"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

जनताको आधारभूत आवश्यकता पूरा गर्छौँ : प्रमुख लामा

Table of Content

बागमती प्रदेशकै एक मात्र उपमहानगरपालिका र प्रदेशको राजधानी रहेको हेटौँडामा मीना कुमारी लामा पहिलो महिला नगर प्रमुख हुनुहुन्छ । स्थानीय तह निर्वाचन २०७९ मा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को तर्फबाट २३ हजार ७५ मत ल्याएर उहाँ नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो । उहाँले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार अनन्त प्रसाद पौडेललाई दुई हजार १६७ मत अन्तरले पराजित गर्दै हेटौँडाको पहिलो महिला नगर प्रमुख बन्न सफल हुनुभएको थियो । अघिल्लो कार्यकालमा एमालेका तर्फबाट उहाँ हेटौँडा उपमहानगरपालिकाको उप–प्रमुख हुनुहुन्थ्यो । स्थानीय सरकारको प्रमुख बन्नुभएपछि उहाँले हेटौँडाको विकासका लागि ल्याउनुभएको योजना, प्रगति, चुनौती, हेटौँडालाई चिनाउने र भावी योजनाका विषयमा गोरखापत्र दैनिक मा प्रकाशित अन्र्तवातालाई हामीले प्रकाशन गरेका छौ :

  •  हेटौँडा उपमहानगरपालिकाको मुख्य योजनाहरू के–के छन् ?

सबैभन्दा पहिला हेटौँडा उपमहानगरपालिकालाई आधारभूत सुविधा दिन हामी लाग्यौँ, जसमा स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगारीसँग जोडिएर जाने र पूर्वाधारहरू सबै घरघरमा पु¥याउने काममा लाग्यौँ । सोही अन्तर्गत विभिन्न काम गर्दै आइरहेका छौँ । स्वास्थ्य क्षेत्रलाई हेर्ने हो भने नगरको १९ वटै वडामा २२ वटा स्वास्थ्य भवन निर्माण गरेका छौँ, वडाकार्यालयहरु निर्माण गरिसकेका छौँ, शिक्षामा विभिन्न सामुदायिक विद्यालय मर्ज गरेर अगाडि बढेका छौँ । साथै, नगरमा व्यवस्थित खानेपानीको लागि तयारी गरिरहेका छौँ । आम नागरिकले पाउने आधारभूत कुराहरूलाई प्राथमिकतामा राखेर नगरले काम गरिरहेको छ । 

  • हेटौँडाको समस्या के–के छन् ?

हामी एसियन हाइवेको मारमा पनि छौँ, जसरी अरू पालिकाहरूमा एसियन हाइवे निर्माण हुँदै आए पनि हेटौँडामा ढिलो भएको हामीले महसुस गरेका छौँ । जसले गर्दा हेटौँडाको रूप परिवर्तन हुन सकेको छैन । प्रदेशको राजधानी भएसँगै सवारीको चाप पनि बढेको छ भने ट्राफिक अस्तव्यस्त छ, हामीले गरेको काम पनि राम्रो देखिएको छैन । तथापि पनि हेटौँडालाई हामीले सौन्दर्य बनाउने कुरामा विभिन्न पूर्वाधार निर्माण गर्ने कुरामा हामी काम गरिहरेका छौँ । हाम्रो योजना अन्तर्गत नै हरेक घरमा बाटो, खानेपानी र बिजुली पु¥याउने लगभग सकेका छौँ । खानेपानीको रूपमा हेर्दा नगरको ७ प्रतिशत स्थानमा मात्र एक घर एक धारा पुग्न बाँकी रहेको छ । लगभग ६० वटा उपभोक्ता खानेपानी समितिले खानेपानी खुवाइरहेको छ भने २८ हजार घर परिवारलाई खानेपानी बोर्डबाट पानी वितरण गरिरहेका छौँ । 

  • योजनाको प्रगति के के भएका छन् ?

हेटौँडा उपमहानगरपालिकाको १९ वटाको २२ वटा आफ्नै स्वास्थ्य भवन निर्माण गरेका छौँ । आम नागरिकलाई पाएक पर्ने गरी चार स्थानमा वर्थिङ सेन्टरसहितको स्वास्थ्य भवन सुचारु गरेका छौँ । हटिया अस्पताल र पदमपोखरी अस्पताल सुरु गरेका र्छौँ । नगरका ८ हजार परिवारलाई निःशुल्क १० हजार लिटर खानेपानी वितरण गरेका छौँ । बेला बेलामा स्वास्थ्य शिविर र जनचेतनामूलक कार्यक्रम गरिरहेका छौँ । पाँच बर्से नीति बनाएर शिक्षाको क्षेत्रमा नगरले काम गरिरहेको छ । विद्यालय एकीकरण गर्ने र एकीकरण गरिएको विद्यालयलाई यातायातसँग जोड्ने गरी काम गरिहरेका छौँ । हेटौँडामा रहेको पुरानो र धेरै विद्यार्थी अध्ययन गर्ने दुई सामुदायिक विद्यालय भुटनदेवी मावि र आधुनिक माविलाई एकीकरण गरेर मेघा विद्यालयका रूपमा लैजानका लागि कार्यविधि बनाएर कार्य अगाडि बढाएका छौँ । 

शिक्षाका सन्दर्भमा उपमहानगरपालिकाको अभिभावकत्वमा ५ वर्षीय कानुन स्नातक र कृषि विज्ञानमा स्नातक तहको शैक्षिक कार्यक्रम सुरु गरेका छौँ । एमबिबिएस अध्ययन लगायत अन्य शैक्षिक कार्यक्रममा अध्ययनरत विपन्न विद्यार्थीका लागि शैक्षिक सहयोग र छात्रवृत्ति उपलब्ध गराएका छौँ । विकट भूगोलका छात्राहरूलाई शैक्षिक निरन्तरताका लागि छात्रावास सुविधा उपलब्ध गराइएको छ । स्वास्थ्य क्षेत्रको विकासका लागि निःशुल्क रक्त सेवा, किड्नी डायलासिस सेवा, आइसियु सेवा, मातृ तथा शिशु सघन उपचार सेवाको प्रबन्धका लागि आवश्यक समन्वय र सहयोग गरेका छौँ । नगरका सबै वडाहरूमा आधारभूत स्वास्थ्य सेवा संस्था र २ वटा नगर अस्पताल सञ्चालन गरिएको छ । नगरलाई बालमैत्री नगर घोषणा गरिएको छ । महिलामैत्री सहर र उज्यालो सहरको अवधारणा अनुरूपका काम अघि बढाइएको छ । दीर्घकालीन स्वच्छ खानेपानी आपूर्ति र व्यवस्थित ढल निकासका लागि बृहत्तर योजना अघि बढेको छ ।

  •  कामका सिलसिलामा सहजता–असहजता के मा भएका छन् ? 

काम पदको प्रकृति अनुसार फरक हुन्छ । स्थानीय सरकार सञ्चालन ऐनले व्यवस्था गरे अनुसार नगर प्रमुख र उप प्रमुखले गर्ने काम छुट्टै हुन्छ । काम भनेको अप्ठेरोलाई सहज बनाएर लैजाने हो । मैले कामलाई गहन रूपमा कानुनसम्मत गरेको छु ।

  • यहाँको योजना अनुसार अघि बढ्न पालिकाका अन्य जनप्रतिनिधिबाट कत्तिको साथ पाउनुभएको छ ?

सबैको साथ सहयोग छ । हामी मिलेर काम गरिरहेका छौँ । हामीले हेटौँडा बनाउने कुरामा बृहत् रूपमा छलफल, विवाद हुने कुरा त गछौँ, नभएको होइन, तर हामीले निचोडमा हामी एक जुट छौँ, सबै निर्णयहरू कार्यान्वयन गर्न सकेका छौँ ।   

  • निर्वाचनका समयमा अन्य पुरुष उम्मेदवारलाई पराजित गरेर अगाडी आउँदा कस्तो अनुभूति गर्नुभयो ?

मैले चुनावका बेला उम्मेदवार हुँदा महिलाको रूपमा अनुभव नगरी एउटा उम्मेदवारको रूपमा सोचे । नगर प्रमुखको उम्मेदवार दिइरहँदा मैले जित्छु भनेर उम्मेदवार दिएको थिए  । मेरा प्रतिष्पर्धीहरु भेट्रान भए पनि मैले आफूलाई कमजोरी ठानेको थिइन, किनकि म पनि स्वयम् उम्मेदवार हुँ भन्ने बलियो बनाएको थिए । हाम्रो आफ्नो गठबन्धन पनि थियो, त्यस कारण पनि मलाई चुनाव जित्न सम्भव र सहज भयो ।

  • महिला नेतृत्वमा आउँदा कस्ता चुनौती हुने रहेछन् ?

मैले यो विषयलाई गम्भीर रूपमा लिएको छु, किनभने, महिला भएर प्रमुख पदमा काम गर्नका लागि कुनै कुनै कुरामा सजिलो पनि हुने रहेछ । विभिन्न छलफलमा पनि महिलालाई धेरै अवरोध नगरौँ भन्ने पाए । सुरु सुरुको अवस्थामा महिलालाई दबाउन सक्छौँ की, महिला हो यिनले चाही गर्न सक्दैनन् की ?, ठुलो स्वरले कराउँदा यिनलाई चाही ठिक पार्न सक्छौ कि भन्ने अनुभूति गरे । मैले नगर प्रमुखको जिम्मेवारी सम्हालेर न्यायसम्म, कानुन सम्मत काम गर्दा समन्वय र सहकार्य गर्दा जटिल कामहरू पनि गर्न सकिने रहेछ । आफू एक्लै भए पनि समन्वय सहकार्यले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दो रहेछ । मैले स्वयम्ले महसुस गरेको छु ।

  • हेटौँडालाई कस्तो बनाउने सपना देख्नुभएको छ ? 

मैले सबैभन्दा पहिले त हेटौँडालाई आधारभूत कुरामै जोड्न चाहे । साबिकको पाँच वटा गाविस जोडेर बनेको यो उपमहानगरपालिका । अझैँ पनि सम्पूर्ण घरमा बाटो पुग्न सकेको छैन, पानी पुग्न सकेको छैन, स्वास्थ्य पुग्न सकेको छैन, शिक्षा पुग्न सकेको छैन, त्यहाँ चाही कसरी पु¥याउने भन्ने पहिलो प्राथमिकता हो भने अर्को हामीले दिने सेवामा सरकार हामीसँग छ है भनेर अनुभूत दिने गरी हामी लागेका छौँ । हामी वडा कार्यालयहरूमार्फत सिफारिस मात्र गदैनौँ अहिले वडा कार्यालय मार्फत नै सम्पूर्ण निर्माणदेखि लिएर सामाजिक रूपान्तरणका काम मार्फत सबै वडालाई शक्तिशाली बनाएका छौँ । हामीले अधिकारहरू प्रत्यायोजन गरेका छौँ । २० लाख सम्मको बजेटको कार्यक्रम वडामै सम्झौता हुन्छ, साना योजना वडामै बन्छ, वडाबाटै फरफारक हुन्छ । वडामै बजेट र कर्मचारी पठाएका छौँ । जसले गर्दा अति आवश्यकका कामहरू नगर प्रमुखसँग गर्नुपर्ने काम मात्रै उपमहानगरपालिकामा राखेका छौँ । जसले गर्दा खर्च र समयका हिसाबले नागरिकले सहज रूपमा सेवा पाइरहनुभएको छ । 

युवालाई उत्पादनसँग जोडेर लैजानका लागि हेटौँडाको पदमपोखरीमा ड्रागन फुड, मेवा खेती, केरा खेती, धान पकेट क्षेत्र घोषणा, मकैको पकेट क्षेत्र, रैथाने बिउ जोगाउन सफल भएका छौँ । त्यसै गरी विभिन्न ढाका उद्योग, गार्मेन्ट उद्योग, बेसार उद्योग, खुवाको मिठाइ बनाउने उद्योग सञ्चालन गरेका छौँ र अहिले सँगसँगै महिलाहरूलाई उद्यमीशिलतासँग जोडेर लैजानका लागि उद्यमी घर कोसेली घर निर्माण गरेर सुरुवात गर्दछौँ । हेटौँडा–१० स्थित बसपार्कमा आफ्नै बस टर्मिनल अन्तिम चरणमा रहेको छ । सोही स्थानमा हेटौँडा कम्प्लेक्स निर्माण गर्दछौँ । खानेपानी, ढल व्यवस्थापन, पानी उपचार लगायतका काम गर्न चार सय करोडको योजना आउँदै छ । सानादेखि ठुला अवधारणामा हामी अगाडि बढेर पूर्वाधार निर्माण गरेर उत्पादन जोड्दै हिँडेका छौँ । 

  • हेटौँडा उपमहानगरपालिका कसरी चिनियोस् भन्ने यहाँलाई लाग्छ ?

हेटौँडा स्वस्थ र सफा सहरका रूपमा रूपमा चिनिन्छ, यसलाई कायम गर्न काम गरिरहेका छौँ । हेटौँडाको विभिन्न स्थानमा सडक बत्तीको जडान गरेका छौँ  । हेटौँडा औद्योगिक क्षेत्र पनि हो । अबको पहिचान भनेको हेटौँडालाई शिक्षाको हवको रूपमा चिनाउन लागि रहेका छौँ । हेटौँडा भौगोलिक अवस्थितिका हिसाबले मुलुकको बिच भाग र सङ्घीय राजधानी तथा मुलुककै प्रवेशद्वार वीरगन्जसँग ज्यादै नजिकको दूरीमा रहेको सुन्दर सहर हो । हावापानी, यातायातको सुगमता र व्यावसायिक सम्भावना बोकेको सहर भएकोले हामी हेटौँडालाई मुलुककै बसोबासका दृष्टिले रोजाइको सहर बनाउन चाहन्छौ । सामाजिक सद्भावयुक्त, मानवीयता प्रबद्र्घन भएको, सुरक्षित, स्वच्छ, समृद्ध सहरको रूपमा चिनाउन चाहन्छौ । कुनै पनि सहरको जीवन आर्थिक अवसर र गतिविधिसँग जोडिने हुँदा र नागरिकको जीवनस्तर उत्पादन र आर्थिक क्रियाकलापको बिस्तार सङ्ग सम्बन्धित हुने हुँदा औद्योगिक गतिविधि बढेको र हरेक घरपरिवार कुनै न कुनै उत्पादनमूलक काममा लागेको अवस्था निर्माण गर्न चाहन्छौ । साथै व्यवस्थित सहरीकरणका लागि आवश्यक गुणस्तरीय पूर्वाधारयुक्त सबै वर्ग समुदायका लागि मैत्री संरचना भएको व्यवस्थित सहर भनेर चिनियोस् जस्तो लाग्छ ।

  • भावी योजना के के छन् ?

हेटौँडामा विभिन्न क्याम्पसहरू स्थापना गर्दै शैक्षिक हबको रूपमा विकास गर्दै लैजाने मेरो योजना छ । पर्यटकीय प्रवद्र्धन पनि गरेर लैजाने । प्रदेशको राजधानी भएको हिसाबले काठमाडौँसँग जोडेर लैजाने योजना छ । हेटौँडा उपमहानगरपालिकाका उप प्रमुख राजेश बानियाँको संयोजकत्वमा थाहा नगरपालिकाका उप प्रमुखको उप संयोजकमा टिम बनाएर काठमाडौँको पशुपतिदेखि भारतको कलकत्ता जोड्ने रुटको अध्ययन गरिरहेका छौँ । हेटौँडालाई कलकत्ता, विहारसँग जोड्दै पशुपतिसम्म पर्यटक लैजाने, भीमफेदी–इन्द्रसरोवर, ऐतिहासिक गढीलाई जोडेर हेटौँडाले अभिभावकत्व निर्माण गरेर पर्यटक भित्र्याउने विषयमा अध्ययन गरिरहेका छौँ । 

  • अन्तमा भन्नुपर्ने केही विषय छन् की ? 

जनप्रतिनिधिका रूपमा मैले अहिलेसम्म गरेको काम र भोगेको अनुभवका आधारमा भन्ने हो भने ठुलो संरचना भन्दा पनि पहिला आधारभूत कुरा महत्त्वपूर्ण हुने रहेछ । हामी आधारभूत कुरा पूरा गरेर आम नागरिकलाई, युवा, महिलाहरूलाई उद्यम र उद्यमशीलतासँग जोडेर अगाडि बढ्छौ । तर, यसका लागि म एक्लै वा हाम्रो पालिकाको योजना भएर मात्रै हुँदैन समग्र नगरवासीको साथ चाहिन्छ । आशा छ, उहाँहरूले त्यस खालको साथ दिनुहुनेछ । त्यसो भएको खण्डमा हिजो चुनावका बेला नागरिकको घरदैलोमा गरेको वाचा क्रमशः पुरा गर्दै अघि बढ्न सकिनेछ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक (सूचीसहित)

आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक (सूचीसहित) काठमाण्डौ — शिक्षा तथा खेलकूद मन्त्रालयले आठवटा विश्वविद्यालयको उपकुलपतिको सर्टलिस्ट सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिको उम्मेदवारको सर्टलिस्ट सार्वजनिक भएको हो । उपकुलपति सिफारिस गर्न गठित समितिका अनुसार...

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने काठमाण्डौ — नेपाल मेडिकल काउन्सिलले अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । काउन्सिलले विज्ञप्ति निकालेर अवैध रुपमा ‘डाक्टर’ लेख्ने व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको हो । यसअघि काउन्सिलले जेठ ७ गते सूचना निकालेर गैरकानुनी रुपमा डाक्टरको उपाधि नलेख्न आग्रह गरेको थियो ।...

भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्ने

भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्ने भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्ने तयारी गरेको छ । विशेषगरी सामाजिक सञ्जालमार्फत चर्चामा आएको ‘कक्रोच पिपल्स पार्टी’ ले शिक्षामन्त्रीविरुद्ध शान्तिपूर्ण विरोध प्रदर्शनको तयारी गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पार्टीका संस्थापक अभिजीत डिप्के अमेरिकाबाट नयाँदिल्ली आईपुग्नुभएको छ । अमेरिकाको बोस्टन विश्वविद्यालयका ३० वर्षीय...

आज शनिबारको दिन कस्तो रहेको छ ? हेर्नुहोस् तपाईंको राशीफल

मेषः अभिष्ट कार्य सिद्धि हुनेछ, नोकरीमा पदोन्नतिको सम्भावना देखिन्छ, रमाइलोमा समय व्यतीत हुनेछ । वृषः महत्वपूर्ण कार्यमा व्यवस्थापन आइपर्ला, आर्थिक पक्ष सदृढ हुंंदै जानेछ, साथीभाइबाट आवश्यक सहयोग प्राप्त हुनेछ । मिथुनः काममा केही चुनौती देखा पर्नसक्छ, दिनको उत्तारार्ध भने सुधारोन्मुख देखिन्छ, आलश्यले डेरा जमाउनेछ । कर्कटः धनसम्पत्तीको लाभ हुने दिन छ, जीवन साथीलाई केहि पीडा...

चुरे संकटः नीति र व्यवहारबिचको गहिरो अन्तरविरोध

काठमाडौँ, जेठ २२ गते । नेपालको भूभागको अत्यन्तै संवेदनशील क्षेत्र मानिने चुरे पर्यावरण केवल आन्तरिक सीमाभित्र सीमित भूगोल मात्र नभई समग्र दक्षिण एसियाकै जलशास्त्रीय र भू–पारिस्थितिकीय सन्तुलनको प्रमुख मेरुदण्ड हो । नेपालको दक्षिणी समथर तराई क्षेत्र तथा छिमेकी मुलुक भारतको विशाल गङ्गा मैदानका लागि जमिनमुनिको पानीको प्राकृतिक पुनर्भरण क्षेत्रका रूपमा रहेको चुरे शृङ्खलाले यस क्षेत्रका करोडौँ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०