"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

श्री शिखर सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व,अध्यक्षमा सन्देश घलान सर्वसम्मत चयन

Table of Content

राप्ती,माघ ८- पुर्वी चितवनको राप्ती-५,भण्डारास्थित श्री शिखर सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयन भएको छ । बुधबार भएको सो वन समूहको २०औं वार्षिक साधारणसभाले सन्देश घलानको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । सो समितिका अन्य पदाधिकारी भने यथावत रहने भएका छन। जस अन्तर्गत,हाल सो वन समुहको उपाध्यक्षमा आइतिमाया तामाङ,कोषाध्यक्षमा शान्ति कुँवर थापा,सह- सचीवमा अमृत गौतम रहेका छन । त्यसैगरी,सदस्यहरुमा  भगवती तामाङ,पार्बती पान्डे, बिनिता बिक,सम्झना घलान,संगिता बिक,रबिन्द्र खड्का,राजकुमार चौधरी,तेज प्रसाद रुवाली र भाईकाजी थापा रहेका छन भने सचिव पद रिक्त रहेको छ। निवर्तमान अध्यक्ष नरेन्द्र रुवालि लामो समयका लागी वैदेशिक भ्रमणमा जाने कार्यक्रम तय भएको हुँदा ५ वर्षे कार्यकालमा अझै २ वर्ष बाँकी रहेको समयमा पद बाट राजिनामा दिएकाले संस्थाका सचिव घलानलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरिएको हो। नवनिर्वाचित अध्यक्ष घलान राप्ती नगरका उदयमान युवा नेताका रूपमा परिचित छन्। उनी विभिन्न सामाजिक संघ–संस्थामा आबद्ध हुँदै सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन । वि.सं २०५२ सालबाट सेवा प्रवाह सुरु गरेको यस वन २९७.७२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सो वन समुहमा हाल ९२० घर धुरी उपभोक्ता संख्या रहेको नवनिर्वाचित अध्यक्ष घलानले जानकारी दिए । नेतृत्व परिवर्तनसँगै समूहको आगामी कार्ययोजना, वन संरक्षण, उपभोक्ता हित तथा सामुदायिक विकासबारे समेत विस्तृत छलफल भएको उनले बताए। राप्ती-५ का वडा अध्यक्ष सिताराम बल प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा निवर्तमान अध्यक्ष नरेन्द्र रुवालिको अध्यक्षता रहेको थियो। त्यस्तै,सो कार्यक्रममा स्थानीय संघ सस्थाका प्रतिनिधिहरु, समुहका उपभोक्ताहरु लगायतको उल्लेख्य सहभागिता रहेको थियो।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

पशुचौपायामा हुने महामारीजन्य रोग नियन्त्रण गर्न पूर्ण खोप अभियान प्रभावकारी

काठमाण्डौ – पशुचौपायामा महामारीजन्य रोगको सङ्क्रमण र जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालित पशुमा पूर्ण खोप कार्यक्रम कास्कीमा प्रभावकारी देखिएको छ । विशेषगरी पशुजन्य रोगको रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले २०७६ सालदेखि जिल्लामा पशुमा पूर्ण खोप कार्यक्रम कार्यान्वयन गरिरहेको छ । जिल्लामा अघिल्लो आर्थिक वर्ष २०८२/८३ मा पशुमा दुई लाख १२ हजारभन्दा धेरै...

हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

रामेछाप,कात्तिक ८- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपालको पहिलो समस्या नै रोजगारीको समस्या भएको बताएका छन् । रामेछापको उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रीतिमा आयोजित पार्टी गाउँपालिका कमिटी पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले रोजगारीको समस्या समाधान गर्ने रोडम्याप उज्यालो नेपालले बनाएका बताए । ‘हरित क्रान्ति गरेर यो देशलाई समृद्ध बनाउँछौँ भनेर हामी लागेका छौँ, यसले गर्दा...

दशैँपछि पहिलो कारोबार दिन सुनकाे भाउ ११ हजार ७ सय रुपैयाँले घट्यो

काठामाण्डौ – दशैँपछि पहिलो कारोबार दिन आज सुनको भाउ तोलामा ११ हजार ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको भाउ समायोजनसहित आज आइतबार घटेको सूची सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ निरन्तर घटेसँगै नेपाली बजारमा पनि दशैँका बेला भाउ घटेको महासंघले जनाएको छ । यसअघि गएको सोमबार सुन तोलाको २...

दशैँ मनाएर काठमाण्डौ फर्कनेको संख्या बढेसँगै मुख्य नाकामा चाप

काठमाण्डौ – दशैँ मनाउन गाउँघर गएकाहरु काठमाण्डौ फर्कनेक्रम बढेको छ । विजयादशमीको भोलिपल्टदेखि नै फर्कनेहरुको चाप बढ्न थालेको हो । सरकारी कार्यालय भोलिदेखि खुल्ने भएकाले दशैँ मनाउन गाउँघर गएका धेरैजना आजसम्म फर्किसक्नेछन् । गएको ३१ गते शनिवारयता दशैँ बिदा रहेकोमा भोलिदेखि सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थासहित धेरैजसो कार्यालय खुल्नेछन् । सार्वजनिक बिदा आज सकिने...

रसुवाको स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

काठमाण्डौ – रसुवाको स्याफ्रुबेँसीमा गाडी आवतजावत गर्नसक्ने गरी ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा अघि बढेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय प्रशासनको समन्वयमा बेलिब्रिज निर्माण कार्यलाई गति दिइएको हो । प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे, प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती नेतृत्वको टोलीले स्याफ्रुबेँसी क्षेत्रमा भइरहेका विभिन्न निर्माण गतिविधिको हिजो स्थलगत...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०