"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

वेस्ट इन्डिजविरूद्ध अन्तिम खेलमा नेपाल १० विकेटले पराजित

Table of Content

युएईमा जारी वेस्ट इन्डिजविरूद्धको टी-२० सिरिजको अन्तिम खेलमा नेपाल १० विकेटले पराजित भएको छ।

मंगलबार शारजाह रंगशालामा भएको खेलमा नेपाल १० विकेटले पराजित भएको हो। नेपालले १२३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्य वेस्ट इन्डिजले १२औं ओभरमा पूरा गरेको हो। खेलमा अमिर जंगुले ७४ रन र अकीम अगस्टेले ४१ रन बनाएका छन्।

नेपालका लागि कुशल भुर्तेल ३९, कप्तान रोहित पौडेल १९ रन, कुशल मल्ल १२ र आरिफ शेख ६ रन बनाएर आउट भए। गुल्शन झा १० र आदिल आलम ३ रन बनाएर रनआउट भएका थिए।

त्यस्तै, सन्दीप जोरा १४ रन, लोकेश बम १० रन र सोमपाल कामी ४ रन बनाएर आउट भएका थिए।

रेमन सिमोन्ड्सले उत्कृष्ट बलिङ गरी चार विकेट लिए। उनले कप्तान पौडेल, शेख, कामी र करण केसीको विकेट लिएका हुन्। केसी पहिलो बलमै आउट भएका थिए।

जेसन होल्डरले मल्ल र अकिल हुसैनले भुर्तेलको विकेट लिएका हुन्। एलेन जेडिया ब्लेड्सले जोरा र बमलाई आउट गरेका थिए।

Laxmi bank

नेपालले तीन खेलमध्ये दुईवटा जितेर सिरिज हात पारिसकेको छ। आइसिसीको पूर्ण सदस्य रहेको वेस्ट इन्डिजसँग सोमबार नेपाल ९० रनले विजयी भएको थियो।

सोमबार शारजाहमा भएको खेलमा नेपालले ६ विकेट गुमाएर १७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले १७.१ ओभरमा १० वटै विकेट गुमाउँदै ८३ रन मात्र बनाएको थियो।

Ncell

यसअघि शनिबार भएको खेलमा पनि नेपालले वेस्ट इन्डिजलाई पराजित गरेको थियो। नेपालले पहिलो खेलमा १९ रनको जित निकालेको थियो।

वेस्ट इन्डिज दुई पटक टी-२० विश्वकप विजेता रहिसकेको राष्ट्र हो।

आजको अन्तिम खेलपछि नेपाली टोली विश्वकप छनौट खेल्न ओमान जानेछ। ओमानमा सुरूमा नेपालले समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ। यो समूहबाट शीर्ष दुईमा परे सुपर-६ मा पुग्नेछ।

सुपर-६ मा खेल्ने ६ टोलीमध्ये शीर्ष ३ मा पर्न सके नेपालले अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा स्थान बनाउनेछ।

ओमानमा तीन समूह नौ टोलीबीच प्रतिस्पर्धा हुनेछ। अरू समूहमा मलेसिया, कतार र युएई तथा ओमान, पिएनजी सामोआ छन्।

तीन समूहका शीर्ष २-२ टोली गरी सुपर-६ मा पुग्ने कुल ६ टोलीमध्ये शीर्ष ३ टोली भएमा नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा छनोट हुनेछ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन

काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको केन्द्रले सङ्घीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश मन्त्रालय र पालिकालाई  पत्राचार गरेको हो । केन्द्रका अनुसार वेबसाइट र विभिन्न सफ्टवेयर बनाउन प्रयोग गरिने प्रविधिमा गम्भीर सुरक्षा कमजोरी फेला परेका छन् ।...

नेपाल बैंकको ९०औँ वार्षिकोत्सवको अवसरमा घर कर्जामा विशेष अफर सार्वजनिक

काठमाण्डाै – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले विशेष छुट सुविधासहितको घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो स्थापनाको ९०औँ वार्षिकोत्सवको अवसर पारेर ९० दिनका लागि न्यून ब्याजदर तथा सेवा शुल्कमा सर्वसुलभ आवास कर्जा योजना ल्याएको हो । याेजनाअन्तर्गत ग्राहकले घर खरिद, घर निर्माण तथा मर्मत र अपार्टमेन्टसमेत खरिद गर्न सक्नेछन् । आधार दरमा...

एन्फा मुख्यालयकाे ताला खुल्याे

काठमाण्डाै – लामो समयदेखि बन्द रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयको ताला बहुमत सदस्यले खोलेका छन् । एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत सदस्यले आज सातदोबाटोमा रहेको एन्फाको ताला खोलेका हुन् । यसैबीच उपाध्यक्ष खड्काले पर्सि शुक्रवार १३ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुभएको छ । उहाँका अनुसार बैठकमा फिफाले एन्फामाथि लगाएको प्रतिबन्ध,...

‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने, पूर्वतयारीसहित सावधानी अपनाउन आग्रह

काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने भएको छ । नेपालमा यसको प्रभाव आजदेखि बादल लागेर देखिन थाले पनि वर्षा भने भोलिदेखि शुरु हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज देशका धेरैजसो भागमा बादल लाग्ने र राति कोशी कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा बर्षा र हिमपात तथा बागमती, गण्डकी र मधेश...

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । यसअघि दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम तेस्रो संस्करणको अस्ति भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०