"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

राप्तीमा तालाबन्दी, नागरिकको नौ बुँदे ज्ञापन प्रमुख जिल्ला अधिकारीलाई

Table of Content

चितवन, असोज २४ ।
राप्ती नगरपालिकामा देखिएको दीर्घकालीन बेथिति र प्रशासनिक अव्यवस्थाको विरोधमा स्थानीय सचेत नागरिक र युवा समुदायले तालाबन्दी गर्दै प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई नौ बुँदे ज्ञापनपत्र बुझाएका छन्।
मिति २०८२ असोज २३ गतेदेखि नगरपालिका कार्यालयको प्रमुख प्रशासनिक भवनमा तालाबन्दी गरिएको हो। आन्दोलनरत समूहले राप्ती नगरपालिकामा लामो समयदेखि “गैरजिम्मेवार र अनियमित प्रशासनिक गतिविधि” को कारण नागरिक सेवामा गम्भीर समस्या उत्पन्न भएको आरोप लगाएका छन्।
ज्ञापनपत्रमा भनिएको छ, “स्थानीय जनप्रतिनिधि र प्रशासनबीचको तालमेल नहुँदा विकासका कार्यहरू ठप्पजस्तै भएका छन्, जसको प्रत्यक्ष असर आम नगरवासीमाथि परेको छ।”
आन्दोलनकारीहरूले प्रमुख प्रशासकीय अधिकृतको बारम्बार सरुवा र कार्यस्थल परिवर्तनलाई पनि प्रमुख समस्या मानेका छन्। ज्ञापनपत्रमा उल्लेख छ — “हालसम्म ९ जना प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भइसकेका छन्, जसले नगरपालिकाको कार्यक्षमता कमजोर बनेको छ र कर्मचारीहरूको मनोबलमा नकारात्मक असर परेको छ।”
आन्दोलनरत समूहले नौ बुँदे माग अघि सारेका छन्, जसमा प्रमुख प्रशासकीय अधिकृतले नगरपालिका छोड्नुका कारण छानबिन गर्न समिति गठन, नियमित कार्यपालिका र नगरसभा सञ्चालन, प्रमुख–उपप्रमुखको कार्यालयमा अनिवार्य उपस्थितिलगायतका मागहरू समावेश छन्।
त्यसैगरी सार्वजनिक सम्पत्ति कार्यालय प्रयोजनका लागि मात्र प्रयोग गर्नुपर्ने, योजना तथा कार्यक्रमसँग सम्बन्धित भुक्तानी मागलाई शीघ्र सम्बोधन गर्ने, नियमित सार्वजनिक सुनुवाइ आयोजना गर्ने र आन्दोलनरत टोली, कार्यपालिका, सिडिओ तथा जिल्ला प्रहरी प्रमुखबीच वार्ता सम्पन्न भएपछि मात्र ताला खोल्ने माग पनि राखिएको छ।
ज्ञापनपत्रमा चेतावनी दिइएको छ कि, “४८ घण्टाभित्र माग सम्बोधन नभए उत्पन्न हुने सम्पूर्ण घटनाक्रमको जिम्मेवारी जनप्रतिनिधिहरूले नै लिनुपर्नेछ।”
आन्दोलनरत युवाहरूले भनेका छन् — “हाम्रो उद्देश्य कुनै व्यक्तिविशेषमाथि आक्षेप लगाउनु होइन, बरु नगरपालिकामा सुशासन, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्नु हो।”

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

dahal-1024x500

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिएकाे आरोपमा एक युवक पक्राउ

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक...
gyanendra-shaha_Xbpk9e6zM0

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका...
nagdhunga-naubise-road-(7)-1765352945

पृथ्वी राजमार्ग हुँदै जान लागेका गाडीलाई नागढुंगामै रोकियो

काठमाडौंबाट पृथ्वीराजमार्ग हुँदै बाहिरिने सवारीसाधनलाई प्रहरीले नागढुंगामै रोकेको छ। रसुवाबाट आएको बाढीले धादिङ, तनहुँ, चितवनसम्म...
SG gives press con

समुन्द्री ढुवानी संयन्त्र सुदृढ गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विभिन्न सामुद्रिक नाकाहरूबाट अत्यावश्यक वस्तुहरूको सुरक्षित ढुवानी सुनिश्चित गर्न एक...
army-helicopter_pkh6dlfnrg_pYa0c4LgMC

उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरहरूलाई स्ट्यान्डबाइ राखियो

काठमाडौं । रसुवा बाढीपछि सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राखिएको छ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०