबल सम्पन्न गर्न ६० लाख खर्च लाग्ने र एक करोडको कारोबार हुने अनुमान गरिएको छ । रत्ननगर नगरपालिका संरक्षक रहेको फेस्टिबलको सह–आयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ नेपाल, चितवन, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था लि. रहेका छन् । पत्रकार सम्मेलनमा बोल्दै रेवान सौराहाका पूर्वअध्यक्ष राजन भट्टले फेस्टिबलको निरन्तरताको लागि यस बर्ष सडक फुड फेस्टिबल गर्न लागिएको बताए । स्वदेशी तथा विदेशी पर्यटक सडकमै रमाउने गरी तयारी गरिएको उनको भनाई छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

सौराहामा चैत १२, १३ र १४ गते फुड फेस्टिबल हुने

रत्ननगर । सौराहा फुड फेस्टिबलको २०औं संस्करण यही चैत १२, १३ र १४ गते तीन दिनका लागि आयोजना गरिएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसियसन(रेवान) सौराहाले फेस्टिबलको स्वरुप परिर्वत गरी सौराहाको मुख्य बजारमा फेस्टिबल गर्न लागेको हो । सौराहाको गैंडाचोक देखि पूर्व तर्फ छत्री स्टेट सम्म फेस्टिबल गर्न लागिएको हो । आयोजक रेवान सौराहाले मंगलबार...

सांसदहरूले पहिचान झल्किने पोशाक लगाएर मातृभाषामा शपथ लिन पाउने

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ यही १२ चैतमा गराउने तयारी भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूमध्ये ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिन्छन् । त्यसपछि उनै ज्येष्ठ सदस्यले बाँकी सदस्यहरूलाई शपथ खुवाउँछन् । शपथ सम्बन्धी ऐन २०७९ शपथमा सांसदहरूले शपथमा पहिचान झल्किने पोशाक लगाउन र मातृभाषामा शपथ लिन पाउनेछन् । शपथसम्बन्धी ऐनको दफा ४ मा औपचारिक...

राप्ती एकताले बाड्यो ३० वटा चुल्हो

पुर्ण बहादुर मगरचैत्र ३ / भण्डाराराप्ती नगरपालिका वडा नं ६ अन्र्तगत रहेका ३० घरपरिवारलाई विजुलीबाट चल्ने चुलहो वितरण गरिएको छ । मंगलवार चितवन राष्ट्रिय निकुञ्ज खगेन्द्रमल्ली उपभोत्त,ा समुह अन्तृगतको राप्ती एकता मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहले आफ्नो १३ औँ बार्षिक साधरण सभामा विजुलीबाट बल्ने चुल्हो वितरण गरेको हो । कार्यक्रम राप्ती नगरपालिका नगर प्रमुख शमशेर...

राप्ती नगरपालिका का मेयर लामाको कविता चर्चामा, पुराना शक्तिलाई सुध्रन संकेत

चितवनको राप्ती नगरपालिका का मेयर शमशेर लामा ले नयाँ राजनीतिक दलहरूको उदयसँगै पुराना दलहरूले पनि आफूलाई सुधार गर्नुपर्ने सन्देश दिएका छन्। बुधवार साँझ आफ्नो सामाजिक सञ्जालमार्फत कविता सार्वजनिक गर्दै मेयर लामाले राजनीतिक परिवर्तनको संकेत देखिएको उल्लेख गरेका हुन्। उनले जनताले अब पुराना वाचा र शैलीप्रति विश्वास घटाउँदै नयाँ विकल्पतर्फ हेर्न थालेको संकेत गर्दै कविता लेखेका...

बलात्कारपछि हुने हत्या र व्यापक यौन शिक्षा आवश्यकताको सवाल

हालसालै देशमा देखिएका बलात्कारपछि हुने हत्या जस्ता हृदयविदारक घटनाहरूले सम्पूर्ण समाजलाई स्तब्ध बनाएका छन्। यस्ता घटनाले केवल पीडित परिवारलाई मात्र होइन, सम्पूर्ण समाजलाई नै गहिरो पीडा र चिन्तामा पार्ने गर्छ। यस्तो अवस्थामा हामीले केवल दोषीलाई दण्ड दिने कुरा मात्र होइन, यस्ता घटनाहरू किन दोहोरिन्छन् भन्ने मूल कारणबारे पनि गम्भीर रूपमा सोच्न आवश्यक छ। मलाई लाग्छ,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०