"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

श्री शिखर सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व,अध्यक्षमा सन्देश घलान सर्वसम्मत चयन

Table of Content

राप्ती,माघ ८- पुर्वी चितवनको राप्ती-५,भण्डारास्थित श्री शिखर सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयन भएको छ । बुधबार भएको सो वन समूहको २०औं वार्षिक साधारणसभाले सन्देश घलानको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । सो समितिका अन्य पदाधिकारी भने यथावत रहने भएका छन। जस अन्तर्गत,हाल सो वन समुहको उपाध्यक्षमा आइतिमाया तामाङ,कोषाध्यक्षमा शान्ति कुँवर थापा,सह- सचीवमा अमृत गौतम रहेका छन । त्यसैगरी,सदस्यहरुमा  भगवती तामाङ,पार्बती पान्डे, बिनिता बिक,सम्झना घलान,संगिता बिक,रबिन्द्र खड्का,राजकुमार चौधरी,तेज प्रसाद रुवाली र भाईकाजी थापा रहेका छन भने सचिव पद रिक्त रहेको छ। निवर्तमान अध्यक्ष नरेन्द्र रुवालि लामो समयका लागी वैदेशिक भ्रमणमा जाने कार्यक्रम तय भएको हुँदा ५ वर्षे कार्यकालमा अझै २ वर्ष बाँकी रहेको समयमा पद बाट राजिनामा दिएकाले संस्थाका सचिव घलानलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरिएको हो। नवनिर्वाचित अध्यक्ष घलान राप्ती नगरका उदयमान युवा नेताका रूपमा परिचित छन्। उनी विभिन्न सामाजिक संघ–संस्थामा आबद्ध हुँदै सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन । वि.सं २०५२ सालबाट सेवा प्रवाह सुरु गरेको यस वन २९७.७२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सो वन समुहमा हाल ९२० घर धुरी उपभोक्ता संख्या रहेको नवनिर्वाचित अध्यक्ष घलानले जानकारी दिए । नेतृत्व परिवर्तनसँगै समूहको आगामी कार्ययोजना, वन संरक्षण, उपभोक्ता हित तथा सामुदायिक विकासबारे समेत विस्तृत छलफल भएको उनले बताए। राप्ती-५ का वडा अध्यक्ष सिताराम बल प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा निवर्तमान अध्यक्ष नरेन्द्र रुवालिको अध्यक्षता रहेको थियो। त्यस्तै,सो कार्यक्रममा स्थानीय संघ सस्थाका प्रतिनिधिहरु, समुहका उपभोक्ताहरु लगायतको उल्लेख्य सहभागिता रहेको थियो।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nagdhunga_tunnel_LMebEaoAA9 (1)

नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको उद्घाटन भोलि : तत्कालका लागि आकस्मिक गाडीलाई मात्र अनुमति

काठमाण्डौ – नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ भोलिदेखि औपचारिक रूपमा उद्घाटन हुने भएको...
accident-2672026061010-1000x0

कपिलवस्तुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

कपिलवस्तु — लुम्बिनी–तौलिहवा हुलाकी सडकखण्डअन्तर्गत कपिलवस्तुको सुद्धोधन गाउँपालिका–६ बिमिहा चोक नजिक शनिबार मध्यरातमा बसले मोटरसाइकललाई...
Nepal_Electricity_Authority_final__one_VOen7FhBu8

विद्युत् प्राधिकरणद्वारा भ्याटबारे आन्तरिक राजश्व कार्यालयसँग राय माग

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार १ गतेदेखि ३२ गतेसम्मको विद्युत्...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०